Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ २७, २०८०
Api Himal

काठमाडौ । मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन्। साधारणत केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन्।

क्यान्सर, क्षयरोग, एचआइभी एड्स, मस्तिष्कघात, हृदयघात, कोभिड, डेङ्गुजस्ता रोगहरुबाट मानिसको ज्यानै पनि जान सक्छ । कतिपय रोगहरुका बारेमा आम मानिसहरु अनभिज्ञ छन् । 

‘सेप्सिस’ एउटा यस्तो रोग हो, जसका बारेमा धेरैलाई थाहै नभएकाले यसलाई ‘रहस्यमय रोग’ पनि भन्ने गरिन्छ। आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ।

पछिल्लो समय विकसित राष्ट्रसहित मध्यम र कम आय भएका मुलुकमा समेत भयावह र तीव्र गतिमा सेप्सिस रोग फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर अर्बौं मानिस यस रोगको सिकार भएका छन् भने करोडौँको मृत्यु भएको छ।

Nepal Oil Corporation

कुनै पनि भाइरल वा फङ्गलका सङ्क्रमणका कारण शरीरमा देखिने असामान्य प्रतिक्रिया नै सेप्सिस हो । मानिसको शरीरमा कुनै पनि रोगविरुद्ध दिइने एन्टिबायोटिकका कारण हुने सङ्क्रमण वा एलर्जीलाई सेप्सिस भनिन्छ ।

सेप्सिस कुनै रोग नभई रोगहरुको एकीकृत समूह हो। कडा, जटिल रोगको सङ्क्रमणले मात्र नभई साधारण सानो मानिने वा देखिने रोगको सङ्क्रमणबाट समेत सेप्सिस हुनसक्छ । यदि चिकित्सकले बिरामीको मृत्युका कारण सङ्क्रमण फैलिएर भएको जवाफ दिए बुझ्नुस् तपाइँको बिरामी सेप्सिसको सिकार भएको छ भनेर ।

साधारण अर्थमा सेप्सिस भनेको हाम्रो शरीरको कुनै अङ्गमा कुनै रोगको सङ्क्रमण भयो र त्यो सङ्क्रमणले शरीरका अन्य महत्वपूर्ण अङ्गमा असर पु¥याउने प्रक्रिया हो। यसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ । सेप्सिसलाई लाइफ थ्रेटनिङ अर्गान डिस्फक्सन पनि भनिन्छ।

सङ्क्रमण हुँदैमा सेप्सिस भई हाल्दैन। तर, सही समयमै उपचार हुन सकेन र सङ्क्रमणले शरीरका अन्य अङ्गको कार्यलाई बाधा गर्ने थाल्यो भने सेप्सिस भएको भनी बुझ्नुपर्दछ । सेप्सिस सङ्क्रमणपछि आफ्नो शरीरको कार्यले आफ्नै शरीरका अन्य तन्तु र अङ्गहरुलाई चोट पु¥याउँछ। जिएसएको तथ्याङ्कअनुसार विश्वभर प्रत्येक २।८ सेकेन्डमा एकजनाको सेप्सिसका कारण मृत्यु हुने गरेको छ। अर्थात् विश्वभर पाँचमध्ये एक जनाको मृत्यु सेप्सिसबाट हुने गरेको  ।

यसैगरी विश्वभरिमा सेप्सिसबाट बर्सेनि एक करोड १० लाख मानिसको मृत्यु हुने र ४ करोड ९० लाख मानिस सेप्सिसबाट सङ्क्रमित र ४ करोड ७० लाखदेखि ५ करोड मानिस सेप्सिसबाट प्रभावित हुन्छन् ।

करिब ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिका सेप्सिसबाट सङ्क्रमित हुने तथ्याङ्क छ । विश्वभर हुने मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारण भएको विश्व स्वास्थ्य सङ्गठनले पनि जनाएको छ ।

नेपालमा हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको एनसिसिडिएफले जनाएको छ। मानिसको शरीरमा रोग विरुद्व लड्ने तत्वहरुले गर्ने कार्य अस्वाभाविक रुपमा बढ्छ र त्यसको असरले रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) कम हुँदै जाने अवस्थालाई सेप्सिसको पहिलो चरण वा ‘सेप्सिस’ भनिन्छ। यो अवस्थामा मानिसको फोक्सो, कलेजो र मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अङ्गमा असर गर्दछ।

