Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्मलरत्न शाक्य चलचित्रमा असफल, वडा सरकारमा सफल
निर्मलरत्न शाक्य चलचित्रमा असफल, वडा सरकारमा सफल
श्याम स्मृत
श्याम स्मृत आइतबार, वैशाख २४, २०८०
Nirmal Ratna Shakya

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख अर्थात वडा अध्यक्ष निर्मलरत्न शाक्य वडा सरकार प्रमुख मात्र नभइकन चलचित्र निर्माता पनि हुन्।

वडा सरकार प्रमुख शाक्यले निर्माण गरेको चलचित्रको नाम नै एक दिन एक रात हो । आजभन्दा १२ बर्षअघि निर्माण भएको चलचित्र एक दिन एक रात त्यो बेला वडा सरका प्रमुख शाक्यकै भाषामा भन्ने होभने, हावा खाएको चलचित्र हो।

Nirmal Ratna Shakya 11683472593.jpg

विलकुलै फरकधारको पहिलो प्रयोगवादी नेपाली थ्रिलर मुभि भएको कारण त्यो बेलाको राजेश हमाल मार्काको परम्परागत धारमा चल्न सकेन।

देवकुमार श्रेष्ठको निर्देशन तथा दिया मास्के, अनुप बराल, कर्मा शाक्य, विनय श्रेष्ठ जस्ता खारिएका रंगमंचका एक से एक हस्ती कलाकारहरुको मजबुत अभिनय रहेको चलचित्र एक दिन एक रात हो।

यो चलचित्र काठमाडौंको जय नेपाल हल तथा कुमारी हलमा लगातार तीन हप्ता चलेको चलचित्र भएतापनि नाफाको हिसाव कितावमा घाटा खाएको चलचित्र हो।

यही चलचित्रका निर्माता वडा सरकार प्रमुख निर्मलरत्न शाक्यले त्यो बेला ६० लाख लगानी गरेका थिए। नाफा त परैजाओस् साँवा पनि नउठेको चलचित्र भएकै कारण घाटा खाएर चर्चित भएको निर्माता हुँ भनेर हाँसी-हाँसी भन्न चुकेनन्।

पैसा कमाउन नसकेपनि नाम, इज्जत तथा प्रतिष्ठा कमाउन सफल चलचित्र एक दिन एक रातका निर्माता शाक्य वडा सरकार प्रमुखमा भने सफल छन्।

Nirmal Ratna Shakya 31683472595.jpg

ललितपुर महानगरपालिका वडा नंबर १६ को वडा सरकार प्रमुखमा दोश्रो इनिङमा भारी मतले जितेका शाक्य वडावासीका सुख–दुःखका साथी हुन्। सवैका प्रिय जनसरकार प्रमुख वडा अध्यक्ष शाक्य कमलो मनका गीतकार पनि हुन्।

भावुक मनका गीतकार शाक्यले १ सयभन्दा बढी नेपालभाषा तथा नेपालीमा लेखेका गीतहरु हिट लिष्टमा पनि छन् कसैको दुःख देख्न नसक्ने गीतकार शाक्य उनीहरुको दुःखमा गहभरि आँशु पारेर रोइदिने गीतकारका रुपमा पनि चिनिने गरेको छ।


वडावासीका सुख-दुःखका साथी निर्मलरत्न शाक्यको नविनता

ललितपुर महानगरपालिका-१६ ललितपुर महानगरपालिका भित्रको कोर एरिया हो। जहाँ सम्पदा र संस्कृतिले भरिपूर्ण छ। यस अर्थमा ललितपुर महानगरको प्राण नै हो, वडा नम्बर १६।

यो वडाको वडा अध्यक्ष अर्थात वडा सरकार प्रमुखमा कलाप्रेमी, विकासप्रेमी तथा वडावासीका सुख-दुःखका साथी निर्मलरत्न शाक्य हुन्।

जसले वडावासीलाई कहिले पनि मन दुखाउन जानेको छैन्। सवैको खुशीमा नै आफ्नो खुशी देखेका छन्। त्यसैमा आफूलाई पाएका छन्।

