Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • स्वदेशमा अलोकप्रिय विदेशमा लोकप्रिय नेता
स्वदेशमा अलोकप्रिय विदेशमा लोकप्रिय नेता
श्रीनारायणजी
श्रीनारायणजी शनिबार, माघ ७, २०७९
Api Himal

तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्भाचोभले सोभियत सङ्घमा खुला गर्ने नीति अङ्गीकार गरे पनि सोभियत सङ्को विघटन रोक्न सकेनन् । उनी सन् १९८५ देखि १९९१ सम्म नेतृत्वमा रहे । उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति प्रदान गरेको थियो । सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले अन्ततः सोभियत सङ्घकै विघटन गर्यो । यो घटनाका लागि गोर्भाचोभलाई दोषी ठहर्याइयो । उनलाई कट्टरपन्थी रुसीहरुले भने कहिल्यै माफी दिएनन् ।

सन् १९३१ मार्च २ मा दक्षिणी रुसमा जन्मिएका गोर्भाचोभले सन् १९५५ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्को नेता बने । त्यतिखेर शक्तिशाली पोलिटब्युरोमा उनी सबैभन्दा कान्छा सदस्य थिए । अन्तर्राष्ट्रिय मञ्चमा गोर्भाचोभले अमेरिकासँग अस्त्र नियन्त्रण गर्न सहमति गरे भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध ओर्लिंदा उहाँले हस्तक्षेप गर्न अस्वीकार गरे । उनलाई पश्चिमा देशले सुधारका प्रणेता मान्छन् । उनकै कारण सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने आधार निर्माण भयो । त्यही भएर सन् १९९० मा उनलाई पूर्व–पश्चिम सम्बन्धमा ठूलो परिवर्तन ल्याउन भूमिका निर्वाह गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

सोभियत सङ्घको विघटन र शीतयुद्धको अन्त्यपछि भने उनी राजनीतिक हिसाबले किनारामा परे । त्यसपछि उनी शिक्षा तथा मानवीय कार्यमा लागे । उनले विना रक्तपात कम्युनिस्ट व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाका लागि ढोका खोलिदिए । जीवनको उत्तराद्र्धमा उनले कम्युनिस्ट विचारभन्दा लोकतान्त्रिक विचारलाई महत्व दिए । त्यही भएर नै उहाँलाई पश्चिमा देशहरुले राम्रो नेताका रुपमा चित्रित गरे ।

सन् १९९६ मा उनी एक पटक फेरि राजनीतिक जीवनमा फर्किने प्रयास गरे । राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५५ मत मात्र प्राप्त गरे । रुसमा उनको लोकप्रियता शून्यमा झर्यो । यद्यपि उनले आफ्नो जीवनकालमा मानवजाति र रुसी जनतालाई फाइदा हुने काम गर्नुका साथै युद्धबाट विश्वलाई जोगाए ।

Nepal Oil Corporation

सन् १९९१ को डिसेम्बर २५ मा गोर्भाचोभले सोभियत सङ्घको राष्ट्रपति पदबाट आधिकारिक रूपमा राजीनामा दिए । त्यसको भोलिपल्ट त्यहाँको संसद्ले १५ स्वतन्त्र राज्यहरूको स्वतन्त्रतालाई मान्यता दियो र सोभियत सङ्घको अस्तित्व समाप्त भयो । ५४ वर्षको उमेरमा गोर्भाचोभ सन् १९८५ मा सत्तामा  आए । उनले धरमराउँदै गएको राष्ट्रको अवस्था फेर्न सुधारका कार्यहरू सुरु गरे । उनका दुई नीति पेरेस्त्रोइका (पुनर्निर्माण र पुनर्संरचना) र ग्लास्नोस्ट (खुलापन र अभिव्यक्ति स्वतन्त्रता) भनिने यी नीति नै सोभियत सङ्घ विघटनको अन्तिम कारक बने ।

