काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै नेपाल बारका पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन्।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जान लागेको हो।
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिइरहेको छ भने सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ।
पदाधिकारीहरु धर्नामा बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतको उपस्थित रहेका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ १४:३७