Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललितपुर महानगरपालिकामा व्यक्तिगत सहयोगी सेवा कार्यविधी पेश
ललितपुर महानगरपालिकामा व्यक्तिगत सहयोगी सेवा कार्यविधी पेश
श्याम स्मृत
श्याम स्मृत बिहीबार, साउन २५, २०८०

ललितपुर । अपाङ मानव अधिकारको अग्रणी संस्था स्वावलम्बन जीवनपद्धती केन्द्र ललितपुरले  व्यक्तिगत सहयोगी सेवा कार्यविधी पेश गरेको छ। ललितपुर महानगरपालिकामा स्वावलम्बन जीवनपद्धती केन्द्र ललितपुरले व्यक्तिगत सहयोगी सेवा कार्यविधी २०८० पेश गरेको हो।  

स्वावलम्बन जीवनपद्धती केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले  विहीवार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन तथा प्रमुख प्रशासकिय प्रमुख बिरेन्द्र भारती समक्ष ब्यक्तिगत सहयोगी सेवा कार्यबिधी २०८० को ड्राफ्ट तयार गरि  पेश गरिएको छ। पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिको  जीवन स्तरमा सहयोग पुर्‍याउन अत्याबस्यक रुपमा रहेको ब्यक्तिगत सहयोगी सेवा कार्यबिधी २०८० ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले विभिन्न चरणमा छलफल,अन्तरकृया गरि कानून शाखा र महिला बिकास शाखाको समेत सहयोगमा तयार गरिएको उक्त कार्यबिधी आगामी  कार्यपालिकाको बैठकमा एजेण्डाको रुपमा पेश गर्न महानगर मेयर चिरिबाबु महर्जनले प्रमुख प्रशासकिय प्रमुखलाई निर्देशन दिएका थिए। उक्त भेटमा ललितपुर महानगरपालिका भित्र स्वावलम्बन जीवनपद्धती केन्द्र ललितपुरले आर्थिक बर्ष २०७९–०८० मा भए गरेका विभिन्न क्रियाकलापहरूबारे जानकारी गराउने कार्य भएको थियो।

अपाङ्गता भएका व्यक्तिहरूको घरभेट कार्यक्रम अन्तरगत अपाङ्गता भएका व्यक्ति, अभिभावक, छरछिमेकसँग भएको भेटघाट,देखिएको समस्या पहिचान र समाधानका लागि आवश्यक कार्यहरूको बारेमा पनि अवगत गराइयो । त्यसैगरी, दिवासेवा कार्यक्रमबाट लाभान्वित अपाङ्गता भएका ब्यक्तिहरु,अबिभावकले दिवासेवा कार्यक्रमले अपाङ्गता भएका ब्यक्तिहरु एकै ठाउँ बस्नु परिरहेको अवस्थामा बाहिर समाजमा हेलमेल गर्न,मनोरञ्जन तथा सार्बजनिक कार्यक्रममा सहभागी हुने अवसर मिलेको पनि जानकारी दिने कार्य भएको थियो।

भौतिक पहुँच परिक्षण तथा वडा वडामा पुगी भए गरेका छलफलको पनि जानकारी गराइयो । भैतिक पहुँच परिक्षण गर्दा देखिएको कमी कमजोरीलाई इन्जिनियर लब कार्कीले सबिस्तार गरेका थिए । यसका अतिरिक्त इन्जिनियर लब कार्कीलाइ भौतिक संरचना अबलोकन गर्दा सुधार गर्नुपर्ने संरचना सुधार गर्न र कोरीयाको भ्रमण गर्दा त्यहाँको संरचनाको अध्ययन गरी सोहि अनुसार यस महानगरपालिकामा पनि डिजानइ गरी कार्यान्वयन गर्न पनि मेयर महर्जनले निर्देशन दिएका थिए । 

Bhoj Raj News 11691686472.jpg

मेयर महर्जनले चक्रपथस्थित एकान्तकुनामा निर्माण हुन लागेको आकाशे पुलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिफ्ट जडान गरी  अपाङ्गता मैत्री बनाउन स्वीकृत गराएको, पाटन दरबार स्क्वायर, सुन्दरी चोक लगायतका ऐतिहासिक तथा पुरातात्विक महत्वका पर्यटकिय स्थलहरुमा अवलोकनका लागि अपाङ्गता मैत्री संरचना निर्माण गर्ने र अन्तर्राष्ट्रिय अपांगता दिवसका दिन हजारौं अपाङ्गता भएका नागरिकहरुलाई अबलोकन भ्रमण गराउने योजना रहेको बताए। बिश्वका मानिसहरु आएर अबलोकन गर्ने ठाउँहरुमा हाम्रै अपाङ्गता भएका दाजुभाइ तथा दिदिबहिनीहरुले हेर्न नपाउनु दुःख लाग्दो अवस्थालाइ सुखद बनाउने कुरामा पनि मेयर महर्जनले जोड दिए।

अब महानगर भित्र निर्माणधिन ११ वटा शौचालयहरू अपाङ्गता मैत्री बन्ने कुरा पनि अवगत गराउने कार्य मेयर महर्जनवाट भएको थियो । सो भेटघाटमा वडा नंबर १३ का वडाध्यक्ष गणेश केसीको पनि उपस्थिती थियो। उक्त टोलीमा स्वावलम्बन जीवनपद्धती केन्द्र ललितपुर अध्यक्ष भोजराज श्रेष्ठ, कृष्णराज चौधरी, दिनेश कुमार खड्का, गीता तुम्बाहाम्फे, लक्ष्मी कुँवर, प्रकृति भट्टराइ, सौजन्य पराजुली, पार्वती गौतम, दिलशोभा लिम्बु, बाबुकाजी महर्जन लगायत महानगरपालिका मेयर सचिवालययका इन्द्र बज्राचार्य,बिपि कोइरालाको समेत उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्