Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज २०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा
लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १७, २०८०

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ।

यतिबेला सिङ्गै विश्वले हिंसाविरुद्धको दिवस मनाइरहँदा नेपाली समाजमा हामी महिला हिंसाविरुद्धको दिवसका रुपमा पनि समाजलाई सचेत बनाएर यथार्थपरक ढङ्गले हिंसाविरुद्ध लड्न तयार पार्न सकिरहेका छैनौंँ।

स्वाभाविकरुपमा हाम्रो समाजले पितृ सत्तात्मक प्रकृतिको विशेषता छोड्न नसकेको हरेक घटना सन्दर्भ र परिवेशहरुमा देख्न र भोग्न परिरहेको छ।

महिलाविरुद्धको हिंसामा पनि पीडितको पक्षमा खुलेर बोल्न नसक्ने हाम्रो जस्तो सामाजिक परिवेशहरुमा हिंसा कसरी गुम्सिरहेको छ र कसरी विभिन्न स्वरुपमा विष्फोटन भइरहेको छ भन्ने थुप्रै दृष्टान्तहरुले लैङ्गिक हिंसाको परिभाषा र निराकरणलाई नै नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने अनुभूत गराएको छ।

केही समयअघि एकजना साथीले अन्तरङ्ग सम्बन्धमा भोगेको अनुभवहरु बाँड्दै बेग्लै पीडा र बेदना सुनाए। प्रेम, विश्वास र सम्बन्धमा व्यक्त भावहरुलाई स्वभाविक रुपमा लिने कि हिंसाको रुपमा लिएर निर्णय गर्ने भन्ने द्विविधाले सिर्जना गरेको उनको अन्तरमनको द्वन्द्वले आफूमा समेत सिर्जना भएको मनोवैज्ञानिक दबाब पनि नयाँ ढङ्गले यो सन्दर्भलाई हेर्ने एउटा प्रेरणा बन्ने अनुभूति गरेको छ ।

हामीले हाम्रा निकटस्थहरुका भावना र गतिविधिहरुलाई कसरी हेर्ने? हिंसाको परिभाषाभन्दा पहिले यसमा स्पष्ट हुन जरुरी छ। हामीले स्वीकार गरिरहेका भावना वा गतिविधिहरु कसरी स्वभाविकबाट हिंसामा परिणत हुन्छन् भन्ने कुरा हामीले लिएको शिक्षा, हामीमा विकास भइरहेका चेतना, हाम्रो सामाजिक परिवेश, हाम्रो साथीसङ्गत  तथा प्रविधि र विकासको गतिले निर्धारण गर्छ।

लैङ्गिक हिंसाको व्याख्या गर्नेहरु, विभिन्न विषयमा आफूलाई ज्ञाता वा जानकार ठान्नेहरु र विज्ञहरुकै जीवनमा देखिएका र भोगिएका सन्दर्भहरुलाई पनि हिंसाको कोणबाट हेर्दा केही प्रभावहरु देखिन्छन्।

सामाजिक रुपमा त्यस्ता घटनालाई हेर्दा पितृ सत्तात्मक सोचबाट निर्देशित भएको भन्न सकिन्छ। सँगै काम गरिरहेका सहकर्मीमा पनि महिला साथी आफू सरह हुञ्जेल ठीकै हुने तर आफूभन्दा माथि जाने सम्भावना भए लगत्तै अनेक ईश्याभाव र आरोपहरु आउने देखिन्छन्। यो एक प्रकारको हिंसाको स्वरुप हो।

अर्को खतरनाक हिंसाको अवस्था अन्तरङ्ग सम्बन्धमा देखिन्छ। यो विशेषगरी पद, प्रतिष्ठा, पहिचान र पुँजीसँग जोडिएर देखिने गरेको छ।

