Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • टोकियो ओलम्पिकमा कल्पनाले भाग लिने पक्का
टोकियो ओलम्पिकमा कल्पनाले भाग लिने पक्का
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ १५, २०७८
Api Himal

काठमाडौ । नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले एयर राइफल (सुटिङ) खेलमा पछिल्लो पटक ठूलो सफलता हासिल गरेको छ। 

जापानमा आगामी जुलाई २३ देखि अगस्त ८ तारेखसम्म हुने टोकियो ओलम्पिकका लागि सेनाकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्डमार्फत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
 
निर्धारित फायरिङ पोजिशनमा रही निश्चित गरिएको दूरीको टार्गेटबाट हतियारका माध्यमद्वारा (पेस्तोल र राइफल) निशाना लगाई तोकेको समय र गोली हानी बढी स्कोर प्राप्त गर्नेको जीत हुने खेल नै सुटिङ हो । 

कल्पनाले त्यहाँ १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछ । सेनाको कालीबक्स गणकी सिपाही कल्पना टोकियो ओलम्पिकका लागि यस वर्ष वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी हुन् । ओलम्पिक कमिटीले तोकिएका विभिन्न मापदण्ड पूरा गरेका आधारमा कल्पना ओलम्पिकमा छनौटमा परेको हो ।

त्रिभुवन आर्मी क्लबमा उत्कृष्ट सुटरका रुपमा स्थापित कल्पनाले यसअघि  कतारमा भएको सन् २०१९ को एशियन च्याम्पियनशिप र चीनको उहानमा अघिल्लो वर्ष भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता (सिज्मस्) मा उत्कृष्ट प्रतिस्पर्धा गरेको थियो। 

Nepal Oil Corporation

त्यस्तैगरी भारतमा भएको वल्र्ड कप र इण्डोनेशियाको जाकर्तामा सम्पन्न एशियन खेलकूदमा पनि कल्पनाबाट निकै राम्रो प्रतिस्पर्धात्मक प्रदर्शन गरिएको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रबाट प्रमुख महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए।   

यस वर्ष सुटिङ खेल विधामा कल्पना उत्कृष्ट खेलाडी घोषित भएको थियो । सेनामा भर्ना भएपछि फायरिङमा अब्बल साबित भएपछि कल्पना सुटिङ विधाका लागि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएको हो । 

यसअघि स्नेहा राज्यलक्ष्मी राणाले लण्डन ओलम्पिकमा उक्त विधामा नेपालका तर्फबाट भाग लिएको थियो। सुटिङमा उमेर समूह र तौल समूह नहुने हुँदा मेहनेती खेलाडीलाई निरन्तर दक्ष प्रशिक्षकबाट प्रशिक्षण भएमा ओलम्पिक खेलमा समेत नेपाललाई पदक दिलाउन सकिनेछ । 

सुटिङमा खेल राइफल, पेस्तोल र रनिङटार्गेटमा खेलिन्छ । एक गोलीको सबैभन्दा बढी स्कोर १० हुनेछ । अहिले ३४ खेल विधा सञ्चालन गर्दै आएको त्रिभुवन आर्मी क्लब मुलुककै च्याम्पियनशिप विभागीय टोली हो । 

सेनाले पछिल्ला वर्षमा प्रधानसेनापति खेलकूद प्रतियोगितामा समेत सुटिङ विधा समावेश गर्दै आएको छ । व्यावसायिक रुपमा खेल्न सकिने यस विधालाई सेनाले प्राथमिकताका साथ अघि बढाइरहेको महासेनानी रायमाझीले जानकारी दिए । 

राष्ट्रियस्तरमा १० मिटर तथा दक्षिण एशियाली र अन्तर्राष्ट्रिय प्रतियोगिता २५ मिटर र ५० मिटर दूरीमा यो खेल खेलाइने गरिएको छ । 

परापूर्वकालदेखि नै आफ्नो रक्षाका लागि सुटिङको प्रयोग गरिँदै  आए पनि खेलका रुपमा जर्मनबाट १८औँ शताब्दीबाट शुरु भएका हो।

नेपालमा २०३९ सालबाट शुरु भए पनि सेनामा वि.सं. २०४३ बाट प्रवेश पाएको यस विधामा अहिले सेनाका १५ खेलाडी अभ्यासरत् रहेको जानकारी दिइएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १५:३५
##TokyoOlympics ##KalpanaPariyar
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण हुने सोमबार, पुस ८, २०८१
जनकपुरमा निस्कियाे एनपिएल विजय जुलुस
जनकपुरमा निस्कियाे एनपिएल विजय जुलुस आइतबार, पुस ७, २०८१
एनपिएल विजेता जनकपुरले पाए ट्रफिसहित १ करोड १० लाख 
एनपिएल विजेता जनकपुरले पाए ट्रफिसहित १ करोड १० लाख  शनिबार, पुस ६, २०८१
पूर्वको एक मात्र धरान गल्फकोर्षमा बढ्दाे आकर्षण
पूर्वको एक मात्र धरान गल्फकोर्षमा बढ्दाे आकर्षण बिहीबार, मंसिर २७, २०८१
दशौँ राष्ट्रिय खेलकुद फागुनको अन्तिम साता गछौँ : खेलकुदमन्त्री चौधरी
दशौँ राष्ट्रिय खेलकुद फागुनको अन्तिम साता गछौँ : खेलकुदमन्त्री चौधरी बिहीबार, मंसिर २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्