Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सिंहदरबारमा हेलो सरकार ! सेवा शुभारम्भ, २४सै घण्टा सञ्चालनमा 
सिंहदरबारमा हेलो सरकार ! सेवा शुभारम्भ, २४सै घण्टा सञ्चालनमा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ १७, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेको हो । 

समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी थिए।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेलको नेटवर्क बाटसमेत गुनासो राख्न सकिनेछ।

गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ। हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन पनि हुनेछ।

गुनासोहरू सम्बोधनका निम्ति ‘र्यापिड रेस्पोन्स टिम’समेत गठन गरी कायाएन्वयनमा ल्याइएको मुख्यसचिव डा वैकुण्ठ अर्यालले जानकारी दिए। उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिइ समाधान गर्न निर्देशन दिएको छ। उनले जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए।

“जनताको गुनासो सुनिएन भन्ने मत पनि छ। यसलाई तीन सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु। मैले हेलो सरकारको निरीक्षण गरेँ। कार्यकक्ष हेरे । त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु”, प्रधानमन्त्रीले भने ।

“सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरू भएको हेलो सरकारलाई आजदेखि २४सै घण्टा सञ्चालन गरिँदैछ । सरकार र जनताबीचका सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा बिस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु”, प्रधानमन्त्री प्रचण्डले भने।

सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।

राज्यमा सुशासनको प्रवद्र्धनका लागि सार्वजनिक निकायबीच अन्तरक्रियात्मक प्लेटफर्मका लागि प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वका लोकतान्त्रिक मुलुकका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवद्र्धन गरी नागरिकको विश्वास आर्जन गरेको बताए।

आधुनिक राज्यमा खुला सरकारको अवधारणाअनुरूप सार्वजनिक निकायप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छ भन्ने सैद्धान्तिक मान्यताका आधारमा नै नेपालका सन्दर्भमा हेलो सरकारको अवधारणा विकास गरी सुरु गरिएको प्रधानमन्त्री प्रचण्डले स्मरण गरे।

“वर्तमान राज्यप्रणालीप्रति नागरिकको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आमजनताको निराशा र असन्तुष्टि चुलिँदै जानसक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवद्र्धनको कडीका रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारका विषयमा दिशानिर्देश गरेको थिएँ। यसैगरी संसद्मा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छु”, प्रधानमन्त्री प्रचण्डले भने ।

हेलो सरकार सञ्चालनका लागि विश्वविद्यालयसँग सम्झौता गरी इन्टर्नमा विद्यार्थी लिनसक्ने व्यवस्थासमेत गरिएको छ । नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको छ ।

हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ। यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीका रूपमा विकास गर्ने तयारी गरिएको जनाइएको छ।

“सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो । जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जेजति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरे पनि यसले केही अर्थ राख्दैन”, प्रधानमन्त्रीले भने, “त्यसैले म सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनका विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशित गर्दछु । हाम्रा लागि साना तथा महत्वपूर्ण नलाग्न सक्ने गुनासो आमनागरिकका दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने गर्दछन् ।”

जनताका गुनासो तथा जिज्ञासालाई बास्केटमा राखेर कार्यालयमा स्टोरमात्र गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबै संयन्त्रलाई उत्तरदायित्व बोधले तिखार्न र कार्यसम्पादन गर्नसकेमा मात्र सरकारप्रति जनविश्वास आर्जन गर्न सकिने बताए ।

हेलो सरकारसँग प्रत्यक्ष आबद्ध भई सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा कुनै पनि समयमा राख्न र नीति निर्माणका विषयमा रचनात्मक सुझाव तथा सूचना उपलब्ध गराउन तथा सञ्जाल सदस्य बन्न र अन्तरक्रिया गर्न आमजनसमुदायमा प्रधानमन्त्रीले विशेष अनुरोध गरे।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ? आइतबार, पुस २७, २०८२
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने शुक्रबार, पुस २५, २०८२
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै शुक्रबार, पुस २५, २०८२
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर मंगलबार, पुस २२, २०८२
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्