प्रेममा पनि हिंसाको विभिन्न अवस्थाहरु देखिने गरेका पाइन्छन्। यी खालका हिंसाहरु पुरुष वा महिलाले एउटा निश्चित अवस्थासम्म स्वभाविक मानेर स्वीकार गर्ने, त्यसपछि एउटा हदसम्म हिंसाको रुपमा अनुभूत गरेर उकुसमुकुस अनुभव गर्ने र त्यो हद नाघेपछि सामाजिक रुपमै विष्फोट हुने गरेको देखिन्छ।

यसलाई लभ बम्बिङको रुपमा पनि हेर्न सकिन्छ। यस्ता घटना र सन्दर्भहरु धेरै आँटिलो मानिएकाहरुले पनि व्यक्त गर्न वा उपचारको पहलतर्फ सोच्न पनि नसकेको यथार्थ देखिन्छ।

लभ बम्बिङ परिस्थिति र परिवेशअनुसार हिंसात्मक हुँदै समाजिक र भौतिक रुपमै दुर्घटनाका रुपमा समेत पुग्ने गरेको पाइन्छ। दृश्यमा देख्दा अन्तिम परिणाम आइसकेपछि हिंसा देखिए पनि यो प्रकृतिको हिंसाको विजारोपण सुषुप्त रुपमा, नजानिँदो ढङ्गले हुने गर्छ। यसलाई हाम्रो व्याख्या विश्लेषण र परिभाषाको परिधिले भेटिरहेको छैन।

यस्ता प्रकृतिका घटना र सन्दर्भहरु केहीलाई त पक्कै पनि यहाँहरुले अनुभव गरेकै होला। तर यसको आकार देखिएभन्दा र स्वभाविकभन्दा बढी छ। प्रविधिको विकास, सामाजिक परिवेशहरु, सम्बन्धहरुमा अपेक्षा गरिने इमान्दारिता र प्राप्त हुने यथार्थता, त्यसप्रतिको बुझाइमा हुने असमानताले यसलाई बढाइरहेको छ।

यो अवस्था गुनासो गर्न पनि नसकिने र त्यसको कतिपय उपाय र उपचार पनि नपाइने खालका अवस्था, आफैँलाई यो हिंसा हो कि स्वभाविक व्यवहार हो भन्ने अन्तर्रमनमा सिर्जना हुने अन्योलले गर्दा समाजमा लैङ्गिक हिंसाको आकार बढाइरहेको छ।

पुरुष पनि यस्ता खालका हिंसामा परिरहेका हुन सक्छन्। महिलाहरु त पर्ने गरेका धेरै नै उदाहरणहरु देखिएका छन्।आफ्नो एउटा अवस्थामा त्यही भावना वा गतिविधि स्वभाविक लाग्ने र आफ्नो चेतना वा ज्ञान र विकासको अभिवृद्धिसँगै त्यही भावना वा व्यवहारलाई पनि हिंसाको परिभाषा हुने गरेको आरोप लाग्ने गरेको छ।

यसलाई फेमिनिज्मले जन्माएको विकृतिको रुपमा लाञ्छनाहरु लाग्ने गरेका छन्। हामीलाई जेण्डर एक्टिभिज्म आवश्यक हो कि फेमिनिज्म? हाम्रो न्यायले खोजेको समानता वा हिंसामुक्त परिवेशले एउटा पक्षलाई मात्रै हेर्छ कि समतलीय र सन्तुलित ढङ्गबाट हेर्छ भन्ने बहस पनि उठेको छ र उठ्नु पर्छ पनि।

विज्ञान र प्रविधिको विकासले पुरुष वा महिलाको आवश्यकता र उपलब्धताको नै विकल्पको समेत परिकल्पना गरिसकेको आजको विश्वमा महिला वा पुरुषले आफ्नै कोणको बुझाइ र व्याख्याअनुसार हिंसाको व्याख्या गर्ने र त्यसको उपचारको वकालत गर्नु आफैंँमा अधुरो र अपुरो हुन्छ।

