Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कारवाही पछि झन भाइरल शान्ति बराल
कारवाही पछि झन भाइरल शान्ति बराल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर ९, २०८०

रूपन्देही । नेकपा माओवादी केन्द्र रूपन्देहीले अनैतिक क्रियाकलाप गरेर चर्चामा आउने शान्ति बराललाई कारबाही गरेको छ।

टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको हो। उनी सो पार्टीको सैनामैना नगर कमिटीमा थिइन्।

माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले सांस्कृतिक रूपान्तरणमा लागेको पार्टीमा यस्ता अनैतिक काम गर्ने छुट कसैलाई नभएको भन्दै बराललाई कारबाही गरेको जनाएका छन्।

पार्टीका नेताहरूसँगै सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने र चर्चामा आउने बराल यसअघि पनि पटक पटक विवादमा पर्दै आएकी थिइन्।

पछिल्लोपटक उनले टिकटक लाइभका क्रममा वक्षस्थल देखाएको भिडिओ क्लिप भाइरल भएपछि पार्टीले उनलाई कारवाही गरेको हो। अश्लील भिडिओ काण्डमा माओवादीको नगर कमिटीले कारबाही गरेपछि शान्ति बराल फेरि चर्चामा आएकी हुन्। उनी सामाजिक सञ्जालमा पहिल्यैबाट भाइरल थिइन्, अहिले भने उनको बदनामीले उनी चर्चामा छिन्।

भिडिओ भाइरल हुन थालेपछि शान्तिले फेसबुकमा स्टाटस लेख्दै खण्डन गरेकी थिइन्। एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको उनको दाबी थियो । तर, केही समयमा उनले त्यो स्टाटस हटाइन्।

स्टाटसमा उनीमाथि सहानुभूति भन्दापनि लाइभ देखेको तपाई नै हो भन्ने प्रतिक्रिया धेरै आएपछि उनले स्टाटस हटाएको दाबी आम प्रयोगकर्ताको छ।

माओवादीले कारवाही गरेको विज्ञप्ति आएपछि शान्तिले टिकटकबाट त्यसमा प्रतिक्रिया जनाएकी हुन्। उनले अझै पनि भिडिओ आफ्नो भएको स्वीकार गरेकी छैनन्। एआइ (आर्टिफिसियल इन्टलिजेन्स) प्रविधिको दुरुपयोग गरेर भिडिओ बनाइएको उनको दाबी छ।

Page No. 3-shanti-baral 11700915415.jpg

बरालले लेखेकी छन्, ‘हालसालै आएको एआई प्रविधिको दुरुपयोग गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित भई उक्त भिडिओ सामाजिक सञ्जालमा राखिएको आमजनसमुदायमा जानकारी गराउन चाहन्छु।’

आफू राजनीतिक कार्यकर्ता हुनुका साथै नियमित टिकटक प्रयोगकर्ता भएको शान्तिले उल्लेख गरेकी छन्। आफ्नो चरित्रहत्या गर्नेलाई कानूनी दायरामा ल्याउन उनको सरकारसँग माग छ।

‘आफ्नो व्यक्तिगत अधिकार प्रयोग गरी आफ्नो खाता सञ्चालन गरेको र मेरो सामाजिक सम्पर्क र समर्थकहरु देखेर पहिलेदेखि नै विरोधीहरुले चरित्रहत्या गर्ने धम्की दिँदै आएका थिए। केही उच्छृङ्खल व्यक्तिहरुले भिडिओलाई सम्पादन गरी अश्लिल बनाई गलत नियतले सामाजिक सञ्जालमा अपलोड गरेको देखिएकाले उक्त भिडिओ अपलोड गर्ने व्यक्तिले मेरो चरित्रहत्या गरेकाले कानूनी दायरामा ल्याउन सरकारसँग अपिल गर्दछु’, उनले लेखेकी छन्।

