मार्तडी, बाजुरा । नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे बाजुराबाट विजयी भएका छन् ।
विजयी उम्मेद्वार पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेको हो ।
बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ ।
बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ ०९:१८