काठमाडौंँमा व्याख्या गरिने हिंसाको प्रकृति कञ्चनपुर वा फिदिमको समाजले उस्तै ढङ्गले अनुभूति गरिरहेको नहुन सक्छ। आयातित परिभाषालाई लिएर वकालत गर्नुभन्दा अवस्था र परिवेशअनुसार हिंसाको अनुभूति र उपचारको चेतना निर्माण गर्नमा हाम्रा पहल हुनुपर्छ भन्ने मेरो निश्कर्ष हो।

महिला अधिकार अभियन्ता क्लारा जेट्किन, क्रान्तिकारी कम्युनिष्ट योद्धा रोजा लक्जम्वर्ग, अधिकारकर्मी मिरावल दिदीबहिनीहरुले उठान गरेको महिला अधिकारको विषय र यसले वकालत गरेको नागरिक तथा राजनीतिक कोण एवं सामाजिक विश्लेषण आज पनि त्यही अवस्थामा मात्रै वकालत भइरहेको छ।

सामयिकताका आधारमा गर्नुपर्ने बहसमा हामी प्रवेश नै गर्न सकेका छैनौंँ। मिरावल दिदीबहिनीकै घटना र त्यही परिवेशमा मात्रै अल्झिरहेको महिला हिंसा विरुद्धको दिवसलाई आम रुपमा लैङ्गिक हिंसाविरुद्धको अभियानको रुपमा लैजान पर्ने आवश्यकता तर्फ समेत बहस गर्नुपर्ने आवश्यकता छ।

अर्कोतर्फ वायोलोजिकल र साइकोसोसियल कोणबाट महिलाको अधिकारलाई व्याख्या गर्ने गरी १५० वर्ष अगाडि सिमन द वेवियरले लेखेको द सेकेण्ड सेक्स पुस्तकले चित्रित गरेको महिला चेतना र उनले स्थापित गरेको लैङ्गिक व्यवहारको उदाहरणलाई पनि आजको समाजले अक्सेप्ट गर्न त परै जाओस् अपडेट समेत गर्न सकेको छैन।

हाम्रा अभियान्ताहरुले व्यानर राखेर प्रस्तुत गर्ने कार्यपत्रहरु र दिवस मनाउनाले न उपयुक्त अवधारणालाई अध्यावधिक गर्न सकेको छ न हाम्रो धरातलीय यथार्थता अनुसारको नयाँ बाटो नै निर्माण गरेको छ। सेन्ट्रिक अफ अट्रयाक्सनको होडबाजीले मात्रै नेतृत्व पङ्क्तिमा उभिएकाहरुबाट यस्ता अभियानहरुले गति पाउन सक्दैनन्।

कृतिम वौद्धिकता (एआइ) मा रुपान्तरित हुँदै गरेको युवा पुस्तालाई यतिबेला अधिकारका कुरा बोलेर मात्रै मनाउन सकिँदैन। उनीहरुले चाहँदा हामीले पढाउने गरेको अभियन्ताको इतिहास र योगदानको चर्चा क्षणभरमै ‘गुगल सर्च’ गरेर हाम्रोभन्दा राम्रोसँग व्याख्या गर्न सक्छन्।

हामीलाई यतिबेलाको आवश्यकता र भूधरातलीय यथार्थ अनुसारका समस्या पहिचान र समाधानको निर्माण हो। जुन उनीहरुले पनि सहजै प्राप्त गर्न सकिरहेका छैनन् र उनीहरु आफैँ पनि समस्या भिन्न ढङ्गले भोगिरहेका छन्। फेमिनिष्ट र फेमिनिज्मको भाष्यलाई त्यही पुरानै कोणबाटभन्दा पनि समय अनुकूल परिस्कृत गर्न जरुरी छ।

-लेखक टेलिभिजन पत्रकार हुन्

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
  • नंः ५ महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता 
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्