Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद
तालिवान सत्तामा मौलाउँदै आतङ्कवाद
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन ४, २०७९
Api Himal

अहमद मसुद एउटा चर्चित तालिवानविरोधी प्रतिरोध समूहका नेताका छोरा हुन् । उनका पिता अहमद शाह मसुद  एक जना पाका कमान्डर थिए । उनलाई ‘पन्जशिरको सिंह’ का रूपमा लिने गरिन्थ्यो ।

सन् २००१ को सेप्टेम्बर ११ को दुई दिन अघि उनका पितालाई अल कायदाका सदस्यहरूले हत्या गरेका थिए। “अफगानिस्तानमा अहिले सन् २००१ को तुलनामा एकदमै ठूलो खतरा छ”,३३ वर्षीय अहमद मसुद भन्छन् । उनले आफ्ना पिताको पदचाप पछ्याइरहेका छन् ।

तालिवान शासनकालको अन्तिम दिनहरूमा उनका पिताको हत्या भयो ।  त्यसबेला अफगान इस्लामवादी समूहले अरू जिहादी समूहहरूलाई पनि आफ्नो भूमिमा गतिविधि गर्न दिइरहेको थियो ।

अहिले ती कमान्डरका छोरा इतिहास फेरि दोहोरिने आशङ्का व्यक्त गर्छन् । उनले आफ्नो देश फेरि विश्वमा उग्रवादी विचारधारा सम्प्रेषित गर्दै आएका आईएसआई र अल–कायदासहित विश्वभरका दर्जनौँ आतङ्कवादी समूहहरूका लागि सुरक्षित आश्रयस्थल बनेको बताए ।

Nepal Oil Corporation

विदेशी सैनिक फिर्तीसँगै पश्चिमा समर्थन पाएको अफगान सरकार गएको अगस्ट महिनामा ढलेको थियो । दुई दशकभन्दा बढी समयसम्म विदेशी फौजहरूविरुद्ध लडाइँ लडेपछि तालिवानहरु पुनः सत्तामा आएका हुन् ।

मसुदले विश्वले अफगानिस्तानलाई बेवास्ता गरिरहेको बताए । उनले आफ्नो देशलाई राजनीतिक स्थिरता चाहिएको भन्दै तत्कालै ध्यान दिइनुपर्ने उल्लेख गरेका छन् । उनले आतङ्कवादी समूहहरूले पछिल्लो सङ्कटलाई विदेशी स्वार्थहरूमाथि निशाना साँध्न प्रयोग गर्ने बताए ।

मसुदले उनको पिताले दिएको चेतावनीलाई बेवास्ता गरिएको र विश्वले त्यसपछि त्यसको परिणाम भोग्नुपरेको बताए । उनले अफगानिस्तानको पछिल्लो अवस्था आफ्नो पिताको समयभन्दा धेरै खराब रहेको जनाए ।

उनी भन्छन्, “मेरो विश्वास के छ भने विश्व त्यसमा पनि मुख्य गरी युरोपले अफगानिस्तानबाट निम्तने जोखिमको गम्भीरतालाई बुझ्नेछ र उपयुक्त ढङ्गले हस्तक्षेप गरेर अफगानिस्तानमा एउटा जबाफदेही र वैधानिक सरकार बनाउन सहयोग गर्नेछ ।”

मसुदले ब्रिटेनले आफ्ना सैनिक अधिकृतहरूलाई तालिम दिने रोयल मिलिटरी एकेडेमी स्यान्डह्रस्टमा एक वर्षको तालिम लिए । त्यसपछि उनले वार स्टडिजमा लन्डनस्थित किङ्स कलेजबाट अध्ययन पूरा गरे ।

उनी देशमा देखिएको सङ्कटको राजनीतिक लेनदेनका आधारमा समाधान खोजिनुपर्ने बताउँछन् । तर तालिवानहरूले आफूलाई प्रतिरोध गर्ने र उनीहरूको ‘मानवताविरोधी अपराधविरुद्ध’ लड्नुको विकल्प नदिएको उनको भनाइ छ ।

गत वर्षको अगस्टमा तालिवान सत्तामा फर्किएपछि मसुद पन्जशिरस्थित आफ्नो गृह नगर फर्किए र उनले नेसनल रेजिसटेन्ट फ्रन्टको गठन गरे । अहिले मसुदले तीन हजारभन्दा बढी सशस्त्र लडाकुको नेतृत्व गर्छन् ।

पछिल्लो ११ महिनामा उनका लडाकुले मुख्यगरी तालिवानसँग पन्जशिर उपत्यका र पर्वतीय क्षेत्र तथा छिमेकमा रहेको बाघलान प्रान्तमा पर्ने रणनीतिक जिल्ला अन्दराबमा लडिरहेका छन् ।

तालिवानले अफगानिस्तानभर सुरक्षा कायम गरेको भन्ने दाबीलाई उनीहरूले चुनौती दिँदै आएका छन् । सन् १९९० को दशकको अन्त्यमा आफ्ना पिताले तालिवानविरुद्ध गरेको सङ्घर्षविपरीत अफगानिस्तानले अहिलेसम्म मसुदले तालिवानविरुद्ध अघि बढाएको सशस्त्र प्रतिरोधलाई स्वीकार गरिसकेको छैन ।

