Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुरानै मन्त्रालय अन्तर्गत फर्काऔँ : नेता कोइराला
अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुरानै मन्त्रालय अन्तर्गत फर्काऔँ : नेता कोइराला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, साउन १८, २०८०

काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाएर पहिले भएकै मन्त्रालयअन्तर्गत राखिनुपर्ने बताएको छ ।

प्रजातान्त्रिक विचार समाजको नवनिर्वाचित समूहले डा कोइरालाको सम्पर्क कार्यालयमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनले पार्टीले पहिलेकै मन्त्रालयअन्तर्गत दुवै विभागलाई फर्काउने भनी निर्णय गरेकाले यसमा ढिलाइ गर्न नहुने बताएको हो।

प्रजातान्त्रिक प्रक्रियालाई अवरुद्ध नगर्न पनि यी दुई विभाग पहिलेको मन्त्रालयअन्तर्गत राखिनुपर्नेमा उनको जोड थिए। “पार्टीले दुवै विभागलाई सम्बन्धित मन्त्रालयअन्तर्गत नै फर्काउने निर्णय गरेको छ, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि यो निर्णय कार्यान्वयन भएन, अहिले पनि पार्टी सरकारमा भएकाले यो निर्णय कार्यान्वयन गर्न ढिलाइ गरिनुहुन्न”, नेता कोइरालाले भने।

ललिता निवास प्रकरणमा टिप्पणी उठाउने अधिकृत जेल जाने तर निर्णय गर्नेहरू बाहिरै हुँदा भ्रष्टाचार प्रकरणमा छानबिन र दोषीलाई कारबाही हुन्छ भन्ने जनताले विश्वास गर्न नसकेको उनको भनाइ थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई ओझेलमा पार्न ललिता निवास प्रकरण र यसलाई पनि ओझेलमा पार्न सुन प्रकरण सतहमा आएको भनाइ नेता कोइरालाले राखे ।

“यस्ता विषय चर्चामा आउँदा मुख्य तीन दलका प्रमुख नेताको नियमित बैठक हुने गरेको छ, किन प्रमुख दलका मुख्य नेता भेटेको भनी जनताले जानकारी पाउँदैनन्, संसद् नचल्दा दैनिक देशलाई घाटा लागिरहेको छ, शीर्ष नेतृत्व यसप्रति संवेदशील देखिएको छैन, सङ्घीयताप्रति मुख्य दलको स्वामित्व कति छ भन्ने बुझ्न सकिएन”, उनले भने ।

कोशी प्रदेशमा चलिरहेको पहिचानको लडाइँप्रति सङ्केत गर्दै नेता कोइरालाले त्यसमा अलिकति चुके ठूलो क्षति हुने भएकाले सतर्क हुन आह्वान गर्दै उनले कोशी प्रदेशमा पहिचानको लडाइँको प्रभाव बागमती, गण्डकी र लुम्बिनीमा पनि पर्न सक्ने भएकाले संवेदनशील हुनुपर्नेमा जोड दिए। यस्ता विषयमा प्रजातान्त्रिक विचार समाजले अध्ययन, अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो।

शिक्षामा विभिन्न विकृति आएको, भ्रष्टाचार र दण्डहीनता बढेको, नेपाली उद्योगी व्यवसायीले भारतले तिरेभन्दा दोब्बर पैसामा ऊर्जा माग गर्दा पनि नपाएकाजस्ता विकृतिका विषयमा विचार समाजले काम गर्नुपर्ने नेता कोइरालाको विचार थियो।

सत्ता गठबन्धनमा रहेका अन्य दलले समाजवादी मोर्चा बनाएर कांग्रेसलाई कमजोर बनाउन खोजेकामा उनले आपत्ति जनाए। समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले भ्रष्टाचार बढिरहेकाले निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

संसदीय प्रक्रियालाई रोकेर भ्रष्टाचारका घटनामा केही नहुने उल्लेख गर्दै उनले प्रजातान्त्रिक प्रक्रियाबाटै यी समस्याको समाधान गरिनुपर्ने बताए।

समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले संस्थालाई प्रजातन्त्रका लागि सत्य, तथ्य बोल्ने संस्थाका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिँदै प्रजातन्त्रमा विश्वास गर्नेले आलोचना सहन सक्ने क्षमताको विकास गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा समाजका उपाध्यक्ष रामनारायण देव, अनारसिंह बस्नेतलगायतले प्रजातान्त्रिक मूल्य, मान्यतालाई संस्थागत गर्ने काममा संस्थाले काम गरिरहेको जानकारी दिए ।

विसं २०५२ मा प्राध्यापक वासुदेवचन्द्र मल्लको नेतृत्वमा समाजको स्थापना भएको हो । हाल समाजको सात प्रदेश र ७१ जिल्लामा शाखा गठन भएको छ। देशमा प्रजातन्त्रलाई संस्थागतरूपमा विकास गरिनुपर्ने पैरवी समाजले स्थापनाकालदेखि गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २१:०९
##shekharkoirala #congress #nepalicongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ? आइतबार, पुस २७, २०८२
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने शुक्रबार, पुस २५, २०८२
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै शुक्रबार, पुस २५, २०८२
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर मंगलबार, पुस २२, २०८२
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्