मोरङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो पार्टीले नै बनाएको उम्मेद्वार राष्ट्रपति बत्रे बताएको छ ।
विराटनगर विमानस्थलमा संक्षिप्त कुराकानीको क्रममा एमाले अध्यक्ष ओलीले नेकपा एमालेले उठाएको उम्मेद्वार जिताउन राष्ट्रसहमति बत्रे विश्वास व्यक्त्त गरेकाे हाे ।
नेकपा एमालेले राष्ट्रपतिको लागि मनोनयन दर्ता गर्ने दिन नै नाम सार्वजनिक गर्ने भन्दै अध्यक्ष ओलीले भने, ‘अहिलेको गठबन्धन सोचेर र सम्झेर बनाएकाले गठबन्धन रहिरहन्छ।’
उनले गणतन्त्र आएको धेरै समय नभएकाले अहिले नै चिन्ता र आत्तिनु पर्ने स्थिति नरहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो देश समृद्ध नेपाल र सुखी नेपाली बन्छ ।’
पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको छु भत्रे अभिव्यक्त्तिप्रति उनले भने,‘पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा पर्नु भएको छ ।’
अध्यक्ष ओलीले भने, ‘पानीले आफ्नो सतह आफै बनाउँछ, हतार गर्नु हुँदैन।’ उनले थप भने, ‘नेकपा एमाले उम्मेदवारलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टीले पनि साथ र समर्थन गर्छ ।’
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९ १८:१०