Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची
एमालेले बुझायो ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर २४, २०७९

काठमाडौ । नेकपा (एमाले) ७० समानुपातिक प्रदेशसभा सदस्यको सूची निर्वाचन आयोगलाई उपलब्ध गराएको छ ।

ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पार्टीले प्राप्त गरेको मतका आधारमा सातवटै प्रदेशको प्रदेशसभाका समानुपातिक सांसद सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका जानकारी दिएको हो ।

उनका अनुसार बैठकले प्रदेशसभाका लागि ७० समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

प्रदेश नंं १ मा १५, मधेस प्रदेशमा ८, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ११, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशमा सात प्रदेशसभा सदस्यमा एमाले पाएको मतका आधारमा पार्टीले प्राप्त गरेको छ ।

उनका अनुसार प्रदेश नं १ मा महिलातर्फ शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य र गीतादेवी रेग्मी रहेको छ ।

आदिवासी जनजाति महिलातर्फ सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, मालतीकुमारी लिम्बु सिर्जना राई, र लहुरमय जिमी याक्खा दलिततर्फ कमला दर्नाल, मधेसीतर्फ गीतारानी महतो र मुस्लिमतर्फ नुरसदी वेगम, तथा आदिवासी जनजाति पुरुषतर्फ नम्मरलाल धिमाल र थारुमा ललिताकुमारी चौधरी रहेको छ ।

पार्टीले सात महिला र एक पुरुषलाई मधेश प्रदेशमा पठाउने निर्णय गरेको छ । यस प्रदेशमा आदिवासी जनजातितर्फ मञ्जुकुमारी थापा, दलितमा पलटीदेवी महरा, मधेशीतर्फ पलटीदेवी यादव, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव र पुरुषतर्फ जयचन्द्रप्रसाद पटेल र मुस्लिमतर्फ नाजिमा खातुनलाई पठाउने निर्णय गरेको हो ।

बागमती प्रदेशबाट एमालेले प्राप्त गरेको मतका आधारमा १४ प्रदेशसभा सदस्यको नाम आयोगमा पठाएको छ । एमालेले ९ पुरुष र ५ महिलालाई प्रदेशसभामा निर्वाचित गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार महिलातर्फ भारतीकुमारी पाठक, अप्सरा चापागाईं, मायाकुमारी कार्की तथा पुरुषतर्फ डा दिनेशचन्द्र देवकोटा र हरिप्रसाद सापकोटाको नाम आयोगमा पठाएको छ ।

त्यसैगरी आदिवासी जनजातितर्फ विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी र उर्मिला सुनार तथा पुरुषतर्फ आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ र ठूला थामी तथा दलितबाट बालकुमारी विश्वकर्मा रहेको छ ।

एमालेले गण्डकी प्रदेशबाट १० जनालाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ ।

खसआर्यतर्फ यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, आदिवासी जनजातितर्फ विनाकुमारी थापा, निर्मला थापा, राजकुमारी भुजेल र लिलाबहादुर थापा तथा दलिततर्फ नन्दकला दमाइ र गोविन्दबहादुर नेपाली रहेको पार्टी प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिएका हुन् ।

उनका अनुसार लुम्बिनी प्रदेशबाट जानकी न्यौपाने, बसन्ती न्यौपाने र गिरिधारीलाल न्यौपाने र आदिवासी जनजातिबाट सरिता पुन र यमुना रोका रहेको छ ।

थारुतर्फबाट सीता चौधरी र भगवतीकुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, मधेसीतर्फ शान्ति लोहर र मुस्लिमबाट सायरा वानुको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, दलिततर्फ गन्त विक र आदिवासी जनजातितर्फ नन्दा गुरुङलाई प्रदेशसभा सदस्यमा निर्वाचित गर्न सिफारिस गरेको छ ।

सुदूरपश्चिम प्रदेशका लागि सन्तोषीकुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, दलितबाट हिरा सार्की र थारुतर्फबाट कोइलीदेवी चौधरीलाई प्रदेशसभा सदस्यमा पठाएको छ ।

निर्वाचन आयोगले बनाएको मापदण्डअनुसार नै प्रदेशसभा सदस्यमा निर्वाचित गर्नका लागि आयोगलाई सिफारिस गरेको प्रमुख गुरुङले बताए ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निर्णय गरेको उनले बताएका हुन्।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा धारणा प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २१:४०
##cpnuml #uml
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्