Top Navigation
Main Navigation
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चिसो मौसमसँगै सिंहदबार परिसरमा राजनीतिक सरगर्मी
चिसो मौसमसँगै सिंहदबार परिसरमा राजनीतिक सरगर्मी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस ६, २०७९

काठमाडौ । तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो ।

नेपालको राजनीतिमा लामो योगदान र पृष्ठभूमि रहेको कांग्रेस संसदीय दलको चुनावका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणपछि सुनसान रहेको सिंहदरबार परिसर पुसको चिसोमा पनि आइतबारदेखि एकाएक तातेको छ ।

मुलुकको आगामी दिशा मार्गनिर्देश गर्ने भएकाले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्व छान्नका लागि हुन लागेको यस निर्वाचनलाई मुलुकभित्र र बाहिर सबै क्षेत्रबाट ठूलो चासो तथा कौतुहलतासाथ हेरिएको छ ।

Nepal Oil Corporation

प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच हुने चुनावी प्रतिस्पर्धालाई दलभित्र आन्तरिक जीवन र बाह्य राजनीतिक दृष्टिकोणबाट बेग्ला–बेग्लै ढङ्गले जोडघटाउ र विश्लेषण गरिएको छ ।

कांग्रेसको नेतृत्व चयनका लागि अहिले केहीबेरमै मतदान सुरु हुनेछ । सिंहदरबार परिसरमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मङ्गलबार भएको निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको थियो ।

निर्वाचनको अन्तिम नतिजा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी प्रधानमन्त्रीका लागि यही पुस १० गतेभित्र दाबी पेस गर्न सात दिनको समयसीमा प्रदान गरी यसअघि नै आह्वान गरिसक्नुभएको छ ।

राष्ट्रपतिको उक्त आह्वानपछि राजनीतिक दलले आ–आफ्नो दलभित्र संसदीय दलको नेता चयन गर्ने कार्यलाई तीव्रता दिएका हुन् ।

निर्वाचनको पछिल्लो नतिजाले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई मिलेर सरकार चलाउन सन्देश प्रदान गरेकाले पनि स्वभाविकरूपमा ठूलो राजनीतिक पार्टीका हैसियतले  कांग्रेसले अरु राजनीतिक दलसँग संवाद सुरु गरेको छ ।

दोस्रो ठूलो शक्ति नेकपा (एमाले) पनि अङ्क गणितीय जोडघटाउका साथ सहकर्मी राजनीतिक दलसँग छलफल र परामर्शमा रहेको छ ।

नवनिर्वाचित सांसदको शपथको तयारी र सरकार गठनलगायतका कारण प्रमुख नेताहरूबीच हुने छलफल र भेटवार्ता तथा नवनिर्वाचित सांसदहरू आउने क्रम बढेकाले सिंहदरबार परिसरको सरगर्मी निकै बढेको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका कार्यालय पनि यहीँ नै भएका कारण सिंहदरबार क्षेत्रमा आज बिहानदेखि चहलपहल र आवतजावत बढेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०८:१७
##singhdurbar
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश मंगलबार, भदौ २४, २०८२
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ? सोमबार, भदौ २३, २०८२
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो
एमालेको विधान महाधिवेशनमा यस्तोसम्म भयो आइतबार, भदौ २२, २०८२
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली
लिपुलेखमाथि भारत-चीनबीच भएको ब्यापारिक सम्झौतामा हाम्रो असहमति छ : प्रधानमन्त्री ओली शुक्रबार, भदौ २०, २०८२
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक बिहीबार, साउन ३०, २०८२
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ?
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ? बुधबार, साउन २९, २०८२
सभापति खतिवडाकाे राजीनामा
सभापति खतिवडाकाे राजीनामा मंगलबार, साउन २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ४ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ५ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्