Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
रासस
रासस सोमबार, असार २५, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताएको हो ।

प्रधानमन्त्री दाहालले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताए । “जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ”, उनले भने ।

मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्याउन पुष्पलाल श्रेष्ठले अनुसरण गरेको सिद्धान्त, विचार, नीति र देखाएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट रहेको बताए।

“सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्व, जनवादी क्रान्तिको विकास, कम्युनिष्ट आन्दोलनको एकता, कम्युनिष्ट मूल्यमान्यता र संस्कृति निर्माणका निम्ति विचार तथा व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय रहँदै आएको छ”, प्रधानमन्त्री दाहालले भने ।

पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उनीप्रति सच्चा सम्मान हुने उनले उल्लेख गरे। राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा रहेको बताए।

“नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मात्र नभएर उहाँ नेपालको लोकतान्त्रिक आन्दोलनको उच्च व्यक्तित्व हुनुहुन्थ्यो”, उनले भने। पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्ता फाल्न नसकिने निष्कर्ष निकालेको सुनाउँदै पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस र कम्युनिष्टले हातेमालो गरेपछि मात्रै निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको बताए। “पुष्पलाल दूरदर्शी नेता हुनुहुन्थ्यो”, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वका रुपमा रहेको र उनका सपना पूरा गर्न लाग्नुपर्ने बताए ।

“निरङ्कुश राजतन्त्रको अन्त्य, नौलो जनवाद स्थापना, समाजवादको स्थापना र नेपाली समाजको इतिहासको गहन अध्ययन गर्ने पुष्पलालका चार सपनामध्ये केही पूरा भएका छन्”, उनले भने, “समाजवादोन्मुख संविधान जारी गरेर समाजवाद स्थापनाको थालनी भएको छ, नेपाली समाजको अध्ययन गर्ने उनको सपना बाँकी नै छ, यसलाई हामीले पूरा गर्नुपर्छ।” 

पुष्पलालको सपनाका रुपमा रहेको नेपाललाई समाजवादमा पु¥याउने कार्यभार पूरा गर्न वर्तमान सरकारले काम थालनी गरेको मन्त्री किरातीको भनाइ थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले नेपालको राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान दिएका पुष्पलालको सम्मानमा पुरस्कारको व्यवस्था गरिएको बताए ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले राष्ट्रको विकास, समृद्धि र सम्वद्र्धनमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सरकारले सम्मान गर्दै आएको बताए। सम्मानित व्यक्तित्व कमलप्रसाद कोइरालाले सानो उमेरदेखि नै पुष्पलालसँग राजनीतिक सम्बन्ध रहेको स्मरण गरे।

सरकारले नेपालको इतिहास, प्रगतिशील साहित्य सिर्जना र सांस्कृति पक्ष तथा राजनीतिशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र विषयमा खोज, अनुसन्धान र लेखनमार्फत नेपाली समाजको परिवर्तनका निम्ति गरिएका योगदानको सम्मानस्वरुप प्रत्येक वर्ष तीन जनालाई पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:२३
##pushpakamaldahal #pushpalalshrestha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ?
जनकपुर वार्ता : सरकारको रणनीति कि राजनीतिक भूल ? आइतबार, साउन १७, २०८३
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ?
कांग्रेसको विवादः नेतृत्व संकट कि व्यक्ति केन्द्रित सोच ? आइतबार, साउन १७, २०८३
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ?
देश जलिरहँदा बोलेका बालेनको सन्देशः नेतृत्व कि लाचार स्वीकारोक्ति ? शुक्रबार, साउन १५, २०८३
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ?
कप्तानगन्जपछि उठेका प्रश्नः सरकारको संकट व्यवस्थापन असफल कि अपरिपक्व राजनीतिक ? बुधबार, साउन १३, २०८३
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता
कारागारमा बन्दीहरूको प्रजनन अधिकारमा कानुनी मान्यता सोमबार, साउन ११, २०८३
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
  • नंः २ राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हामीले सोचेभन्दा धेरै फरक छ मृत्युको यथार्थ
  • नंः ५ पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडको भब्य–सभ्य सम्मान
विचार
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’
 खाद्यान्नमा आत्मनिर्भर हुने प्रमुख बालीमा ‘कोदो’ विदुर कटुवाल
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी !
बालेन सरकारले तुरुन्तै एक्सन लिन जरुरी ! अनुषा थापा
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्