Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • सैनिक शासनभित्रै भीषण सङ्घर्ष
सैनिक शासनभित्रै भीषण सङ्घर्ष
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, वैशाख ९, २०८०
Api Himal

सुडानमा दुई सुरक्षा निकायबीच भीषण सङ्घर्ष भयो । सेना प्रमुख अब्देल फताह अल बुर्हानको नेतृत्वमा रहेको सेना र  मोहमद हामदान डागालोको नेतृत्वमा रहेको अर्ध सैनिक बल (आरएसएफ) बीचको सङ्घर्षले त्यहाँको दैनिकी भयावह बनेको छ ।

आरएसफलले राज्यका प्रमुख निकायहरु कब्जा गर्ने गरी आक्रमण सुरु गरेसँगै सेना प्रत्याक्रमणमा जुटेको हो । शनिबारदेखि भएको सङ्घर्षमा १८५ जनाको मृत्यु भयो भने १८ सयभन्दा बढी घाइते भए। सैनिक शासनभित्रको यो सङ्घर्षप्रति विश्व समुदायले चिन्ता व्यक्त गरेको छ ।

अफ्रिकाको ठूलो मुलुक सुडानमा सेनाले सत्ता हातमा लिएसँगै फेरि जनताका अधिकार खोसियो । सेनाको सत्ता जनतालाई मन परेको छैन। उनीहरुले सैनिक शासनको विरोध गर्दै आएका छन् । सङ्क्रमणकालीन सरकारमा विवाद भएपछि सोही कारण देखाई सेनाले सत्ता हातमा लिएर सङ्कटकाल लागू गरेको छ ।

सन् २०२१ अक्टोबर २५ मा एकाएक प्रधानमन्त्री अब्दल्लाह हमदकसहितका नेताहरुलाई पक्राउ गरी सेनाले सत्ता हातमा लियो । सैनिक ‘कु’ को राजधानी खार्तुमलगायत अन्य सहरमा विशाल विरोध प्रदर्शन भए । सैनिक शासनको विरोध गर्ने प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा सात जनाको मृत्यु भयो भने १४० भन्दा बढी घाइते भए ।

Nepal Oil Corporation

सैनिक विद्रोहको नेतृत्व गरेका जनरल अब्देल फताह अल बुर्हानले लामो समय सत्तामा रहेका ओमर अल बसिर सत्ताच्युत भएपछि गठन भएको सैन्य–नागरिक परिषद् विघटन गरी देशभर सङ्कटकाल  लगाए ।

सुरक्षा बलले देशमा सुरक्षाको प्रत्याभूति गर्नुपर्ने भन्दै बुर्हानले सङकटकाल घोषणा गर्नुपरेको जिकीर गर्दै २०२३ जुलाईमा निर्वाचन गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बाचा  गरे । तर यस वर्ष त्यहाँ निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने कुनै तयारी छैन ।

सुडानमा लामो समय एकछत्र शासन गरेका शासक ओमार अल बसिरलाई  जनता र सेना मिलेर सत्ताच्युत गरेका थिए । त्यसपछि त्यहाँ सेना र नागरिकसहितको सङ्क्रमणकालीन सरकार गठन भयो । यो सरकार बनेपछि मुलुकमा सहज वातावरण बन्ने अपेक्षा गरिएको थियो तर सैनिक नेतृत्व र नेताहरुबीच विश्वासको सङ्कटसाथै चर्को मतभेद उत्पन्न भयो । त्यसैलाई कारण देखाई सेनाले सत्ता हातमा लियो ।

सेनाले सत्ता हातमा लिएकोमा आम जनता बेखुसी भएका छन् । जनताले लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताको रक्षा गर्ने नागरिक सरकार चाहेका छन्। तर सत्ता हातमा लिएको सेनाले तत्काल नागरिक सरकार स्थापना गर्ने सम्भावना कम छ।

लोकतान्त्रिक शासनको विकल्प लोकतन्त्र नै हुन्छ, सैनिक शासन कदापि हुन सक्दैन । सैनिक शासकले लोकतन्त्रको सम्मान गर्दैन, आफ्नो सत्ता टिकाउन षडयन्त्र गर्छ । सैनिक पृष्ठभूमिबाट सन् १९९३ देखि सत्तामा आएका जनरल  बसिरले आफ्नो अनुकूलको संविधान बनाएर लामो समय निरङ्कुश शासन चलाए ।

उनकै कारण मुुलुक पटक पटक गृहयुद्धमा फस्यो, लाखौँ मानिस मारिए, लाखौँ मानिस विस्थापित भए र अन्तत : मुलुक नै टुक्रियो । बसिरविरुद्ध मानवताविरुद्ध अपराध र भ्रष्टाचार गरेको आरोप छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। बसिरलाई सत्ताबाट हटाएपछि बनेको सङ्क्रमणकालीन सरकारले उनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतसमक्ष बुझाउन बताएको थियो। तर अहिले सेनाले सत्ता लिएको अवस्थामा उनीविरुद्धको अभियान कहाँ पुग्ने हो भन्नसक्ने अवस्था छैन ।

