काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेको छ ।
ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेको हो ।
अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएको थियो । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएको थियो ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ १९:१०