Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • इराक युद्धले विश्वास गुमाएको अमेरिका
इराक युद्धले विश्वास गुमाएको अमेरिका
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत २७, २०७९
Api Himal

सन् २००३ को मार्च २० मा अमेरिका र उसलाई सहयोग गरिरहेका राष्ट्रका सेनाहरूले इराकमा आक्रमण गरे र सद्दाम हुसेनलाई सत्ताच्युत गरिदिए । इराकसँग आमविनाशकारी अस्त्र (डब्ल्यूएमडी) रहेको र उक्त देश विश्वको शान्तिका लागि खतरा रहेको अमेरिकाको दाबी थियो । तर इराकमाथिको सैन्य कारबाहीलाई अधिकांश राष्ट्रहरूले समर्थन गर्न मानेका थिएनन् ।

सन् १९९०–९१ को खाडी युद्धका बेला अमेरिकाले विभिन्न राष्ट्र सम्मिलित गठबन्धनको नेतृत्व गरेको थियो । उक्त गठबन्धनले इराकी सेनालाई कुवेतबाट फिर्ता हुन बाध्य पारेको थियो ।

त्यसकै केही समयपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले ‘प्रस्ताव ६८७’ पारित गर्दै इराकलाई आफ्ना सबै डब्लूएमडी (वेपन अफ मास डिस्ट्रक्सन) पारमाणविक, जैविक र रासायनिक अस्त्र तथा लामो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू नष्ट गर्न निर्देशन दियो । सन् १९९८ मा इराकले अस्त्र निगरानी गर्ने राष्ट्रसङ्घीय निकायसँग सहकार्य भङ्ग ग¥यो । त्यसको प्रत्युत्तर दिन अमेरिका र बेलायतले हवाई आक्रमण गरे ।

सन् २००१ को सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टर र वासिङ्टनस्थित पेन्टागनमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको सरकारले इराकमाथि आक्रमण गर्ने योजना बनाउन सुरु ग¥यो ।

Nepal Oil Corporation

बुसले हुसेनले डब्लूएमडी उत्पादन र भण्डारण गर्ने कार्य जारी राखेको दाबी गरेका थिए । उनले इरान र उत्तर कोरियासँगै इराकलाई पनि विश्वव्यापी स्थिरताका लागि खतरनाक शक्ति ‘एक्सिस अफ इभल’ को सङ्ज्ञा दिए ।

सन् २००२ को अक्टोबरमा अमेरिकी संसद्ले इराकमाथि सैन्य कारबाही स्वीकृत गर्याे ।वासिङ्टनमा धेरै जनाले इराकसँग ठूलो स्तरमा विनाश गर्न सक्ने अस्त्रहरू रहेको महत्वपूर्ण प्रमाणहरू छन् र यसले वास्तविक खतरा उत्पन्न गरेको छ भन्ने विश्वास गरेका थिए ।

कथित डब्लूएमडी कार्यक्रमसहित इराकले विगतका प्रस्तावनाहरू उल्लङ्घन गरेको भन्दै सन् २००३ को फेब्रुअरीमा अमेरिकाका तात्कालिक विदेशमन्त्री कोलिन पावलले इराकमाथि सैन्य कारबाही गर्नका लागि अनुमति दिन राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई आग्रह गरेका थिए ।

तर उनले परिषद्लाई त्यस्तो अनुमतिका लागि सहमत बनाउन भने सकेनन् । अधिकांश सदस्य राष्ट्रहरू सन् २००२ मा इराकको भ्रमण गरेका राष्ट्रसङ्घीय परमाणु निगरानीसम्बन्धी निकाय अनि इन्टरनेशनल एनर्जी अथोरिटीका अधिकारीहरू डब्लूएमडीबारे थप प्रमाणहरू फेला पार्नका लागि अझै काम गर्नुपर्ने पक्षमा देखिए । त्यसपछि अमेरिकाले अधिकारीहरूको प्रतिवेदन नकुर्ने बताउँदै इराकविरुद्ध ‘एकजुट हुन चाहनेहरूको’ गठबन्धन बनायो ।

अमेरिकी नेतृत्वमा रहेको गठबन्धनमा सम्मिलित ३० राष्ट्रमध्ये बेलायत, अस्ट्रेलिया र पोल्यान्ड आक्रमणमा सहभागी भए । बेलायतले ४५ हजार र अस्ट्रेलियाले दुई हजार सैनिक पठाए । पोल्यान्डले १९४ जना विशेष तालिमप्राप्त सैनिक पठाएको थियो । कुवेतले आफ्नो क्षेत्रबाट आक्रमण गर्न अनुमति दियो । स्पेन र इटलीसहित कैयौँ युरोपेली राष्ट्रहरूले अमेरिका नेतृत्वको गठबन्धनलाई कूटनीतिक समर्थन गरेका थिए ।

तत्कालिन अमेरिकी विदेशमन्त्री  पावलले सन् २००३ मा राष्ट्रसङ्घमा इराकसँग जैविक हतियार उत्पादन गर्नका लागि ‘घुम्ती प्रयोगशालाहरू’ रहेको बताएका थिए । तर सन् २००४ मा उनले त्यसबारे प्रमाणहरू ‘त्यति बलिया रहे जस्तो नदेखिएको’ स्वीकार गरेका थिए ।

