Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
आइतबार, कात्तिक ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, कात्तिक ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • तरल राजनीतिले निम्त्याएको तरलता
तरल राजनीतिले निम्त्याएको तरलता सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन २०, २०७९

नेपालको वर्तमान राजनीति कतिखेर के हुने हो भन्ने कुराको नै टुंगो हुन छाडे्ेको छ । जसको कारण कतिबेर के हुन्छ भन्ने अनुमान लगाउन नसकिने भएको हो । राजनीति आफैँ तरल नभइकन असंवेदनशील र असहिष्णु राजनीतिक स्वभावले भएको हो।

केही महिनाअघि संपन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैको एकल वहुमत नआएको कारण यो अवस्थालाई अझ पुट मिलेको छ । अर्कोतर्फ राजनीतिक दूरदृष्टि राख्न सक्दा र आपसमा राजनीतिक सहिष्णुता नहुदा तरल राजनीतिमा थप बल मिलेको छ । राजनीतिलाई तरल हुनबाट जोगाउन सक्ने नेतृत्वको खाँचो छ ।

पुस १० गते आएको राजनीतिक तरलताले नसोचेको जुन मोड आयो । त्यो समिकरण जुन लयमा राजनीति जानुपथ्र्यो, त्यस्तो भएन । समीकरण परिवर्तन हुदा  राजनीतिको कोर्स परिवर्तन हुने र तत्काललाई एकअर्कालाई देखाउने प्रवृत्तिले नयाँ सरकार बनेको दुई महिनामा नै फेरि अर्को समीकरण भएपछि नेपाली राजनीतिको भविष्यमा प्रश्न नै प्रश्न चिन्ह खडा हुन पुगेको छ।

२०७९ सालको स्थानीय र आम निर्वाचनमा देखिएको कसिलो भनिएको गठबन्धन, करिब पन्ध्रवर्षसम्म जाने समीकरण त छिनमै भत्कियो र नयाँ समीकरण तयार भयो । नेकपा एमालेको सहितको सात दलीय गठबन्धन दुई महिना पनि टिकेन।

Nepal Oil Corporation

प्रधानमन्त्री प्रचण्ड र सभामुखमा देवराज घिमिरेको निर्वाचनले पनि त्यो समीकरण टिक्न सकेन । राष्ट्रपतिको निर्वाचनसम्म आउँदा मुलुकले राष्ट्रिय सहमतिको माग गरेको देखियो । अर्थात् दलहरुमा मुलुकको आवश्यकताको विश्लेषण गरेर भन्दा तत्कालका लागि शक्ति बाँडफाँटको हिसाबले क्षणिक आधारमा शक्ति बाँडफाँटको काम भयो ।

जसवाट नेपाली जनता हेरेको हे¥यै हुनुपर्ने अवस्था आएको छ । नपत्याउंदो तरीकाले फेरबदलको राजनीति भएको छ। नागपास खेल जस्तै नेपाली राजनीति बन्न पुगेको छ । कहिले ९९ मा पुगेको राजनीति एकैचोटी शुन्यमा झर्ने खेलजस्तो बनेको नेपाली राजनीतिको यो तरलताले सवैलाई तीन छक्क अठार दंग पारेको छ ।

यतिखेरको नेपाली राजनीतिले पुरानो क्षणिक समीकरणले कोर्स करेक्सन गरेको छ जसले महत्वपूर्ण दलहरु एकै ठाउँमा जम्मा हुने अवस्था सृजना भएको छ ।

यसै पनि राष्ट्रपति पद विवादका कारणले सृजना गरिनु हुँदैन भन्ने कुरामा प्रधानमन्त्री प्रचण्डले बारम्बार भनेको सुनियो र त्यसमा नेपाली कांग्रेसले समर्थन गरेको हो । सम्मानित राष्ट्रपतिको पदको निर्वाचनमा  रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङ्ग दौडमा छन्।

रामचन्द्र पौडेललाई नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन देखिन्छ ।

त्यस्तै,  सुवासचन्द्र नेम्बाङ्गलाई नेकपा एमालेको समर्थन देखिन्छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाटै बाहिरिएका छन् ।

त्यसो त राप्रपाको सिद्धान्तको विवादले प्रधानमन्त्री राप्रपालाई या त सच्चिन या त सरकारबाट बाहिरिन भन्नै अवस्थामा हुुनुहुन्थ्यो भन्ने बुझ्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ।

सम्भवतः राप्रपा र रास्वपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नसक्ने पनि देखिन्छ । राप्रपा र रास्वपाको लय नेकपा एमालेसँग बढी मिलेको देखिएतापनि राष्ट्रपति निर्वाचनले यी दुई पार्टीलाई पनि कहाँ पुर्याउने हो ? त्यो निश्चित भएको छैन्।

तरल राजनीतिले ल्याएको यो उठलपुथल अवस्थाले स्थिरतामा ल्याउन सक्ने सबल राजनीतिक नेतृत्वको खाँचो आवश्यक छ । सवैले विश्वास गर्न मिल्ने अनि सक्ने नेतृत्वको चमत्कारिक पदार्पण यो तरल राजनीतिमा नै देखिनु जरुरी भैसकेको छ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः २ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ३ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
  • नंः ४ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ५ सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्