Top Navigation
Main Navigation
सोमबार, फागुन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, फागुन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • फेरि जन्मिए भैरव अर्याल 
फेरि जन्मिए भैरव अर्याल 
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, कात्तिक ४, २०८०

–प्रज्वल घिमिरे                                                                                                    
    सानै उमेरदेखि अत्यन्त मिलनसार र बौद्धिक बहसहरु सुन्न र आवश्यकता परे आफ्नो विचारहरु व्यक्त गर्न पछि नपर्ने उमेश रेग्मीसँग म सानैदेखि परिचित थिए । उनको र मेरो बिच टाढाको नाता पनि थियो । काठमाडौंको रैथाने बासिन्दा उमेशको घर कालधारामा म आफ्नो विद्यालय छुट्टी हुँदा पुगी रहन्थेँ । उमेशको ठूलीआमा मेरो आमाको बैनी भएकोले उमेशसँग मेरो सानै उमेरदेखि  संगत  गर्ने मौका जुरेको थियो ।
     काठमाडौंको लैनचौरको शान्ति विद्यागृहबाट एसएलसी उत्तीर्ण गरेका उमेश सानैदेखि पढाइमा जेहेन्दार विद्यार्थीका रुपमा चिनिन्थे । उनका आफन्तहरुमा र विद्यालयमा पनि सायद त्यसैले होला उनको प्रशंसकहरु धेरै थिए । तार्किक क्षमता र उच्च बौद्धिक क्षमता उनमा कलिलै उमेरदेखि भेटिन्थ्यो विज्ञान विषय लिएर उच्च शिक्षाको अध्ययन गरेका उमेशको साहित्यमा कलम चलेको देखेर आश्चर्यमा म  त्यो दिन परे जुन दिन मैले उनको देखाउने प्रतियोगिता भन्ने निबन्ध पढेँ ।
    उमेश तार्किक तृष्ण मस्तिष्कको र बौद्धिक भएता पनि मलाई उनको साहित्यिक लेख रचनाहरूमा प्रखर रूपले कलम चल्ला भन्ने चाहिँ पटक्कै लागेको थिएन तर हरेक मानिसको क्षमता र प्रतिभा कुन बेला कसरी प्रस्फुटित हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुने रहेछ । उमेशको हकमा मलाई त्यस्तै भयो ।
     सुरुमा मैले उनको हाँस्यव्यंग निबन्धहरु पढ्दा मेरो मन अत्यन्त आनन्दित भयो । सायद नेपाली हाँस्यव्यंग कृतिहरु पढ्ने क्रममा धेरैपछि मलाई  उमेशले भैरव अर्यालको पुनरावृत्ति भएको महसुस गराए । लेखनशैली बिचारको गहनता र प्रस्तुतीकरण सारैनि उच्चकोटीको देखियो उमेशको निबन्धहरुमा जुन भैरव अर्यालको निबन्धहरुमा पनि भेटिन्थ्यो । उच्च साहित्यिक रचनाहरूले रसको अनुभूति गराउँदा सामाजिक संरचना मानवीय स्वभाव मनोविज्ञानको पर्यायका रुपमा आफ्नो भूमिका निर्वाह गरी पाठकहरुलाई हर्षित र आनन्दित तुल््याउने काम गर्दछ।
    संसारको कुनै पनि समाजको आन्तरिक परिस्थिति र त्यहाँका मानिसहरूको स्वभावको अध्ययन गर्न साहित्यले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साहित्य भनेकै समाजको अर्को रूप हो जसको अध्ययनबाट व्यवहारतः न भोगेर नै धेरै ठूलो अनुभव हासिल गर्न सकिन्छ्र ।
    भैरव अर्यालको चर्चित निबन्ध सङ्ग्रह जय भुँडी अध्ययन गर्ने सबै पाठकहरुले तत्कालीन नेपालको राजनीति सामाजिक परिवेश र मानवीय स्वभावलाई बुझ्न सजिलै सक्छन् । किनकि साहित्य भनेकै समाजको अर्को नाम हो लेखकहरुको सुक्ष्म र गहन विश्लेषणले जहिलेपनि पाठकहरुलाई सत्यको नजिक   पुर्याइदिन्छ, जसरी दैव भनेको सत्यको अर्को रुप भनेर बुझिन्छ त्यसरी ने सर्जकहरु अन्य मानिसहरूको तुलनामा सबैलाई धेरै प्रतिशत सत्यको जानकारी दिन सक्षम हुन्छन् ।
     दैवीय गुण र क्षमता सर्जकहरुमा धेरै भेटिन्छ्र भैरव अर्याल त्यसै नेपाली समाजमा लोकप्रिय हाँस्यव्यंग लेखक भएका होइनन् । उनका रचनाहरू ज्यादै बौद्धिक उच्चकोटिको गहन र शाश्वत सत्य सोचबाट मुखरित भएका कारणले उनको तुलनामा आजसम्म नेपालमा क्षमतावान् हाँस्यव्यंग लेखक कोही पनि भेटिएका छैनन् । तर नेपाली हाँस्यव्यंग लेखन क्षेत्रमा हाल लण्डनमा बसोबास गर्दै आएका उमेश रेग्मी भैरव अर्यालकै जस्तै प्रतिभा लिएर नेपाली साहित्य आकाशमा देखापरेका छन् । उनका उखान–टुक्का देखाउने प्रतियोगिता लहै लहै स्वादे जिब्रो हराएको देश कति कुर्नु नामको खेल मेरो टाउको जस्ता सबैले रुचाएका निबन्धहरूको चर्चा नेपाली हास्यव्यंग्य क्षेत्रमा व्यापकरुपमा हुन थालेको छ ।
    नाताले भैरव अर्यालको आफ्नै भान्जा पर्ने उमेश आफ्नो लेखनी क्षमताका कारण भैरव अर्यालको पुनर्जन्म पाएर आएको जस्तो देखिन्छन् । यदि भैरव अर्यालको देहावसान नभएको भए अहिले उमेशले लेखेकै जस्तो विषय सन्दर्भ र परिस्थितिहरु उनले आफ्नो रचनाहरूमा समावेश गराउँथे भनेर भन्न सामाजिक राजनीति क मनोवैज्ञानिक दार्शनिक र बौद्धिक चिन्तनबाट सृजित उमेशका हास्यव्यंग निबन्धहरुबाट सजिलै सकिन्छ ।
    तर आफ्नो परिचय आफ्नै नामबाट हुनुपर्छ भन्ने स्वाभिमानी सोचलाई आफ्नो हृदयमा राखेर निबन्ध कविता र कथाहरूको सिर्जना गरी दिनदिनै  लोकप्रिय बनिरहेका उमेशलाई आफ्नो मौलिक रचनाहरुका कारण आफूले श्रद्धा  र सम्मान गरेको आफ्नै सहोदर मामा भैरव अर्यालको नामबाट  चिनाउन पटक्कै मन छैन । यद्धपि धेरैजसो साहित्यानुरागी र समालोचकहरू भने उमेश रेग्मीको लेखाई भैरव अर्याल कै जस्तो उच्च बौद्धिक र दार्शनिक चिन्तनबाट अभिप्रेरित रहेको कुरामा  विमति  जनाउँदैनन् । 

नामी साप्ताहिकवाट साभार
 

Page No.7-Umesh Aryal 21697865509.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप समाज
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ शनिबार, फागुन २, २०८२
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो शनिबार, फागुन २, २०८२
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने बिहीबार, माघ ३०, २०८२
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र बिहीबार, माघ ३०, २०८२
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र बिहीबार, माघ ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
  • नंः ३ सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्