दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ ।
हालसम्म १६ हजार १ सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले ७ हजार ७ सय ९ मत प्राप्त गरेको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ६ हजार ७ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका हुन् ।
दोलखाको प्रदेशसभा (१) मा १३ हजार ५ सय ७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ६ हजार ४ सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ५ हजार ३ सय १९ मत ल्याएको छ ।
प्रदेशसभा (२) मा १७ हजार ४ सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले ७ हजार ९ सय ७ र कांग्रेसका बर्मा लामाले ७ हजार ३ सय ७३ मत प्राप्त गरेको छ । दोलखामा कूल ८५ हजार ९ सय ७८ मत खसेको थियोे ।
दोलखामा जम्मा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थिए । कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र ७ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ ०९:४१