धनुषाधाम । नेकपा एमालेका उम्मेद्वार रघुवीर महासेठ धनुषा क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्।
नेकपा एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १ सय २४ मतले हराउँदै विजयी भएको हो।
प्रतिनीधि सभा सदस्यमा विजयी भएका महासेठले ३२ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेको धनुषा ४ का निर्वाचन अधिकृत सुदीप कुमार दंगालले जानकारी दिएका हुन्।
२०७४ को चुनावमा पनि यो क्षेत्रबाट महासेठले यादवलाई नै हराएका थिए।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ ०९:१९