दोललखा । प्रदेश सभा २ मा दोलखाबाट नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेद्वार केसीले १९ हजार ४ सय १४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएको हो ।
विजयी उम्मेद्वार केसीका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।
नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गर्दै केसीलाई बधाई दिएका थिए । दोलखामा लामाको प्रदेश सभामा यो दोस्रो हार हो ।
यसअघि २०७४ सालको चुनावमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । प्रदेश सभामा निर्वाचित भरत केसी भने भिमेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १३:०७