Top Navigation
  • Contact
Main Navigation
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, साउन २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चितवनमा केरा खेती मासेर सयपत्री फूल खेती
चितवनमा केरा खेती मासेर सयपत्री फूल खेती
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक २८, २०८०
Flower Cultivation

नारायणगढ, चितवन । चितवनको कालिका नगरपालिका-१ लंकालाइनमा प्राङ्गारीक कृषक महेन्द्र प्रसाद पौडेल र चेकमान वाइवाले संयुक्त रुपमा यस वर्ष केरा खेती गरिँदै आएको जग्गामा केरा खेती मासेर तीन बिगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री फूल लगाएको छ।

उनीहरुले बिगतका वर्षहरुमा करोडौको फूलहरु विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यहाँ फूलखेती गरेको हो ।

कालिका नगरपालिका-५ का स्थानीय बासीन्दा महेन्द्र प्रसाद पौडेल एक प्राङ्गारीक कृषिको अभियन्ता समेत हुन्। उनले यससँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारीक खेतीपनि गर्दै आएको छ।

उनी भन्छन्, “बिगतमा केरा खेती गरिँदै आएको एकमुष्ठ जग्गा भाडामा लिएर यसवर्ष सयपत्री फूलको खेती गरेका हौं। किसानको परिश्रमलाई मध्यनजर गरी विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सकिन्छ।”

उन्नती कृषि फर्म मार्फत एकै ठाउँमा तीन बिगाह क्षेत्रफल जग्गामा फूल खेती गर्दै आएको बताउँदै उनले यस स्थानमा ६० हजार सयपत्री फूलका बीरुवा रोपेको जानकारी दिए।

पौडेल भन्छन्, “राम्रो बजारीकरण हुन सकेमा एउटा बिरुवाबाट हामीले ३० देखि ४० सम्म लिन सकिन्छ।” संयुक्त रुपमा २ जना मिलेर खेती फूलखेती सुरु गरेको भन्दै उनले यसका लागि करिब ५ लाख ५० हजार लगानी भएको र बजारीकरणमा थप खर्च हुने बताए।

यस बाट उनले १५ लाखको आम्दानी लिन पर्ने आशा व्यक्त गरे। पौडेल भन्छन्, “पहिला केरा खेती गर्दा रसायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको अवस्थामा थियो यसलाई बिस्तारै सुधार्दै लगेर प्राङ्गारीक तर्फ लैजाने योजना छ।” यस स्थानमा अब सूर्यमुखी फूलको खेती गरिने उनले जानकारी गराए।

त्यसैगरी रत्ननगर नगरपालिका-१५ मा घर भएका कृषक चेकमान वाईवाले यहाँ पौडेलसँग मिलेर पहिलो पटक साझेदारीमा फूल खेती गरेको बताए।

बिगतको वर्षहरुमा भन्दा यस वर्ष चितवनमा फूलखेती अलि बढी मात्रामा गरिएको भन्दै उनले यहाँ उत्पादन भएका फूलहरु स्थानीय बजारमा भन्दापनि काठमाडौ, पोखरा, बुटवल लगायतका शहरमा निर्यात गर्ने गरेको बताए।

उनले स्थानीय पालिकाहरुले पनि केही मात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेकोे जानकारी दिँदै उनी भन्छन्, “हाल दैनिक ७/८ क्विन्टल फूलको बिक्री हुँदै आएको छ।” हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइवाले अव २/३ दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताए।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २१:१६
##flower #cultivation
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
२१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे शुक्रबार, साउन २२, २०८३
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् 
पल्सरको २५ वर्षे यात्रा : कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्  बुधबार, साउन २०, २०८३
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर 
काठमाडौं युथ कन्क्लेभ : युवालाई स्वदेशमै अवसर  सोमबार, साउन १८, २०८३
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा
अब घरभाडाको झन्झट अन्त्य, सबै व्यवस्थापन डिजिटल प्रणालीमा बुधबार, साउन १३, २०८३
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित
“राईजिङ्ग स्टार-ग्रोथ” अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित सोमबार, साउन ११, २०८३
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ गोपाल ढकाल ‘छन्दे’ को सिर्जनशील यात्राको चौतर्फी प्रशंसा
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्