Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • शर्मा जी !
शर्मा जी !
उमेश रेग्मी
उमेश रेग्मी आइतबार, जेठ २१, २०८०

शर्मा जी ! उनको नाम प्राय सबैले बिर्सी सके । सबैको उनी शर्मा जी । घरदेखि लिएर कार्यालयसम्म उनी शर्मा जी भनेरै परिचित छन्। घरमा श्रीमतीदेखि छोराले पनि उनलाई शर्मा जी भनेरै बोलाउँछन् ।

उता कार्यालयतिर उनी भन्दा माथिका अनि उनी भन्दा मुनि सबैका लागि उनी शर्मा जी । उनको नाम कसैले थाहा नपाएकोले गर्दा होला ठाउँ, समय र परिस्थिति अनुशार उनले विभिन्न उपनामहरु भने कमाएका छन् ।

कसैलाई उनी अप्ठ्यारा शर्मा जी हुन् त कसैलाई रमाइला शर्मा जी । कसैले उनलाई झोले शर्मा जी पनि भन्छन् अनि कतिपयलाई उनी नेता शर्मा जी लाग्छ। शर्माजीलाई आफूले पाएका उपनामहरु कहिले मन परेन, उनी सिर्फ शर्मा जी भनेर चिनिन चाहन्छन् तर जहाँ जान्छन्, जति खेर जान्छन् अनि जहिले जान्छन् उनले एउटा उपनाम पाई हाल्छन् ।

अस्ति भर्खरको कुरा हो, पसलमा उधारो राख्यो भनेर साहुले उनलाई माग्ने शर्मा जी बनाई दियो । त्यहि दिन बिहान छोरीलाई स्कुल नपुर्याएको भनेर उसकी बुढीले उसलाई अल्छी शर्मा जीको उपाधि दिएकी थिइन् । हुन त उनले दिएको उपनामहरुले एउटा पन्ना नै भरिसकेको जिकिर गर्छन् शर्मा जी । असन्तोषी, दरिद्रे, लोभी, कामचोर, हुतिहारा, असहयोगी अनि के के हो के के।

अर्को तर्फ शर्मा जी हेर्दा ठिकठाक आकारको देखिए पनि उनलाई पुड्के, भ्याण्टे, डल्ले, भुँडे, तालु खुइले, पुन्टे, भन्नेहरु यत्रतत्र भेटिन्छन्। सरशर्ति हेर्दा शर्मा जीले आफ्नो व्यबहार वापत उपनामहरु पाएका छन् र आफ्नो बनोटको कारणले पनि त्यतिकै उपनामहरु कमाउन सफल भएका छन् । यसैले गर्दा होला उनको नेप्टो नाक कहिले कहिँ फुलेर ठूलो भइदिन पुग्छ अनि उनि तुरुन्तै घिरौंले नाक शर्मा जी बनि दिन्छन् ।

त्यतिमात्र कहाँ हो र, उनको बोलाइमा पनि मान्छेले उपनाम जोडिदिएका छन् । बोल्दा खेरि मुखभरि र्याल आउने उनको गजबको प्रतिभाले गर्दा उनी र्याले शर्मा जी भएका छन् । भकभकाएर बोल्नु उनको खानदानी देन हो, त्यसैले उनि भकभके शर्मा जी पनि हुन्। अझ रमाइलो कुरा त ’च’ लाई उच्चारण गर्दा ’स’ भन्ने उनको कलाले कतिपय उनलाई लठेब्रो शर्मा जी को उपाधि दिन पुग्छन्। हिजो मात्र जम्का भेट भएको थियो मेरो शर्मा जी सँग ।

