Top Navigation
  • Contact
Main Navigation
आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचन नतिजा सार्वजनिक भएसँगै दलका कार्यालय रङ्गरोगन
निर्वाचन नतिजा सार्वजनिक भएसँगै दलका कार्यालय रङ्गरोगन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर १७, २०७९

काठमाडौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो ।

कम्तीमा दुई सांसद रहेको दलले संसदीय दल खोल्न कानुनी प्रावधान रहेकाले उनीहरुको दल गठन भएपछि सञ्चालनका लागि कार्यालय र स्थान उपलब्ध गराउने गृहकार्य सचिवालयले सुरु गरेको प्रवक्ता डा रोजनाथ पाण्डेले बताएका हुन् ।

सचिवालयले विगतमा राजनीतिक दलले प्रयोग गरेको संसदीय दल कार्यालयको सरसफाइ, रङ्गरोगन, फूल बिरुवा रोपणजस्ता काम अहिले गरिरहेको छ ।

सचिवालयले त्यसका लागि नयाँ बानेश्वरस्थित संसद् भवन र सिंहदरबारमा दल विशेषको सङ्ख्याका आधारमा कोठा उपलब्ध गराउनेछ ।

दल र सांसदको सुविधासम्बन्धी ऐनमा १० सांसद भएमा त्यस्ता दलका पदाधिकारी अर्थात् संसदीय दलका नेता र सचेतकलाई कार्यालय तथा फर्निचर सुविधा उपलब्ध गराउनुपर्ने भएकाले सचिवालय त्यो कामको तयारीमा अघि बढेको प्रवक्ता डा पाण्डेले जानकारी दिए ।

नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ सकिएलगत्तै संसद्को प्रतीक चिह्न (लोगो) संविधान, ऐन, संसदीय नियमावली र समितिका कार्यविधि, डायरी, कलम, परिचय पुस्तिकालगायत आवश्यक काजगात उपलब्ध गराउने प्रचलन छ ।

नयाँ प्रवेशीलाई संसदीय अभ्यासबारे आधारभूत जानकारी दिलाउन सचिवालयले संसदीय विधि र प्रक्रियाबारे केन्द्रित रही अभिमुखीकरण प्रदान गर्ने गर्छ ।

संसदीय प्रक्रिया र कार्यान्वयनमा लैजाने विषयवस्तुबारे केन्द्रित रही सचिवालयको भूमिका, संसदीय समितिको भूमिका र सभा सञ्चालनका विषयमा ज्ञान दिइनेछ ।

ज्येष्ठ सदस्यको अध्यक्षतामा सङ्घीय संसद्को अबको पहिलो बैठकले सभामुखको निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिनेछ। त्यसपछिका बैठकमा मात्र अरू बिजनेस अघि बढ्नेछ ।

सङ्घीय संसद्को सिंहदरबारस्थित नयाँ भवन निर्माण कार्य पूरा नभएकाले यो अधिवेशन बानेश्वरमा हुँदै आएको पुरानै भवनमा हुनेछ ।

त्यसअघि हुने नवप्रवेशी सांसदको शपथ ग्रहण पनि सोही भवनको ल्होत्से कक्षमा हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:२१
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
के अब ग्यास सहजै पाइन्छ ?
के अब ग्यास सहजै पाइन्छ ? शनिबार, मंसिर १२, २०८३
वालेनकाे भारत भ्रमण: सम्बन्धमा नयाँ गति, परिणाममा भराेसा  कति ?
वालेनकाे भारत भ्रमण: सम्बन्धमा नयाँ गति, परिणाममा भराेसा  कति ? सोमबार, मंसिर ७, २०८३
धक्का खाएपछि एमालेको पुनर्जागरण संकल्प
धक्का खाएपछि एमालेको पुनर्जागरण संकल्प शुक्रबार, मंसिर ४, २०८३
पुनरागमनको खोजीमा एमाले
पुनरागमनको खोजीमा एमाले बुधबार, मंसिर २, २०८३
बिदा बाँड्न उदार, सेवा दिन कन्जुस सरकार
बिदा बाँड्न उदार, सेवा दिन कन्जुस सरकार मंगलबार, मंसिर १, २०८३
तीन राजदूतले खाए सपथ
तीन राजदूतले खाए सपथ सोमबार, कात्तिक ३०, २०८३
खुला राजनीतिक दलकाे नेतालाई सेनाको सुरक्षा किन ?
खुला राजनीतिक दलकाे नेतालाई सेनाको सुरक्षा किन ? सोमबार, कात्तिक ३०, २०८३
लोकतन्त्रमा बहुमतको सरकार, जवाफदेहिताको प्रश्न
लोकतन्त्रमा बहुमतको सरकार, जवाफदेहिताको प्रश्न आइतबार, कात्तिक २९, २०८३
फागुनभित्रै स्थानीय चुनावको तयारी
फागुनभित्रै स्थानीय चुनावको तयारी आइतबार, कात्तिक २२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ईर्ष्या र अहंकारले विश्व ध्वस्त
  • नंः २ ग्रामीण सामुदायिक विद्यालयका बालबालिकामा : सम्भावना र चुनौती
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ थकित शरीरलाई उर्जाशील बनाउँने मसाज
  • नंः ५ किन चक्रपथ विस्तारकाे काम अलपत्र
विचार
ईर्ष्या र अहंकारले विश्व ध्वस्त
ईर्ष्या र अहंकारले विश्व ध्वस्त प्रज्ज्वल घिमिरे
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्