बसिरको सत्ताले मुलुक तहसनहस पार्यो । त्यही भएर जनताले सेनासँग मिलेर सन् २०१९ मा उनलाई सत्ताच्युत गरे । बसिरलाई सत्ताच्युत गरेपछि सेना र जनता मिलेर सङ्क्रमणकालीन संयुक्त सरकार बन्यो । सेनाको तर्फबाट राष्टप्रमुुुुुुुुखमा लेफ्टिनेन्ट जनरल बुुुर्हन र जनताकातर्फबाट सरकार प्रमुखका रुपमा अब्दल्लाह हमदकलाई प्रधानमन्त्री बनाई मुलुकलाई निकास दिन खोजियो । तर संयुक्त सरकार दुई वर्ष पनि चल्न सकेन । सैनिक नेतृत्व र नागरिक नेताबीच विवाद चर्कियो । सोही विवादलाई कारण बनाई सेनाले प्रधानमन्त्री हमदकलगायतलाई पक्राउ गरी सत्ता हातमा लियो ।

अटोमन साम्राज्य, बेलायत र इजिप्टको अधिनपछि सन् १९५६ मा सुडान स्वतन्त्र भयो । मुलुक स्वतन्त्र भएको दुई वर्ष नबित्दै सन् १९५८ मा सैनिक जनरल इब्राहिम अबाउडले नागरिक सरकार बर्खास्त गरी सत्ता हातमा लिए । सन् १९६२ देखि दक्षिण क्षेत्रका नागरिकले अधिकारको विद्रोह सुरु गरे । सन् १९६४ मा नागरिक आन्दोलन भयो । यो आन्दोलनले अबाउडलाई सत्ताच्युत गरी मुस्लिम बाहुल्य सरकार बन्यो ।

सन् १९६९ मा जाफर नुमिरीले सैनिक शासन लागू गरे । सन् १९८३ मा उनले कठोर सरिया कानुन लादे । सरिया कानुनको विरोध भयो । देशव्यापी आन्दोलन भयो । सन् १९८५ मा सेनाले उनलाई बर्खास्त गर्यो । सन् १९९३ देखि जनरल बसिर सत्तामा आए । उनले सन् १९९८ मा आफूलाई अनुकूल हुने संविधान बनाए । त्यसपछि उनले एकछत्र शासन गर्दै आए ।

सन् २००३ देखि पश्चिमी डार्फुर क्षेत्रमा विद्रोह सुरु भयो भने दक्षिण भाग पनि अशान्त बनिरह्यो । विद्रोहको शान्तिपूर्ण समाधान गर्ने प्रयास भएन । फलस्वरुप सन् २०११ मा सुडान टुक्रियो र दक्षिण सुडान स्वतन्त्र राष्ट्र बन्यो ।

सुडान टुक्रिनु र डार्फुरको समस्या समाधान गर्न नसकेपछि बसिरमाथि सङ्कट गहिरियो । डार्फुरमा चरम दमन गरी मानव अधिकार उल्लङ्घन गरेको भन्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतले बसिरविरुद्ध पक्राउपूर्जी जारी गरेको छ । डार्फुर घटनामा तीन लाख मानिस मारिए भने २० लाख विस्थापित भएका छन् ।

बसिरले लोकतान्त्रिक ढङ्गले शासन नगरेकै कारण उनलाई सेना लगाएर हटाउनुपर्यो । उनले गर्दा सेनाको सत्ता मोह पुनः बढ्यो र लोकतन्त्र कमजोर बन्यो । बसिरको निरङ्कुशता सुडानका लागि अभिशाप सिद्ध भयो ।

स्वतन्त्र राष्ट्र पाउँदा खुसी भएका दक्षिण सुडानवासी अहिलेसम्म चरम गरिबी र अभावमा पिल्सिका छन् । सुडान टुक्रिएर बनेको दक्षिण सुडानमा जातीय र धार्मिक विवाद कायमै छ । स्वतन्त्र राष्ट्र भए पनि जनताको दैनिकी कष्टकर छ । त्यहाँ ४६ प्रतिशत इसाई, ३२ प्रतिशत मुस्लिम र २२ प्रतिशत अन्य बसोबास गर्छन् ।

६ लाख १९ हजार ७४५ वर्ग किमि क्षेत्रफल रहेको यो मुलुकको जनसङ्ख्या १ करोड ४५ लाख रहेको छ । सुडानसँग सीमा विवाद साथसाथै तेलमाथिको स्वामित्व र बाँडफाँटको मिल्न सकेको छैन । सुडानमा लोकतन्त्र खोसिँदा दक्षिण सुडानमा पनि त्यसको असर देखिन थालेको छ ।

मुस्लिम बाहुल्य सुडानको जनसङ्ख्या चार करोड ६० लाख  छ भने क्षेत्रफल १८ लाख ८६ हजार ६८ वर्ग किमि छ । त्यहाँको मुख्य भाषा अरबी र अङ्ग्रेजी हो । मुख्य धर्म इस्लाम रहेको त्यहाँको औसत आयु पुरुषको ६३ र महिलाको ६६ वर्ष रहेको छ ।

सुडानीहरुले लोकतान्त्रिक र नैतिकवान शासन पाउन सकेनन् । जसले गर्दा उनीहरुको अवस्थामा सुधार भएन । बारम्बार उनीहरुको मौलिक अधिकार, मानव अधिकार खोसियो । अब छिटोभन्दा छिटो सैनिक शासन अन्त्य गरी लोकतन्त्र पुनर्बहाली गरी जनताको अधिकार सुनिश्चित गर्न त्यहाँका जनता स्वयं उठ्नुपर्ने भएको छ । सैनिक शासनविरुद्ध अन्तर्राष्ट्रिय दबाब पनि जरुरी छ । 
 
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ११:२२
##sudan
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्