काठमाडौ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा चाँदनी-दोधारा नगरपालिकाका निशान्त बुढाले नगद एक लाख जितेको छ ।
अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने योजना अन्तर्गत चादनी-दोधारा नगरपालिका-८ निवासी निशान्त बुढाले नगद एक लाख जितेको हो ।
केदार ट्रेडिङको डिलर अन्तर्गत रहेको दोधारा कञ्चनपुरका सह-बितरक न्यू एकता ट्रेडर्सका डिलर दाई रिङ्कु रोकायकोमा एक वर्ष रिचार्ज गरेर बुढाले लक्कि ड्रमा सहभागी हुने अवसर पाएको थियो ।
डिशहोमको तर्फवाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालबाट उनले जितेको पुरस्कार रकम हस्तान्तरण गरेको हो ।
यस योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइनेछ ।
साथै यस अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछ ।
नगद एक लाख विजेता बुढालाई हार्दिक वधाई दिदै सम्पूर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यस योजनामा सहभागी जनाई लाभ लिन सक्नेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।