Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • चितवनमा केरा खेती मासेर सयपत्री फूल खेती
चितवनमा केरा खेती मासेर सयपत्री फूल खेती
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक २८, २०८०
Flower Cultivation

नारायणगढ, चितवन । चितवनको कालिका नगरपालिका-१ लंकालाइनमा प्राङ्गारीक कृषक महेन्द्र प्रसाद पौडेल र चेकमान वाइवाले संयुक्त रुपमा यस वर्ष केरा खेती गरिँदै आएको जग्गामा केरा खेती मासेर तीन बिगाह क्षेत्रफलमा व्यावसायिक सयपत्री फूल लगाएको छ।

उनीहरुले बिगतका वर्षहरुमा करोडौको फूलहरु विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यहाँ फूलखेती गरेको हो ।

कालिका नगरपालिका-५ का स्थानीय बासीन्दा महेन्द्र प्रसाद पौडेल एक प्राङ्गारीक कृषिको अभियन्ता समेत हुन्। उनले यससँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारीक खेतीपनि गर्दै आएको छ।

उनी भन्छन्, “बिगतमा केरा खेती गरिँदै आएको एकमुष्ठ जग्गा भाडामा लिएर यसवर्ष सयपत्री फूलको खेती गरेका हौं। किसानको परिश्रमलाई मध्यनजर गरी विदेशी फूलको आयात रोकिएमा हामीले यसबाट सोचेजस्तो आम्दानी लिन सकिन्छ।”

उन्नती कृषि फर्म मार्फत एकै ठाउँमा तीन बिगाह क्षेत्रफल जग्गामा फूल खेती गर्दै आएको बताउँदै उनले यस स्थानमा ६० हजार सयपत्री फूलका बीरुवा रोपेको जानकारी दिए।

पौडेल भन्छन्, “राम्रो बजारीकरण हुन सकेमा एउटा बिरुवाबाट हामीले ३० देखि ४० सम्म लिन सकिन्छ।” संयुक्त रुपमा २ जना मिलेर खेती फूलखेती सुरु गरेको भन्दै उनले यसका लागि करिब ५ लाख ५० हजार लगानी भएको र बजारीकरणमा थप खर्च हुने बताए।

यस बाट उनले १५ लाखको आम्दानी लिन पर्ने आशा व्यक्त गरे। पौडेल भन्छन्, “पहिला केरा खेती गर्दा रसायनिक विषादीको प्रयोगले जग्गा बिग्रेको अवस्थामा थियो यसलाई बिस्तारै सुधार्दै लगेर प्राङ्गारीक तर्फ लैजाने योजना छ।” यस स्थानमा अब सूर्यमुखी फूलको खेती गरिने उनले जानकारी गराए।

त्यसैगरी रत्ननगर नगरपालिका-१५ मा घर भएका कृषक चेकमान वाईवाले यहाँ पौडेलसँग मिलेर पहिलो पटक साझेदारीमा फूल खेती गरेको बताए।

बिगतको वर्षहरुमा भन्दा यस वर्ष चितवनमा फूलखेती अलि बढी मात्रामा गरिएको भन्दै उनले यहाँ उत्पादन भएका फूलहरु स्थानीय बजारमा भन्दापनि काठमाडौ, पोखरा, बुटवल लगायतका शहरमा निर्यात गर्ने गरेको बताए।

उनले स्थानीय पालिकाहरुले पनि केही मात्रामा बजारीकरण तथा खेतीमा सहयोग गरेकोे जानकारी दिँदै उनी भन्छन्, “हाल दैनिक ७/८ क्विन्टल फूलको बिक्री हुँदै आएको छ।” हालसम्मको बिक्रीले लगानी सुरक्षित भइसकेको बताउँदै वाइवाले अव २/३ दिनको बिक्रीबाट हुने आम्दानीबाट नाफा मिल्ने बताए।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  २१:१६
##flower #cultivation
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान
डोमिनार डे घोषणा, राइड प्रेमीहरूलाई आह्वान मंगलबार, मंसिर १७, २०८२
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता
सजिलो नेट र एभरेष्ट इञ्जिनियरिङ कलेजबिच सम्झौता बिहीबार, मंसिर ५, २०८२
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल
हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल सोमबार, मंसिर २, २०८२
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच सहकार्य मंगलबार, कात्तिक २६, २०८२
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना
नेपाल टेलिकमले ल्यायो जेनजी विद्यार्थी अफर योजना आइतबार, कात्तिक २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्