“कता हिडेको शर्मा जी ?“, मेरो प्रश्नको उत्तरमा उनले आफ्नै तालमा भनेका थिए, “ढोकाको सुकुल बिग्रेर सुस्सेपाटीमा किन्न हिडेको पाइएन त्यसैले साबहिल तिर लागेको ।“ चुकुल बिग्रेर चुच्चेपाटीमा नपाउँदा चाबहिल हिडेछन् लठेब्रा शर्मा जी भन्दै पिछा छुडाउनु परेको थियो मैले । म सँग निकैबेर “सुरोट देउन एउटा“ भन्दै थिए । मैले सुनेको नसुने झैँ गरि दिए।

नेताहरुको झोला बोकेर निकै समय विताएका शर्माजीमा पनि नेता बन्न लायकका गुणहरु भएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। शायद त्यहि गुणहरुको फल होला शर्माजी बेलाबेला आफ्नो घरको अघिल्तिर भएको पिपलको रुखमुनि भाषण गरिरहेको भेटिन्छन्। उनको हरेक भाषणमा ’यो सोरहरुले सबै सिध्याए’ दोहोरिरहन्छ ।

गएको महिना उनले दिएको भाषण गजबकै थियो, “हेर्नुस दाजु भाई दिदी बहिनीहरु हो, मैले सिस्याएर धेरै सोटी भनिसके, सुनाब आउन लागि सक्यो। सुनाबको बेला भोट हाल्दा फेरी तिनै सोरहरुर्ला हाल्ने हैन नि । यो सोरहरुले सबै सिध्याए। अब राम्रो मान्छे सिन्नु पर्यो र सुनाबमा ठिक सिन्हमा छाप लगाई जिताउनु पर्यो । सहि सिन्ह सिनेर छाप लगाउनु तपाई हाम्रो कर्तब्य पनि हो र यसबाट हामी बन्सित हुनु हुँदैन र मिल्दैन पनि । देश बनाउने सुनौती लिन सेतन जस्ता युवाहरु तैयार छन्।“

सेतन यानेकि चेतन अर्थात् शर्मा जीको छोरो । सँगै बसेको छोरोलाई अंकित गर्दै उनले भाषण पूरा गर्दा तालीको गड्गडाहट पनि सुनिएको थियो। छोरा चेतनलाई सेतन भन्दा भन्दै कतिखेर सैतान बनिसकेछ, उनी स्वयमलाई पत्तै थिएन।

घरमा श्रीमती चन्दा उनलाई ’सन्दा’ बन्न पुग्दा यी जोई पोईको ठाकठुक नपरेको दिन हुँदैन । सैतानको रगरगि र सन्दाको कि किचबाट आजित शर्मा जी एक चोटी बागमतीमा हामफाल्छु भनेर हिडेका कुरा छरछिमेकमा अझै ताजै छ। “ए पानी त कस्तो सिसो रहेछ“ भन्दै फर्केका थिए रे । त्यहि दिन साँझ “स्यामा सिनी पुगेन“ भन्दै श्रीमतीसँग भनाभन भएको थियो फेरी ।

शर्माजी सँगको जान पहिचान मेरो पुरानै हो । मलाई त उनी समाज सुधारक पनि लाग्छ । चोरलाई छोड्न नहुने उनको रटानको म खुलेर प्रशंसा गर्छु। अनगिन्ती उपनामले थोपरिएका शर्मा जी सबै सँग राम्रै कुरा गरेको सुनिन्छ । कतिले उनको कुरा बुझ्छन, टाउको हल्लाउँछन् त कतिलाई उनी फगत एउटा लठेब्रो लाग्छ ।

म सोच्छु, कति होलान् हामीभित्र अनि हाम्रो समाजभित्र शर्मा जी जस्ता । खै हामीले उनको कुरा बुझेको, हामी त खाली उपनाम दिदै व्यस्त छौ । त्यसैले होला शर्माजीहरु समाज भित्रै हराउँछन्, उनको महत्व हराउँछ, योगदान हराउँछ । बाँकी रहन्छ त केवल उनलाई दिएका उपनामहरु ।

-नामी साप्ताहिकबाट
 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाज
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्