Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक : प्रधानमन्त्री दाहाल
सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक : प्रधानमन्त्री दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार १७, २०८०

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताएको छ।

कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोशीको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा उनले विगतका कमीकमजोरीको समीक्षा गर्दै फेरि नेकपातिरै फर्कनुपर्ने धारणा राखेको हो।

विश्वको कम्युनिष्ट आन्दोलन एकता, सङ्घर्ष विभाजनबाट गुज्रिँदै अगाडि बढेको उदाहरण दिँदै उनले यसअघिको एकताको असफलताबाट पाठ सिकेर कम्युनिष्ट एकता गर्न सबै लाग्नुपर्ने बताएका हुन् ।

“एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेकपा बनेपछि,आमजनतामा ठूलो उत्साह आयो, प्रतिक्रान्ति आतङ्कित भयो, तर दुर्भाग्य त्यो एकतालाई बचाउन सकेनौँ, यसप्रति म कसैलाई दोषारोपण गर्न चाहन्न । त्यतिबेला कहाँनिर हाम्रो विचार, राजनीति, आचरण, चिन्तन, संस्कृति, भावना कहाँनिर त्रुटि भयो, त्यसको गम्भीर समीक्षा गर्दै त्यसबाट शिक्षा लिएर एकताबद्ध भएर जानुपर्छ”, उनले भने।

उनले तत्कालीन समयमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो कम्युनिष्टसँग एकता गर्दै देशलाई आर्थिक समृद्धितर्फ, समाजवादतर्फ लैजान सकिन्छ भनेको स्मरण गरे । “कम्युनिष्ट एकता गरेपछि झण्डै दुई तिहाइ मत पनि प्राप्त भयो तर हामीले त्यसलाई जोगाउन सकेनौँ”, उनले भने ।

समाजवादी मोर्चा गठन वामपन्थी एकताको सुरुआत भएको बताउँदै उनले माधव नेपाल र आफूबीच फेरि नेकपातिर फर्केर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा समझदारी भएको समेत उनको भनाइ छ ।

“अहिले म, माधवकुमार नेपाल, विप्लब र उपेन्द्र यादव समेतले समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ”, उनले भने ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:२८
##pushpakamaldahal #prachanda
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ? आइतबार, पुस २७, २०८२
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने शुक्रबार, पुस २५, २०८२
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै शुक्रबार, पुस २५, २०८२
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर मंगलबार, पुस २२, २०८२
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्