काठकाडौ । समानुपातिकतर्फको मतगणना आज सकिदै छ।
विहानसम्मको अद्यावधिक विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख मत कटाएको छ।
जम्मा १ करोड ४ लाख ७८ हजार सदर मत गणना हुँदा एमालेले २८ लाख १४ हजार मत प्राप्त गरेको हो।
नेपाली कांग्रेसले २६ लाख ८८ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीले भने २ लाख ९६ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्नका लागि कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन नसक्ने देखिएको छ।
अहिलेकै सदर मत अनुसार पनि थ्रेस होल्ड पार गर्न ३ लाख १४ हजार ३ सय ६२ मत ल्याउनुपर्छ। तर एकीकृत समाजवादीले पाएको मत थ्रेस होल्ड पार गर्न चाहिनेभन्दा १८ हजार कम हो।
यसपटक पुराना दलहरु एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पनि थ्रेस होल्ड पार गरी राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन्।
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९ ११:४८