अन्तिम दिनमा सोभियत सङ्घको अर्थतन्त्र निकै कमजोर बन्यो । त्यहाँ विश्वका धेरै देशहरूले अपनाएका बजारमुखी अर्थतन्त्रभन्दा फरक केन्द्रीय स्तरमा राज्यले निर्दिष्ट गर्ने अर्थतन्त्र थियो । सोभियत सङ्घमा कारदेखि जुत्ता अनि पाउरोटीसम्म पनि कति उत्पादन गर्ने भन्ने विषय राज्यले निर्धारण गथ्र्यो । अन्तिम दिनहरूमा सामान्य सामानहरूको समेत अभाव भई पसलमा भीड लाग्ने गर्दथ्यो । राज्यले नै ती सामग्री प्रत्येक नागरिकलाई कति चाहिन्छ, मूल्य कति हुनुपर्छ र कति पारिश्रमिक दिइनुपर्छ भन्ने कुरा निर्धारण गथ्र्यो । राज्य नियन्त्रित अर्थव्यवस्था अन्ततः सोभियत सङ्घका लागि अभिशाप बन्यो ।

सन् १९५० को दशकको अन्त्यतिर सुरु भएको सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीचको अन्तरिक्षसम्बन्धी खोज र हतियारको दौडमा भएको ठूलो धनराशी खर्चले अवस्था अझ नराम्रो बनायो । सोभियत सङ्घ मानिसलाई अन्तरिक्षमा पठाउने पहिलो राष्ट्र थियो । ऊसँग निकै उन्नत परमाणु हतियार अनि क्षेप्यास्त्र थिए । यो उसका लागि निकै महँगो सावित भयो ।

यो दौडका लागि लगानी गर्न सोभियत सङ्घ तेल र ग्यासजस्ता प्राकृतिक स्रोतमा निर्भर थियो । तर सन् १९८० को सुरुतिर तेलको मूल्य कम हुन गयो जसले पहिले नै समस्यामा रहेको अर्थतन्त्रमा व्यापक प्रभाव पार्यो । उपभोग्य वस्तुहरूको अभाव देखिन थाल्यो र बजारमा महँगी आकासियो । रुबल अत्यन्तै कमजोर बन्यो । जसले गर्दा जनजीवन अस्तव्यस्त बन्यो ।

गोर्भाचोभको ग्लास्नोस्ट नीति देशमा अभिव्यक्ति स्वतन्त्रता दिनेतर्फ उद्यत् थियो । उनले जोसेफ स्टालिनको पालामा भएको दमनको वास्तविकता दर्साउने इतिहासका पाना पल्टाउन थाले । विदेशमा ख्याति कमाएका उनको आफ्नै देशमा भने चर्को आलोचना भयो । आलोचनाबीच उनले सामान्य रूपमा कम्युनिस्ट पार्टीको वर्चस्वलाई चुनौती दिँदै बहुदलीय व्यवस्थाबारे पनि विचार अघि  सारे ।

सोभियत सङ्घ बहुराष्ट्रिय राज्य थियो र रुसी साम्राज्यको उत्तराधिकारी थियो । सङ्घमा १५ राज्य थिए । भ्रातृ राष्ट्रका रूपमा सैद्धान्तिक हिसाबले उनीहरूको अधिकार समान थियो । तर यथार्थमा रुस सबैभन्दा ठूलो अनि शक्तिशाली थियो र रुसी भाषा अनि संस्कृति धेरै क्षेत्रमा हाबी भयो ।

ग्लास्नोस्तले अन्य गणराज्यका मानिसहरूलाई विगतमा भएका जातीय उत्पीडनबारे सचेत गरायो । सन् १९३० को दशकको युक्रेनको अनिकाल, बाल्टिक राज्य अनि पश्चिमी युक्रेनको अधिग्रहण र सोभियत–नाजी मित्रता सन्धि अनि दोस्रो विश्वयुद्धताका कैयौँ जातीय समूहहरूलाई बाहिरिन बाध्य पारिएका घटनाहरूबारे सर्वसाधारणले थाहा पाए । यी र अन्य कैयौँ घटनाहरूले राष्ट्रवाद अनि आत्मनिर्णयको माग व्यापक रूपमा वृद्धि गराए ।

