दोलखा । नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले दोलखामा अग्रता लिएका छन्।
गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीलाई पछि पार्दै एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिएको हो ।
मतगणनाको सुरुदेखि पछाडि परेका शिवाकोटीले अहिले अग्रता लिएका हुन्। शिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्।
गठबन्धनका साझा उम्मेदवार कार्कीभन्दा शिवाकोटी १ हजार १ सय ६५ मतले अगाडि भएका छन्।
मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ ०९:३३