बेलायत सरकारले गुप्तचर निकायले तयार पारेको एउटा प्रतिवेदन सार्वजनिक ग¥यो जसमा पूर्वी भूमध्यसागर क्षेत्रमा बेलायतलक्षित आक्रमणका लागि ४५ मिनेटमा इराकी क्षेप्यास्त्र तयार हुनसक्ने उल्लेख गरिएको थियो ।

बेलायतका तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले हुसेनले डब्ल्यूएमडी उत्पादन गर्न जारी राखेको कुरामा ‘कुनै शङ्का नरहेको’ बताएका थिए ।

दुवै देश इराकबाट भागेका रासायनिक इन्जिनियर राफिद अहमद अल्वान अल–जानबी र गुप्तचर निकायका एक अधिकारी माज मोहम्मद हारिथको सूचनामा अत्यन्त धेरै निर्भर थिए । उनीहरूले इराकको डब्लूएमडी कार्यक्रमबारे आफूहरूसँग ठोस जानकारी रहेको बताएका थिए । ती दुवै व्यक्तिले पछि आफूहरूले इराकमाथि आक्रमण होस् र हुसेनको सत्ताच्युत होस् भनेर प्रमाणहरूलाई बढाइचढाइ गरेको बताएका थिए ।

अमेरिकाका दुई छिमेकी क्यानडा र मेक्सिकोले समर्थन गर्न अस्वीकार गरे । युरोपमा अमेरिकाका दुई प्रमुख सहयोगी जर्मनी र फ्रान्सले पनि सहयोग गर्न अस्वीकार गरे । नेटोको सदस्य पनि रहेको टर्कीले छिमकी राष्ट्र इराकमा आक्रमण गर्न अमेरिकालाई आफ्नो हवाई आधारशिविरहरू प्रयोग गर्न दिएन।

सन् १९९०–९१ को खाडी युद्धमा इराकविरुद्ध अमेरिकालाई सहयोग गरेका राष्ट्र साउदी अरब लगायतले सन् २००३ को आक्रमणमा भने समर्थन गरेनन् । खाडी अरब राष्ट्रहरूले उक्त योजनालाई बहुलट्ठी ठाने ।हुसेनको शासन ढलेपछि इराकमाथि इरानले नियन्त्रण कायम गर्ने कुराले उनीहरू चिन्तित थिए । 

सन् २००३ मार्च महिनाको २० का दिन बिहानको समयमा ‘अपरेसन इराकी फ्रिडम’ सुरु भयो । कुवेतको इराकसँगको सीमाबाट अमेरिका र उसलाई सहयोग गरिरहेका राष्ट्रका झन्डै दुई लाख ९५ हजार सैनिकले कारबाही सुरु गरे । इराकको उत्तरी भेगमा कुर्दिस पेशमेर्गाका मिलिसियाका ७० हजार सदस्य र इराकी सुरक्षाकर्मीहरूबीच भिडन्त भयो ।

मे महिनासम्ममा इराकी सेना पराजित भयो र सद्दाम हुसेनको शासन पतन भयो । पछि सद्दाम हुसेन पक्राउ परे। उनविरुद्ध मुद्दा चलाइयो र सन् २००६ मा उनलाई मृत्युदण्ड दिइयो । तर इराकमा कुनै पनि किसिमका व्यापक विनाश निम्त्याउन सक्ने खालका हतियारहरू फेला परेनन् ।

सन् २००४मा इराक साम्प्रदायिक विद्रोह फैलियो । त्यसको केही वर्षपछि सुन्नी र सिया समुदायबीच गृहयुद्ध सुरु भयो । सन् २०११ मा मात्रै अमेरिकी सेना त्यहाँबाट फर्कियो । सन् २००३ देखि २०११ बीच युद्धसँग जोडिएका घटनाका कारण चार लाख ६१ हजार मानिसको मृत्यु भएको र ३० खर्ब अमेरिकी डलर खर्च भयो । 

अमेरिकाले यो युद्धका कारण निकै धेरै विश्वसनीयता गुमायो । २० वर्षपछि मानिसहरूले  किन अमेरिकी गुप्त सूचनालाई विश्वास गर्नुपर्याे र भनी प्रश्न गरेका छन् ।इराक युद्धपछि सन् २००८ मा अमेरिकी राष्ट्रपति बुसले इराकको भ्रमण गरे ।

बग्दादमा आयोजित पत्रकार सम्मेलनमा इराकी पत्रकार मुन्ताजेर अल जाइदीले आक्रोश व्यक्त गर्दै राष्ट्रपति बुसमाथि जुत्ता प्रहार गरे । उनलाई पक्राउ गरी छ महिना जेलमा हालियो । उनी अहिले पनि आफूले ठीक काम गरेको भन्दै अमेरिकाप्रति आक्रोश व्यक्त गर्छन् । 


 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १६:१८
##irag
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्