वर्षाैसम्म सोभियत सङ्घका जनतालाई पश्चिममा क्षय हुँदै गएको र पुँजीवादी सरकारको नेतृत्वमा त्यहाँका सर्वसाधारणहरूले गरिबीका कारण दुःख पाएका बताइन्थ्यो । सन् १९८० तिर आम सर्वसाधारणबीच सीधा सम्पर्क अनि यात्रामा वृद्धि हुन थालेसँगै यस्तो भनाइलाई बढ्दो रूपमा प्रश्न गर्न थालियो । सोभियत सङ्घका जनताले अन्य देशहरूमा जीवनयापनको गुणस्तर, व्यक्तिगत स्वतन्त्रता अनि कल्याणकारी राज्यको स्तर आफ्नोभन्दा धेरै राम्रो भएको देखे । उनीहरूले आफ्ना देशका निकायले आफूलाई यात्रा गर्न नदिएर, विदेशी रेडियो प्रसारण हुन नदिएर र विदेशी साहित्य अनि चलचित्रलाई सेन्सर गरेर यी कुरा लुकाउन खोजेको देखे ।

मूलतः गोर्भाचोभलाई शीतयुद्ध अन्त्य गरेको अनि पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध सुधार गरेर आणविक टकरावको खतरालाई रोकेको श्रेय जान्छ । तर सुधारिएको सम्बन्धको एउटा अप्रत्याशित नतिजा के भयो भने सोभियत सङ्घका जनताले अन्य देशका नागरिकको तुलनामा आफ्नो जीवन कति खराब छ भन्ने कुरा थाहा पाए ।

गोर्भाचोभलाई सोभियत अर्थतन्त्र र सार्वजनिक मनोबलको थप गिरावट रोक्नको लागि आमूल परिवर्तन आवश्यक छ भन्ने कुरा थाहा थियो । तर यो कसरी प्राप्त गर्ने भन्ने उनको दृष्टिकोणमा स्पष्टताको भने कमी थियो । शीतयुद्ध अन्त्य गरेर उनी बाहिरी विश्वका लागि नायक बने  तर आफ्नै घरमा भने उनी आलोचनाको पात्र बने ।

गोर्भाचोभलाई हटाउन सन् १९९१ को अगस्टमा पुरातनपन्थीहरूले ‘कू’को प्रयास गरे । तर यसले सोभियत सङ्घलाई जोगाउनेभन्दा पनि विघटनको द्वारतर्फ अघि बढायो । ‘कू’को प्रयास गर्ने नेताहरूले देशबाट भाग्ने प्रयास गरे र गोर्भाचोभ शक्तिमा फर्के । तर उनी लामो समयका लागि शक्तिमा रहन सकेनन ।  रुसमा बोरिस याल्तसिन अनि सोभियत सङ्घमा अन्य नेताको उदय भयो । त्यसपछि  धेरै देशले स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरे र डिसेम्बरसम्ममा सुपरस्टेटको भविष्य धरापमा पर्यो । गोर्भाचोभलाई एकपक्षीय रूपमा आफूले विस्तार गरेको शक्ति त्यसै छोडिदिएको आरोप लगाइएको थियो । उनले हतारमा पूर्वी जर्मनीबाट सोभियत सेना फिर्ता बोलाउने जस्ता कार्य गरे ।

गोर्भाचोभकै कारण सोभियत सङ्घ विघटन भई १५ टुक्रमा विभाजन भयो । रुसलगायत १५ वटै राज्यलाई स्वतन्त्र बनाई बहुदलीय व्यवस्था ल्याउने कामका लागि उनका नीति सफल भए । सोभियत सङ्घ पक्षधरका लागि भने उनी सधै आलोचनाको पात्र बने । सोभियत सङ्घ विघटनसँगै लामो समयसम्म चलेको शीतयुद्ध अन्त्य भयो । विदेशमा लोकप्रिय र स्वदेशका अलोकप्रिय बनेका गोर्भाचोभ जीवनको उत्तराद्र्धमा कम्युनिस्ट शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थातिर आकर्षित भए । आलोचनाको पात्र बने पनि रुसका  १५ गणराज्यलाई स्वतन्त्र बनाउन मूल श्रेय भने उनलाई नै जान्छ ।

तत्कालीन सोभियत सङ्घका अन्तिम नेता  गोर्भाचोभको निधनसँगै एउटा इतिहासको अन्त्य भयो । ९१ वर्षीय उनको सन् २०२२ को अगस्ट ३१ मा  निधन भयो । उनी लामो समयदेखि गम्भीर बिरामी भई अस्पतालमा थिए ।

- नामी साप्ताहिक

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०९:४८
##mikhailgorbachev
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्