उनले न्याय र स्वतन्त्रताका लागि लड्ने अधिकार अफगान नागरिकसँग भएको उल्लेख गरे । उनी भन्छन, “हामी सन् २०२३ मा छौँ । एउटा नयाँ पुस्ताले एउटा नयाँ अफगानिस्तान चाहन्छ जहाँ उनीहरूले आफ्नो भविष्य निर्धारण गर्न सकून् ।”

मसुदले बेलायतसहितका विश्व शक्तिहरूलाई अफगानिस्तानको नागरिकको पक्षमा उभिन र राजनीतिक समाधान स्वीकार्न तालिवानलाई दबाब दिन अनुरोध गरेका छन् ।

तालिवानले अफगानिस्तानमा शासन सम्हालेको भए पनि उनीहरूले अन्तर्राष्ट्रिय मान्यता पाएका छैनन् । तालिवानले काबुलमा सत्ता हातमा लिएको एक वर्ष पुग्न लाग्दा कुनै पनि देशले उनीहरूको सरकारलाई मान्यता दिएको छैन ।

तर रुससहित केही देश तथा शक्तिहरूले आफूहरूले तालिवान सरकारसँग सामान्य खालको सम्बन्ध राख्न इच्छुक रहेको जनाएका छन् । मसुदले तालिवानलाई मान्यता नदिन चेतावनी दिएका छन् ।

उनले त्यस्तो निर्णय लिने कुनै पनि देश तालिवानको अधिनायकत्व र गम्भीर अपराधका लागि दोषी हुने बताए ।उनले राजनीतिक वार्ताहरूमात्रै अहिलेको सङ्कट समाधानको उपाय भएको बताए ।

अहिले भित्रभित्र मसुदजस्ता युवा लडाकुको नेतृत्व गर्दै अफगानिस्तानमा तालिवानविरुद्ध प्रतिरोधमा उत्रिन थालेका छन् । विश्वको मान्यता नदिएको तालिवानको बन्दुके शासनमा त्यहाँ कुनै विधि विधान छैन ।

मानव अधिकार,न्याय र स्वतन्त्रता छैन । अफगान नागरिक इतिहासमै सबैभन्दा बढी पीडित छन् । तालिवानलाई सत्ता चलाउन दिइरहने हो भने विश्वमा फेरि आतङ्कवादले पश्रय पाउनेछ ।

विश्वकै गरिब मुलुक अफगानिस्तानमा तालिवानले दोस्रो पटक बन्दुकबाट सत्ता हातमा लिएपछि प्रजातान्त्रिक विश्व समुदायले ठूलो चुनौती सामाना गरिरहेको छ ।  पहिलो पटक सन् १९९६ देखि २००१ सम्म बन्दुकको भरमा शासन गरेका तालिवानले कठोर सरिया कानुन लादे ।

महिलालाई घरबाहिर निस्कन दिएनन् , बुर्का अनिवार्य गरे । १२ वर्ष माथिका बालिकालाई स्कुल जान बञ्चित गरे । पुरुषलाई अनिवार्यरुपमा दाह्री पाल्न लगाए । लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाए । उनीहरुको यो आततायी शासनमा अल कायदा मौलायो ।

अल कायदा प्रमुुुख ओसमा विन लादेनको आदेशमा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि आतङ्कवादी आक्रमण भयो । तालिवानविरुद्ध अमेरिकाले अफगानिस्तानमाथि सैन्य कारबाही गरी तालिवान सरकार ढालिदियो ।

तालिवान सरकार ढलेसँगै अफगानिस्तानमा लोकतन्त्र पुनर्वहाली भयो । २० वर्षसम्म तालिवानसँग लड्दै अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले लोकतन्त्र जोगाइदियो । बहुराष्ट्रिय सेना फिर्ता भएसँगै पुनः तालिवानले बन्दुकको भरमा अफगानिस्तानमाथि कब्जा जमायो ।

त्यहाँ लोकतन्त्रको हत्या भएको छ । तालिबानको पुनः आगमनसँगै निर्वाचित लोकतान्त्रिक सरकार विस्थापित गरी बन्दुकको शासन सुरु भएको छ ।

२०२१ अगस्त १५ तालिवानले राजधानी काबुल कब्जामा लियो । सोही दिन राष्ट्रपति असरफ घानीलगायतका उच्चअधिकारी सत्ता त्यागी विदेशतिर भागे । स्वदेशी तथा विदेशी एक लाख ३० हजारभन्दा बढी नागरिकले अफगानिस्तान छाडे ।

सन् २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको पालाबाट सुरु भएको अमेरिका–अफगानिस्तान युद्ध सबैभन्दा लामो युद्ध हो । बुसपछि बारक ओबामा, डोनाल्ड ट्रम्प र जोए बाइडेनसम्म युद्ध लम्बियो । डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय गरे ।

