Top Navigation
Main Navigation
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले नयाँ राजनीतिक दल 
सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउन थाले नयाँ राजनीतिक दल 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस ४, २०७९
sansad sachiwalaya

काठमाडौ । प्रतिनिधिसभाको निर्वाचनमार्फत उदाएका नयाँ राजनीतिक दल सङ्घीय संसद् सचिवालयको सम्पर्कमा आउने क्रम सुरु भएको छ ।

सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले सम्पर्क गरेका हुन् । आइतबार ती राजनीतिक दलले संसदीय प्रक्रियाका बारेमा जानकारी लिएका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।

प्रवक्ता डा पाण्डेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि आएर संसदीय प्रक्रिया र आफूहरु रहने कार्यालयका बारेमा जानकारी लिएका हुन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि  ती दलले आइबार सम्पर्क गरेका थिए् । 

Nepal Oil Corporation

उक्त निर्वाचनमा  नेपाली कांग्रेस पहिलो दलका रुपमा स्थापित भएको छ । प्रत्यक्षमा कूल ५७ स्थानमा विजयी भएको उक्त दलले समानुपातिक निर्वाचन प्रणालीमा ३२ सिट पाएको छ । यस आधारमा कांग्रेस ८९ सिटसहित पहिलो बनेको हो ।

प्रत्यक्षमा ४४ स्थानमा विजयी भएको नेकपा (एमाले) ले समानुपातिकमा ३४ स्थान पाएको छ । यस आधारमा सो दलको कूल सिट सङ्ख्या ७८ भएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षतर्फ १८ स्थानमा विजयी भएकामा समानुपातिकतर्फ १४ गरी कूल ३२ सिट पाएको छ ।

पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको राष्ट्रिय वतन्त्र पार्टी प्रत्यक्षतर्फ सात स्थान र समानुपातिकतर्फ १३ सिट गरी कूल २० स्थानसहित चौथो स्थानमा रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षतर्फ कूल १० स्थानमा जित निकाले पनि समानुपातिकतर्फ निर्धारित मत सीमा पूरा गर्न नसक्दा कुनै पनि स्थान पाएन ।

कानुनअनुसार कूल सदर मतको तीन प्रतिशत बराबरको मत सीमा पूरा नगर्दा सो दलले समानुपातिकतर्फ कुनै पनि सिट नपाएको हो।

राप्रपाले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ सात गरी कूल १४ सिट पाएको छ । जनता समाजवादी पार्टीले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ ५ गरी कूल १२ सिट पाएको छ ।

संसद्मा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ ५ गरी कूल ६ सिट प्राप्त गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानमा आफूलाई सुरक्षित गरेको छ । नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समान १/१ स्थानमा जित निकालेका थिए। 

यस आधारमा १२ राजनीतिक दलको संसद्मा प्रतिनिधित्व रहने भएको छ । त्यस्तै पाँच स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

निर्वाचन आयोगले कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन परिणाम समेटिएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत मङ्सिर २९ गते नै बुझाइसकेको छ ।

यस्तै यही पुस ३ गते आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विजयी भएका सांसदलाई प्रमाणपत्र वितरण गरेको थियो ।

राष्ट्रपतिबाट सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आइतबार नै आह्वान भएकामा  सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारीसमेत थालेको छ ।

सङ्घीय संसद्मा प्रतिनिधित्व जनाएका नयाँ राजनीतिक दललाई ‘हेल्लो सरकार’ रहेको स्थानमा कार्यालय उपलब्ध गराउने तयारी गरिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह बुधबार, असार २५, २०८२
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा बुधबार, असार २५, २०८२
हिजो प्रतिपक्षमा हुँदा जीबी राईलाई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुक्यो ? जीबी राई चाहियो यहाँ !
हिजो प्रतिपक्षमा हुँदा जीबी राईलाई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुक्यो ? जीबी राई चाहियो यहाँ ! मंगलबार, असार २४, २०८२
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा 
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा  आइतबार, असार २२, २०८२
मन्त्रिपरिषदले गरेका निर्णयहरु
मन्त्रिपरिषदले गरेका निर्णयहरु सोमबार, असार १६, २०८२
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।। आइतबार, असार १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्