Top Navigation
Main Navigation
शुक्रबार, जेठ ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, जेठ ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई थुनामा राख्न आदेश
नक्कली शरणार्थी प्रकरणमा १६ जनालाई थुनामा राख्न आदेश
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार १, २०८०
Api Himal

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई कारागार चलान गरेको हो ।

पुर्पक्षमा जेल चलान भएकाहरु अब मुद्दाको किनारा नलाग्दासम्म कारागारमै रहनेछन् । अदालतले अभियुक्त टङ्क गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका हुन्।

उक्त मुद्दामा आजै जिल्ला सरकारी वकीलले जवाफी बहस गरेको थियो । उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधामा जिल्ला सरकारी वकीलको कार्यालयले गत जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो।

Nepal Oil Corporation

त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस शुरु भएको थियो । तीन दिन सरकारी वकील र उजुरीकर्ताको तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकीलहरुले बहस गरेका थिए ।

आज त्यसको जवाफी बहस भएको हो । उक्त प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको थियो।

नक्कली शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो । उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दावीसहित मुद्दा दर्ता गरिएको थियो ।

साथै सार्वजनकि ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय माग गरिएको छ । उनीहरुविरुद्ध कैदका साथै २८ करोड ८१ लाख विगोसमेतको माग गरिएको छ।

उक्त प्रकरणमा संलग्न १२ जना फरार छन् ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
भान्सेको क्षेत्रमा मात्र बजेट पार्ने ?
भान्सेको क्षेत्रमा मात्र बजेट पार्ने ? बुधबार, जेठ १, २०८२
हजुरबुबाहरुले काम चलाउन सक्दैन, डेट एक्सपायर भइसक्योः सांसद डाँगी
हजुरबुबाहरुले काम चलाउन सक्दैन, डेट एक्सपायर भइसक्योः सांसद डाँगी मंगलबार, वैशाख ३०, २०८२
गर्न नसक्ने काम र नगर्‍या काम लेख्ने नीति
गर्न नसक्ने काम र नगर्‍या काम लेख्ने नीति बिहीबार, वैशाख २५, २०८२
यी दुई युवा सांसदद्वारा गम्भिर ध्यानाकर्षण
यी दुई युवा सांसदद्वारा गम्भिर ध्यानाकर्षण बुधबार, वैशाख २४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, वैशाख २२, २०८२
मन्त्रीपरिषद्को बैठकको निर्णयहरु
मन्त्रीपरिषद्को बैठकको निर्णयहरु आइतबार, वैशाख २१, २०८२
माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड शनिबार, वैशाख २०, २०८२
कांग्रेस नेता कोइरालाले तरुणलाई जिम्मा लगाए
कांग्रेस नेता कोइरालाले तरुणलाई जिम्मा लगाए शनिबार, वैशाख २०, २०८२
नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्नेे प्रधानमन्त्रीको अठोट  
नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्नेे प्रधानमन्त्रीको अठोट   शनिबार, चैत २३, २०८१
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्