अर्को चरण भनेको इमर्जेन्सी स्थिति अर्थात् थर्ड स्टेज जसलाई ‘सेप्टिक सक’ भनिन्छ । यसमा सङ्क्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अङ्गलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई बिरामीको मृत्युसम्म हुन्छ। सेप्टिक सकको अवस्थामा बिरामीको मृत्युदर ३० देखि ५० प्रतिशतसम्म हुन्छ ।

सेप्सिसका लक्षणहरु

सेप्सिसको लक्षणलाई पहिचान गरेर समयमै उपचार नगर्दा हामीले कल्पना गरेकोभन्दा भयावहको रुप लिन सक्छ । ब्याक्ट्रेरिया, रगतमा प्लेटलेट्स कम हुनु, पिसाबको मात्रा कम हुनु, श्वासप्रश्वासमा गाह्रो हुनु, मुटुको चालको काम गर्ने क्षमतामा कमी हुनु, छिटोछिटो श्वास फेर्नु, अर्धचेत हुनु, सोच्ने क्षमतामा परिवर्तन आउनु, चिसो लाग्नेजस्ता लक्षण देखिएमा सेप्सिस हुन सक्छ।

यस्तो रोगको सङ्क्रमण भएका बिरामीमा ज्वरो आउने, छट्पटी हुनु वा बेचैनी हुने, श्वासप्रश्वासमा समस्या हुने, न्यून रक्तचाप वा मुटुको धड्कन छिटो बढ्नु ९हाइपोटेन्सन०, छालाबाट अत्यधिक पसिना आउने, चक्कर वा रिङ्गटा लाग्नेजस्ता लक्षणहरु पनि देखा पर्न सक्छ।

शरीरमा यस्ता कुनै लक्षणहरु देखा परेमा तुरुन्तै चिकित्सकको सम्पर्कमा पुग्नु पर्दछ । प्सिसविरुद्ध जति चाँडो उपचार सुरु हुन्छ, निको हुने सम्भावना त्यति नै बढी हुन्छ ।

यी सेप्सिसका सामान्य लक्षणहरू देखेपछि हेलचेक्र्याइँ नगरी समयमै उपचार गर्नुपर्दछ । यदि गरिएन भने यसले ‘सेप्टिक सक’को रुप लिन्छ र शरीरमा सङ्क्रमण फैलिएर बिरामीको ज्यानै जान सक्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा सेप्सिसका कारण उनीहरुलाई खाना खुवाउन र पिसाब फेर्न गाह्रो हुने गर्दछ भने उनीहरुले बारम्बार बान्ता गर्ने गर्दछन् । बालबालिकाहरुमा सेप्सिस हुँदा छिटो छिटो श्वास फेर्नु, शरीरको अनियमित गति हुनु, छाला पहेँलो हुनु, शरीरको शक्ति कम हुनु, स्पर्श गर्दा चिसो महसुुस हुने गर्दछ।

शरीरमा सङ्क्रमण भई ज्यान नै जोखिममा पार्ने घातक सेप्सिसबारे समयमै सचेत हुनुपर्दछ । जुनसुकै उमेर, समूह र लिङ्गका मानिसलाई सेप्सिस हुनसक्छ। विशेषगरी रोग प्रतिरोधक क्षमता कम भएका, मधुमेही, क्यान्सर, अङ्ग प्रत्यारोपण भएका बिरामी, सघन उपचार कक्ष आइसियुका बिरामी, एचआइभी एड्सलागायत दीर्घ रोगका बिरामी, बुढाबुढी एवं बालबालिका उच्च जोखिममा पर्दछन्। गम्भीर घाइते भएका मानिस, वृद्ध र बालबालिका, गर्भवती र सुत्केरी, कलेजो, मिर्गौला रोगबाट पीडित बिरामीमा सेप्सिसको जोखिम बढी हुन्छ ।

सेप्सिससँग सम्बन्धित रोगहरूमा श्वासप्रश्वासको सक्रमण समावेश हुन्छ । निमोनिया वा फोक्सोको सङ्क्रमण, पेटको सङ्क्रमण, मृगौलाको सङ्क्रमण, रगतको सङ्क्रमण र घाउ चोट वा जलेको ठाउँबाट सङ्क्रमण फैलिन्छ।

