Top Navigation
Main Navigation
शुक्रबार, वैशाख ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ ९, २०८०

भैरहवा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएको छ।

मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट १/१ जना गरी ३ जना थपेर सात सदस्यीय मन्त्रि परिषद् बनाएको हो। लुम्बिनी प्रदेशमा सोमबार नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएको छ।
 
नेपाली कांग्रेसका राजु खनाल, जनमत पार्टीका चन्द्रकेश गुप्ता र जसपाका भण्डारीलाल अहिरले प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएको हो ।

खनालले स्वास्थ्य, गुप्ताले सामाजिक विकास र अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएको छ । 

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना विना विभागीय मन्त्रीको पनि जिम्मेवारी तोकको छ ।

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएको छ ।

यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएको थियो । लुम्बिनीमा अझै खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीसँगै छ।

बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए । 

मन्त्रिपरिषदमा पठाउने सांसदहरुको विषयमा कुरा नमिलेपछि माओवादीले विस्तार भएको मन्त्रिपरिषदमा कसैको नाम नपठाउँदा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेन ।

माओवादी संसदीय दलका नेता जोख बहादुर महाराले भने माओवादीमा विवादका कारण नभई मूख्यमन्त्रीले मागेको आधारमा मन्त्री पठाईएको बताए। लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १५ गते शपथग्रहण गर्दै ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेको थियो।

यस्तै लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुटवलका बुद्ध बहादुर थापा नियुक्त भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थापालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो ।

बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थापा नेपाल प्राध्यापक संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन्। 

राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापालाई पनि सोमबार नै शपथ ग्रहण गराईएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:३३
##lumbiniprovince
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्