Top Navigation
Main Navigation
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper मंगलबार, असोज १६, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
विचार
  • Home
  • विचार
  • आर्थिक मन्दीमा आयात बृद्धि
आर्थिक मन्दीमा आयात बृद्धि सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, वैशाख १४, २०८०

दुई बर्ष लामो कोरोना संक्रमणको असर विश्व बजारमा देखिन थालेको छ। जसको असर नेपालमा पनि देखिएको हो । प्रत्यक्ष तथा अप्रत्यक्ष नेपालमा आर्थिक मन्दीको प्रभाव बढ्न थालेको छ।

जसको प्रमाण चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले रू १२ खर्ब १ अर्ब ५० करोड बराबरको आयात गर्दा रू एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ ।

यस विवरण अनुसार, गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ । विभागका अनुुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६ दशमलव ३४ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८ दशमलव ८९ प्रतिशतले घटेको देखिन्छ। विभागको तथ्याङ्कअनुसार समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव ०४ र निर्यातको हिस्सा आठ दशमलव ९६ प्रतिशत बराबर रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भारतसँग मात्र नेपालले रू छ खर्ब ७० अर्ब ७६ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ। अर्थात् यो अवधिमा नेपालले भारतबाट रू सात खर्ब ५३ अर्ब ७५ करोड बराबरको वस्तु आयात गर्दा रू ८२ अर्ब ९८ करोड ५३ लाख बराबरको निर्यात गरेको देखिएको हो ।

अर्को छिमेकी मुलुक चीनसँग यही अवधिमा नेपालले रू एक खर्ब ६१ अर्ब ८१ करोड बराबरको व्यापार घाटा बेहोरेको छ । अर्थात् चैत मसान्तसम्ममा नेपालले चीनबाट रू एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख बराबरको वस्तु आयात गर्दा रू ६३ करोड ६८ लाख बराबरको मात्रै निर्यात गरेको देखिएको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रुपमा देखिएको छ । यो अवधिमा नेपालले युएईबाट रू २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा रू ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ ।

त्यस्तै चैत मसान्तसम्ममा नेपालले अमेरिकाबाट रू १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने रू १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ ।

नौ महिना अवधिमा नेपालले सबैभन्दा धेरै रू एक खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र रू ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ । रू ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको छ। नेपालले बढी आयात गरेको वस्तुमा फलामजन्य वस्तु चौथो स्थानमा छ ।

चैत मसान्तसम्ममा रू ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात भएको छ । त्यस्तो अप्रशोधित तेल रू ३० अर्ब र अप्रशोधित पाम तेल रू २२ अर्ब बराबरको आयात भएको देखिन्छ । चैत मसान्तसम्ममा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तुमा पनि पामतेल र सोयाबिन तेल देखिन्छ ।

यो अवधिमा रू नौ अर्ब दुई करोड बराबरको पामतेल र रू ८ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल भारत निर्यात भएको छ। बढी निर्यात हुने वस्तुमा अलैँची तेस्रो नम्बरमा छ। यो अवधिसम्ममा नेपालले रू छ अर्ब ३३ करोड बराबरको अलैँची निर्यात गरेको छ ।

यी यावत आर्थिक विवरणको तथ्याङ्कवाट नेपाल निर्यात गर्ने देशभन्दा बढी आयात गर्ने देशको रुपमा देखिएको छ । निर्यातभन्दा आयात बढी गर्ने देश भएपछि निश्चित रुपमा घाटामा चलेको देश भनेर पुष्टि भएको छ ।

नूनदेखि सुनसम्म आयात गर्ने देशको व्यापार घाटा हरेक बर्ष चुलिदैछ । व्यापार घाटालाई घटाउन निर्यातमा बढी जोड दिनु आवश्यक छ। निर्यातयोग्य बस्तुको पहिचान गरेर विश्व बजारमा त्यसको बजारिकरन गर्न र गराउन विशेष जोड दिन सकेमा व्यापारमा घाटा होइन, नाफा हुने अवस्थाको सिर्जना गर्न र गराउन सकिन्छ । जसवाट आर्थिक मन्दीको बर्तमान अवस्थामा धेरैभन्दा धेरै राहत दिन सकिने अवस्था आउने छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ११:४८
Employees Provident Fund Employees Provident Fund
प्रतिक्रिया दिनुहोस्
थप विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा सोमबार, असोज १५, २०८०
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ शुक्रबार, असोज १२, २०८०
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड बिहीबार, असोज ११, २०८०
विधायकको जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा
विधायकको जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा बिहीबार, असोज ११, २०८०
स्थानीय तहले अघि बढाएका नमूना कार्य
स्थानीय तहले अघि बढाएका नमूना कार्य शनिबार, असोज ६, २०८०
मानव सभ्यताको रक्षा गरौं
मानव सभ्यताको रक्षा गरौं शनिबार, असोज ६, २०८०
संविधान कार्यान्वयनका चुनौतीहरु
संविधान कार्यान्वयनका चुनौतीहरु मंगलबार, असोज २, २०८०
राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार
राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार सोमबार, असोज १, २०८०
राजनीतिक संस्कारका धरोहर सुवास 
राजनीतिक संस्कारका धरोहर सुवास  बिहीबार, भदौ २८, २०८०
लोकप्रिय
  • नंः १ राहत शिक्षकको माग पूरा, मनाए विजय उत्सव (भिडियाे)
  • नंः २ क्रिकेट स्टार भीमलाई अधिया कमाएर बुबाले हुर्काए
  • नंः ३ देशभरका गणित शिक्षकलाई प्रशिक्षण सुरु
  • नंः ४ भक्तपुरको साँगाबाट अभिनेता अनमोल केसी पक्राउ
  • नंः ५ एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा
विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा NamiNews- नामीन्यूज
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ NamiNews- नामीन्यूज
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड रासस
सूचना-प्रविधि
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा NamiNews- नामीन्यूज
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल NamiNews- नामीन्यूज
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ रासस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्