यदि कसैलाई सेप्सिसका लक्षणहरू देखिएमा चिकित्सकबाट रोगको निदान गर्न र यसको गम्भीरता पत्ता लगाउन विभिन्न परीक्षण गराउनु पर्दछ। रगत, पिसाब, खकार, घाउ, छातीको एक्सरे, सिटीस्क्यान, अल्ट्रासाउन्ड आवश्यक भएमा एमआरआईसमेत गर्नुपर्ने हुन्छ।

सेप्सिस पहिचान भएको बिरामीले एक घन्टाभित्र उपचार पाएमा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी गर्न सकिने चिकित्सकको भनाइ छ।

सेप्सिसबाट बच्ने उपाय

भनिन्छ नि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । केही सामान्य कुरामा ध्यान दिनसके सेप्सिसबाट बच्न सकिन्छ। यसका लागि आफ्नो जीवनशैलीमा परिवर्तन भने गर्नु पर्दछ ।

–प्रशस्त मात्रामा फलफूल, सागसब्जी, पोषणयुक्त अन्न, फ्याट कम भएका डेरी उत्पादनहरू र प्रोटिनयुक्त सन्तुलित आहार खाने,

–चिकित्सकले निर्देशन दिएअनुसार पे्रस्क्रिप्सनमा उल्लेखित औषधिहरू मात्र खाने,
–चिकित्सकले एन्टिबायोटिक, एन्टिभाइरल वा एन्टिफङ्गल औषधि सिफारिस गरेको छ भने चिकित्सकको निर्देशनहरू सावधानीपूर्वक पालना गर्ने यदि निको भएको महसुस भएमा पनि औषधि बीचैमा खान नछोड्ने । औषधिको पूरै डोज सेवन गर्ने ,

–प्रत्येक वर्ष फ्लू र इन्फ्लुएन्जाका खोप लगाउने, 

–साबुन र पानीले बारम्बार हात धुने । यदि साबुन र पानी उपलब्ध छैन भने सेनिटाइजर 
प्रयोग गर्ने। बिरामीलाई छुनुअघि र पछि सङ्क्रमित कुराहरु छोएपछि अनिर्वाय हात धुने, 

–घाउ र चोटपटकलाई सफा राख्ने र यो पूर्ण रूपमा निको नभएसम्म छोप्ने, 

–सङ्क्रमित व्यक्तिहरुबाट टाढै रहने,
–धुम्रपान र मद्यपान सेवन नगर्ने,
–सङ्क्रमण भएको शङ्का लागेमा नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य सल्लाह लिने, 
–सेप्सिसबारे जनचेतना फैलाउने।

सेप्सिसको रोकथामका लागि सरसफाइ पहिलो सर्त हो भने दोस्रो सर्त जनचेतना । सेप्सिस सङ्क्रमण जति फैलिँदै गयो, त्यति जटिल बन्दै जाने रोग हो। अतः हाम्रो हरेक प्रयास सेप्सिसविरुद्ध लड्न, रोकथाम गर्न र प्रत्येक वर्ष करोडौँको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्दछ। सर्तक रहौँ, सेप्सिसबाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ ।

आज विश्व सेप्सिस दिवस

आज सेप्टेम्बर १३ अर्थात् ‘विश्व सेप्सिस दिवस’। सेप्सिसबारे जनचेतना फैलाउने मूल उद्देश्यका साथ ग्लोबल सेप्सिस एलायन्स (जीएसए) ले सन् २०१२ देखि विश्वभर सेप्टेम्बर १३ लाई विश्व सेप्सिस दिवसका रुपमा मनाउने गरेको छ ।

नेपालमा पनि सन् २०१२ देखि नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन (एनसिसिडिएफ), क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिएनएएन) र नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससिसिएम) ले यस दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व सेप्सिस दिवस मनाउने गरेका छन्।

विगत झैँ यस वर्ष ‘सेप्सिसलाई रोकौँ, जानौँ, उपचार गरौँ र निस्तेज पारौँ’ भन्ने सन्देशका साथ विश्व सेप्सिस दिवस नेपालमा पनि मनाइएको छ। सो अवसरमा सेप्सिस वाक र आइसियू सेप्सिस क्विजजस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:०८
##prabhagautam
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्