काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएको छ ।
सो दलको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मतिले नेता चयन गरेको केन्द्रीय सदस्य एवं प्रतिनिधि सदस्य सोविता गौतमले जानकारी दिएको हो।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ३ गते आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्न लागेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ २१:१२