बाजुरा । नेकपा एकीकृत समाजवादीका नरेश शाही बाजुरा (क) बाट विजयी भएका छन्।
वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाही १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएको हो ।
विजयीउम्मेद्वार शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८हजार ६ सय ३२ मत प्राप्त गरेर पराजित भएका हुन् ।
यसै, गठबन्धनबाट प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विक (केशव) ले १ हजार ९८ मत मात्र प्राप्त गरेका छन्।
विजयी शाही राष्ट्रिय युवा संघका अध्यक्ष समेत हुन् भने उनलाई काँग्रेसले समर्थन गरेको थियो।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ २०:२१