दोलखा । नेकपा एमाले र नेकपा माओवादीबीच दोलखामा कडा प्रतिस्पर्धा देखिएको छ।
गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार अगाडि रहँदा भीमेश्वर नगरपालिकाको मतगणनामा एमालेका उम्मेदवार अगाडि रहेका थिए।
दोलखा जिल्लामा अहिले बैतेश्वरको मतगणना हुँदा एमालेका उम्मेदवार पछि परेका छन्।
जिल्लामा प्रतिनिधिसभातर्फ ४९ हजार ६ सय ३५ मत गन्दा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले २१ हजार ४ सय १२ मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले २१ हजार १ सय ४३ प्राप्त गरेका छन्।
एमालेका बालकृष्ण शिवाकोटीभन्दा नेकपा माओवादी केन्द्रका गंगा कार्की २ सय ६९ मतले अगाडि छन्।
प्रतिनिधिसभातर्फ भीमेश्वर नगरपालिका‚ जिरी नगरपालिका, गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको मतगणना सकिएको छ भने हाल वैतेश्वर र तामाकोशी गाउँपालिकाको मतगणना जारी छ।
अझै विगु,शैलुङ र मेलुङ गाउँपालिकाको मतगणना हुन बाँकी नै छ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १९:०८