Top Navigation
Main Navigation
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संविधान मास्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल
संविधान मास्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल समाजवादी जागरण अभियानको १२ औं दिन कैलाली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २५, २०८०

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएको छ।

समाजवादी जागरण अभियान अन्तर्गत आज १२ औं दिन सुदूरपश्चिमको टीकापुरमाआयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले त्यस्तो संकेत गरेको बताएको हो।

अध्यक्ष नेपालले भने, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोशिस भइरहेको छ । त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ।’ उनले जनताको बीचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए। 

‘यस्तो कुरामा सरकार सचेत रहोस् ।’ संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए।

Nepal Oil Corporation

देशको सिमानाका बारेमा संयमित भएर बोल्नु पर्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै उनले भने, ‘एक अर्को देशको राष्ट्रियता, अखण्डता र स्वाधीनताको सम्मान हुने गरी अभिव्यक्ति दिनुहोस्।’

नेपालको संसदमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको स्मरण गर्दै अध्यक्ष नेपालले भने, ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसदमा बोल्नु भयो, नेपाली जनताको मन जित्नु भयो, अब सिमानाका बिषयमा पनि स्पष्ट हुनुहोस्।’

एक अर्को प्रसंगमा अध्यक्ष नेपालले यूवाहरुमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताउँदै एकीकृत समाजवादीले युवाहरुलाई समेट्दै अगाडि बढीरहेको र जागरण अभियानका क्रममा हजारौ युवाहरुलाई समेटेको बताए। उनले भने, ‘युवाहरु निराश नहुनुहोस्, हामी छौं, जनताको माझमा जाँदा सकारात्मक प्रभाव पाएका छौँ, युवाहरुको आकर्षण बढेको छ,अब निराश हुनु पर्दैन।’

समाजवादी जागरण अभियानका क्रममा २६ असोज, शुक्रबारका दिन कैलाली जिल्लाका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ ।

उक्त अभियान २७ असोज, शनिबार कञ्चनपुर जिल्लाको पुनर्वास, झलारी हुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ। अभियान २८ असोज, आइतबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रम सहित समापन हुने भएको छ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:२१
##madhavkumarnepal #cpnus #nepal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक बिहीबार, साउन ३०, २०८२
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ?
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ? बुधबार, साउन २९, २०८२
सभापति खतिवडाकाे राजीनामा
सभापति खतिवडाकाे राजीनामा मंगलबार, साउन २८, २०८२
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे मंगलबार, साउन २८, २०८२
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला आइतबार, साउन २६, २०८२
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ मंगलबार, साउन २१, २०८२
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ?
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ? सोमबार, साउन २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्