तर त्यसो भएन । ट्रम्पलाई हराएर राष्ट्रपति भएका बाइडेनले सेप्टेम्बर ११ भित्र सानो सङ्ख्यामा बाँकी रहेका अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता ल्याउने घोषणा गरे ।

तालिवानले सत्ता कब्जा गरेको १६औँ दिन अर्थात् अगस्त ३१ मै अमेरिकी अन्तिम फौज अफगानिस्तानबाट फिर्ता भयो । अमेरिकी सेना फिर्तासँगै २० वर्षे युद्ध अन्त्य भयो तर अफगान नागरिकका लागि दुर्दिन सुरु भयो ।

तालिवानले लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार नगरेकाले अफगानिस्तानमा अहिले जङ्गली शासन छ । उसले सरियाजस्तो कठोर कानुन लादेर आतङ्कित सत्ता चलाउन चाहन्छ । २० वर्षअघि त्यही गर्यो । अहिले पनि तालिवान लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात  गरेन । सन् २००४ मा बनाइएको लोकतान्त्रिक संविधान विस्थापित गरेको छ ।

सन् १९८९ मा सोभियत सङ्घले एक दशकपछि आफ्नो सेना फिर्ता गरेपछि तालिवानले फैलिने मौका पायो । सन् १९९४ मा औपचारिक रुपमा  मुल्लाह मोहमद ओमरले तालिबान समूहको स्थापना गरे ।

ओमरको सन् २०१३ मा मृत्यु भयो । ओमरपछि आएका मुल्लाह अख्तर मन्सुर पनि सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिए । मन्सुर मारिएपछि अहिले मौलावी हिबातुल्लाह आखुन्जदा तालिवानको सर्वोच्च नेता छन् ।

रुसी सेना फिर्ता भएसँगै सोभियत सङ्घ समर्थित वामपन्थी जनवादी प्रजातान्त्रिक पार्टी अफगानिस्तान (पीडीपीए) कमजोर बन्यो । सन् १९९२ मा मुजाहिद्दिनहरुले काबुल कब्जा गरे । पीडीपीएका राष्ट्रपति मुहमद नाजिबुल्लाह अपदस्त भए ।

मुजाहिद्दिनले बुर्हानुद्दिन रब्बानीलाई सन् १९९२ मा राष्ट्रपति बनाए । मुजाहिद्दिनमा विवादका साथै विभिन्न गुटहरु बने । त्यसैको फाइदा उठाउँदै तालिवान समूहले आक्रमण सुरु गर्यो । सन् १९९५ मा अफगानिस्तानको हेरात प्राप्त कब्जा गरेका तालिवानले एक वर्षपछि काबुल कब्जा गर सत्ता हातमा लियो ।

सन् १९९८ सम्म आउँदा  अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिबानले कब्जा गर्यो । सन् १९९६ मा सत्ता कब्जा गरेका तालिवानलाई अमेरिकाले मान्यता दिएको थिएन ।  सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कको ट्विन टावरमा आतङ्कवादी आक्रमण भयो ।

अल कायदा नेता ओसामा विन लादेनले आक्रमणको जिम्मा लिए । अमेरिकाले आतङ्कवादविरुद्ध युद्धको घोषणा गर्यो । अमेरिकाले सन् २००१ को अक्टोबर ७ बाट अफगानिस्तानमाथि आक्रमण सुरु गर्यो । डिसेम्बर पहिलो साताभित्र तालिवान सत्ता ढल्यो ।

अफगानिस्तानमा कुनै पनि विदेशी सेनाले सफलता पाउन सकेन । १९ औँ शताब्दीमा तीनपटक ब्रिटिस सेनाले हस्तक्षेप गर्यो । पहिलो पटक सन् १८३९देखि १८४२ सम्म, दोस्रो पटक १८७८ देखि १८८० सम्म र तेस्रो पटक १९१९ मा हस्तक्षेप गरे पनि सफलता पाउन नसकेपछि ब्रिटिस सेना फिर्ता भयो ।

सोभियत सङ्घको सन् १९७९ देखि १९८९ सम्मको सैन्य कारबाही सफल भएन । पछिल्लो सन् २००१ देखि २०२१ सम्मको अमेरिकी सैन्य कारबाही पनि असफल भयो ।

सन् १९१९ मा अमिर अब्दुल्लाह खानले अफगानिस्तान बेलायतबाट स्वतन्त्र भएको घोषणा गरे । सन् १९६४ मा त्यहाँको राजतन्त्रलाई संवैधानिक बनाइयो । सन् १९७३ मा मोहम्मद दाउदले सत्ता कब्जा गरी राजतन्त्र अन्त्य गरे र गणतन्त्र घोषणा गरे तर शान्ति कायम भएन ।

अतः मसुदले भनेजस्तै विश्वलाई नै चुनौती बनेको तालिवान सत्ताविरुद्ध विश्व समुदाय र अफगान नागरिकले कडा प्रतिवाद गर्नैपर्छ नत्र तालिवान सत्ताभित्र मौलाउने आतङ्कवाद विश्वकै लागि खतरा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०९:३५
##taliban
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्