Top Navigation
Main Navigation
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • तनहुँमा पाँचौँ आदिवासी महोत्सव
तनहुँमा पाँचौँ आदिवासी महोत्सव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस ११, २०७९

तनहुँ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौँ आदिवासी जनजाति महोत्सव हुने भएको छ ।

व्यास नगरपालिका–३ वीपी वनबाटिकामा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव आयोजना गर्न लागेको हो ।

परिषद्का अध्यक्ष सुजित हिराचनले जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएका हुन्। 

अमूल्य भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हिराचनले बताउँदै उनले महोत्सवको आवश्यक तयारी सुरु भइसकेको जनाए ।

Nepal Oil Corporation

पैसठ्ठी प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा आदिवासी महोत्सवको सुरुआत आदिवासी महासङ्घले नै गरेको थियो ।

विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो । “तनहुँ जिल्लामा ६५ प्रतिशत आदिवासी जनजाति बसोबास गर्छन्”, परिषद्का निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले भने, “जनजाति बाहुल्य क्षेत्र भएकोले सांस्कृतिक प्रवद्र्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध संस्कृति झल्कने सांस्कृतिक प्रदर्शन गरिनेछ ।”

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुति, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिकस्थलको प्रवद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।

तेस्रो ऋषिङ म्याराथन हुँदै

तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा तेस्रो म्याराथन प्रतियोगिता हुने भएको छ । स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यही पुस २७ गते स्थानीय र महिला गरी दुई प्रकारका म्याराथन प्रतियोगिता आयोजना गरिने गाउँपालिकाले जनाएको छ । विगत वर्षहरुमा राष्ट्रियस्तरका धावकको सहभागितामा म्याराथन गर्दै आइए पनि यसपटक भने स्थानीयलाई प्राथमिकता दिइने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

स्थानीय म्याराथन प्रतियोगिता २१ किलोमिटर दूरीको रहनेछ । ऋषिङको प्रवेशद्वार धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७, गाउँपालिका कार्यालय,  गोठादी, श्रृङ्ग मावि, ढुङ्गाडे, चालिसे, थप्रेक, भिरकोट, गुम्लेक, कालिका मन्दिर पुगेर समापन हुनेछ ।

महिला सर्ट म्याराथन प्रतियोगिता १० किलोमिटर हुनेछ । धारुङबाट सुरु हुने म्याराथन शिव सरस्वती मावि, वडा भवन ७ हुँदै गाउँपालिका कार्यालय पुगेर सकिनेछ ।

स्थानीय म्याराथनमा प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई २२ हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई २ हजार पुरस्कार प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई २ हजार पुरस्कार प्रदान गरिनेछ ।

यसैबीच सोही दिन अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा अन्तर वडाबीच प्रतिस्पर्धा हुनेछ ।

भलिबल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ८० हजार, ५५ हजार र ३० हजार नगद प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्डरमा नगद पुरस्कार प्रदान गरिनेछ ।

खेलकुदको प्रवद्र्धन गर्दै युवायुवतीलाई खेलकुदमा आकर्षित गर्न गाउँपालिकाले अध्यक्ष कप प्रतियोगिता आयोजना गर्न सुरु गरेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०९:२६
##Tanahu
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्