वडा सरकार प्रमुख शाक्यको यस वडामा पाटन दरबार क्षेत्रका कृष्ण मन्दिर, भिमसेन मन्दिर, हिरण्यवर्ण, यशोधरवर्ण, रत्नाकर महाविहारजस्ता मूर्त सम्पदा छन्।

बज्रयानी बौद्ध संस्कृति, भिमसेन जात्रा, मतयाः कृष्णपूजा, अष्टमातृका नाच, नरसिंह जात्रा, कात्तिक नाचजस्ता अमूर्त सम्पदा पनि यहीँ छन्।

यस्ता पुरातात्विक संरचनाले घेरिएको टोल तथा साँघुरा गल्ली अनि पाइला पाइलामा मन्दिर र परम्परागत पहिरनमा सजिएका बूढापाकाको पाटीपौवामा बसिबियालो साथमा सँझ्याः र टिकी झ्याःले सुसज्जित पुराना घरहरुको बाहुल्यता रहेको ललितपुर महानगरपालिका वडा नंबर १६ ललितपुरकै शान तथा गौरब हो।

मल्लकालीन सभ्यता र संस्कृतिको यथार्थता वोकेको यो वडाका वडा सरकार प्रमुख निर्मलरत्न शाक्यको दोश्रो इनिङ्ग आफैमा गौरब तथा शान हो।

जसले वडाका मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्दैआएका छन्। ‘विकास निर्माणका काम छँदैछ, त्योभन्दा बढी हामी सम्पदा र संस्कृति जोगाउनमा केन्द्रित छौं,’ वडा सरकार प्रमुख शाक्यले भने, ‘सम्पदा मासिएको दिन हामीले आफ्नो परिचय गुमाउँछौं। वडा नम्बर १६ को मुख्य दायित्व ललितपुरको साँस्कृतिक परिचय जीवित राख्ने हो।’

नेवार संस्कृति, परम्परागत बाजागाजा, जीवनशैली, नेपालभाषा र लिपि संरक्षण गर्न ’नेवार लघु साँस्कृतिक संग्रहालय’ स्थापना गर्ने कार्यको अलावा ललितकला, काष्ठकला र हस्तकला प्रवद्र्धन गर्न त्यसको भव्य मेलाको आयोजना समेत गर्ने कार्य वडा सरकार प्रमुख शाक्यवाट भएको छ।

अघिल्लो निर्वाचनमा आफूले प्रतिबद्धता व्यक्त गरेका धेरैजसो कार्य पूरा गरेको तथा पछिल्लो निर्वाचनमा निर्वाचित भएर आएयता बाँकी कार्यहरु धमाधम गर्ने कार्य भएको तथा वडालाई अझ सुखी र संपन्न गर्न र गराउन वडावासीकै सल्लाह र सुझाव अनि माग बमोजिमका कार्यहरुमा गत्ति प्रदान गर्ने कार्य आफूवाट हुँदैआएको पनि वडा सरकार प्रमुख शाक्यले वताए ।

ललितपुर महानगरको मात्र नभइकन देशकै नमूना वडाको रुपमा विकास गर्ने योजनामा लागिरहेको पनि वडा सरकार प्रमुख शाक्यले खुलासा गरे।

वडामा वडावासीले देखिने र वडावासीले महशुश गर्न पाउने विकास–निर्माणका कार्यको अलावा वडावासीलाई सीपवान वनाएर रोजगारीको विकास गर्ने थुप्रै योजनाहरु तर्जुमा भैसकेको जानकारी पनि शाक्यले दिएका छन्।

सेवाग्राहीको काम चुस्तदुरुस्त रूपमा भइरहेको छ । कुनै पनि सेवाग्राहीले ललितपुर महानगरपालिका वडा नंबर १६ कार्यालयमा कामका लागि १० मिनेटभन्दा बढी बस्नुनपर्ने गरेर सेवा प्रदान गर्दैआएको पनि जिकिर वडा सरकार प्रमुख शाक्यको छ।

Page No. 1-Patan Darbar Square1683472598.jpg

Page No. 1-Patan Darbar Square 11683472598.jpg

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ? आइतबार, पुस २७, २०८२
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने शुक्रबार, पुस २५, २०८२
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै शुक्रबार, पुस २५, २०८२
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर मंगलबार, पुस २२, २०८२
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्