Top Navigation
Main Navigation
सोमबार, वैशाख ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, वैशाख ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट हाेइन
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट हाेइन
रासस
रासस आइतबार, साउन १४, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएको छ।

समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ । तस्करीविरुद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ । यो लडाइँ जित्नैपर्छ । यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।”

भ्रष्टाचारका अरु धेरै फाइल खुल्ने प्रधानमन्त्री दाहालले बताए । एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाईं नभएकाले त्यसमा जनताको साथ र समर्थन जरुरी रहेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले भन, “यसमा समाजवादी मोर्चाको समर्थन चाहिएको छ । हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ।” अहिलेका अभियान बेपत्ता, घाइते र अपाङ्गको सपना साकार गर्ने लडाईंका रुपमा उनले चित्रण गरे।

सङ्घीय शिक्षा विधेयक मङ्गलबार संसद्मा

प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा विधेयक आगामी मङ्गलबाार सदनमा पेस गरिने जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले सो विधेयक पारित गरेर सदनमा पेस गर्ने र शिक्षा क्षेत्रमा सुधारका लागि नयाँ मार्ग तय गरिने उनले उल्लेख गरे। सो विधेयकले शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याको समाधान गर्ने प्रधानमन्त्री दाहालको विश्वास छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालय शिक्षा आयोगका अध्यक्षलगायत अन्य विश्वविद्यालयमा खाली रहेका पदाधिकारीको पनि छिट्टै पदपूर्ति गरिने प्रधानमन्त्री दाहालले बताए।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको छ

प्रधानमन्त्री दाहालले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकारको समयमा तयार भएको सो प्रतिवेदन सार्वजनिक भएको छैन ।  तत्कालीन पार्टीको बहुमत सदस्य सार्वजनिक गरी कार्यान्वयन गर्न तयार भए पनि तत्कालीन प्रधानमन्त्री तयार नभएको उनले बताए ।

प्रधानमन्त्री दाहालले सो प्रतिवेदनको खोजी भइरहेको उल्लेख गरे । आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भए पनि नभेटिएको उनको भनाइ छ।

आफूले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि सो प्रतिवेदनबारे चासो राखेको बताउँँदै उनले (पोखरेल)ले एकप्रति पनि नराखी बुझाएको जानकारी दिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

शान्तिपूर्ण र सशस्त्र सङ्घर्षबाट ठूलो राजनीतिक परिवर्तन गरेको र शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य अधिकारजस्ता विषयलाई मौलिकरुपमा स्थापित गर्नुपर्छ भनेर संविधानमा लिपिबद्ध गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले संविधान प्रदत्त समाजवादलाई व्यावहारिकरुपमा कार्यान्वयनको सुरुआत गरिने बताए ।

शिक्षा क्षेत्रमा समाजवादको भ्रुण स्थापना गर्ने तयारीका साथ सरकारले केही महत्वपूर्ण काम अगाडि बढाउन लागेकोसमेत उनले जानकारी दिए। समाजवादी मोर्चा बनेपछि पनि अनेकन खालका भ्रम सिर्जना गर्ने र नेताहरुकाबीचमा फाटो पार्ने अनेकन कोशिस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ती सबै षड्यन्त्रलाई पराजित गरेर अगाडि बढ्न नेतृत्व पङ्क्ति तयार रहेको बताए।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:१४
##pushpakamaldahal #prachanda
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः २ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ४ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्