‘नक्कली भिडिओ’ आएपछि पर्न गएको असुविधाप्रति उनले सामाजिक सञ्जालका समर्थकहरुसँग क्षमा मागेकी छन्। भिडिओ एडिटेड भएको बताइरहे पनि शान्तीले अहिलेसम्म कुनै कानूनी उपचारको खोजी गरेकी छैनन्। तर शान्तिले आफू कानूनी उपचारका लागि साइबर क्राइमको प्रोसेसमा रहेको बताएतापनि त्यो अगाडि बढाएको समाचार भने छैन्। यद्यपि, नेकपा माओवादी केन्द्रको कारवाहीमा परेयता अझ उनी भाइरल सुपरस्टार बन्दैगएकी छन्। 

Page No. 3-shanti-baral 41700915417.jpg

को हुन् शान्ति बराल ?

रुपन्देही सैनामैना निवासी शान्ती बराल माओवादीकी पुरानो र सक्रिय कार्यकर्ता हुन्। भूमिगतकालदेखि नै उनको माइती परिवार माओवादीमा थियो। पार्टीको विचारप्रति निरन्तर प्रतिवद्ध छिन्।

उनी राजनीतिक कार्यक्रमहरुमा जतासुकै देखिने गर्छिन् । जुनसुकै पार्टीका उच्च तहका नेताहरु जिल्ला आउँदा पनि एयरपोर्ट पुगेर फोटो खिचाउँछिन् र सकेसम्म टिकटक पनि बनाउँछिन्। माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि आफ्नो राम्रो सम्वन्ध रहेको उनले बताउने गरेकी छन्।

राजनीतिक गफहरु पनि गर्नसक्ने खुबी भएकी शान्ती टिकटकमा विशेष सक्रिय छिन्। विसं.२०७८ सालमा लुम्बिनीमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनेपछि मुख्यमन्त्रीको कार्यालयभित्रै नाचेर टिकटक भिडिओ बनाएपछि उनी भाइरल बनेकी थिइन्। त्यसपछि उनले टिकटक फलोअर्स ह्वात्तै बढाइन् । अहिले टिकटकमा उनलाई १३ लाखले पछ्याइरहेका छन्।

उनी दिनहुँ विभिन्न भावभङ्गिमामा अनेकौं टिकटक बनाएर पोस्ट गर्छिन्। कमेन्टमा उनको सौन्दर्य र जीउडालको प्रशंसा हुने गर्छन्। उनलाई भद्दा र अश्लील कमेन्टहरु पनि बग्रेल्ति आउँछन्। उनी नियमित टिकटक लाइभमा पनि बस्ने गर्छिन्।

शान्तिलाई नजिकबाट चिन्नेहरु र पृष्ठभूमि थाहा हुनेहरु भाइरल भिडिओ उनकै हो भनेर सहजै विश्वास गर्छन्। एक अन्तरवार्तामा उनले भनेकी छन्, ‘अहिले मलाई पूर्वदेखि पश्चिमसम्म पार्टीका साथीहरु नचिन्ने कोही पनि हुनुहुन्न। अध्यक्ष कमरेड प्रचण्डले चिन्नुहुन्नथ्यो होला, अहिले टिकटक भाइरल हुँदा एयरपोर्टमा आउँदा चिन्नुहुन्छ। धेरै राजनीतिक क्षेत्रका मान्छेहरुले चिन्नुहुन्छ।’

माओवादीले कारवाही गरेपछि शान्तिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको हल्ला पनि चलाइएको छ। तर, त्यो हल्ला सत्य नभएको रास्वपाका स्थानीय नेताहरु बताउँछन्। एक नेताले भने, ‘पहिले नै एकचोटि कुरा भएको थियो। तर, उहाँको छविका कारणले गर्दाखेरि हामी त्यति उत्साहित भएनौं। अब त झन् सम्भावना छैन।’
(नामी साप्ताहिकवाट साभार)

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्