Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, कात्तिक १३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • विद्यार्थीको पढाइ सुधार्न घरदैलो शिक्षक अभियान
विद्यार्थीको पढाइ सुधार्न घरदैलो शिक्षक अभियान
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १७, २०८०

धरान, सुनसरी । विद्यार्थीको पढाइ सुधार्न धरान-१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन्।

नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले शैक्षिकस्तर थप उकास्न विद्यार्थीका घर–घरमा जाने अभियान सुरु गरेको हो।

दसैँ, तिहारलगायतका बिदा सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घर-घरमा पुगेर घरदैलो अभियानको सुरु गरेको प्रधानाध्यापक डा इन्द्रमोहन झाले बताए।

विद्यालयका ६० जना शिक्षकले नर्सरीदेखि १० कक्षासम्मका करिब १ हजार जना विद्यार्थीका घर-घरमा पुगेर अभिभावकसँग अन्तरक्रिया सुरु गरेका हुन्।

शिक्षक तथा व्यवस्थापन समितिका टोली सम्मिलित सदस्यले विद्यार्थीको पारिवारिक अवस्था, विद्यालय र घरको दुरीलगायतका विषयमा छलफल गर्दै शैक्षिकस्तर सुधारका लागि अभिभावकसँग राय सङ्कलन गरेका छन्।

“विद्यार्थीका पारिवारिक अवस्था, विद्यार्थीको पढाइलगायतका विषयमा छलफल गर्दै विद्यालयको शैक्षिक अवस्थालाई थप सुधार्न सकिन्छ? भनेर अभिभावकसँग राय माग्यौ’ शिक्षिका रञ्जिता परियारले भने, “अभिभावकहरुले छोराछोरीको पढाइ र लागेका समस्या हामीलाई अवगत गराउनुभयो।”

घरदैलो अभियानका क्रममा विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गरी तयार पारिएको प्रतिवेदन शिक्षकहरुले बुधबार विद्यालयमा बुझाएका छन्। घरदैलो अभियानमा सहभागी शिक्षिका रञ्जिता परियारले केही विद्यार्थीको घरमा पढ्ने वातावरण समेत नभएको पाइएको नपाएको बताए।

करिब १ हजार अभिभावकका घरमा पुगेर अन्तरक्रिया गर्ने र अवस्था बुझ्ने काम भएको विद्यालयका प्रधानाध्यापक डा झाको भनाइ छ। शिक्षकहरुले बुझाएको प्रतिवेदन अध्ययनपछि शिक्षकबीच विद्यार्थीको पढाइ सुधार्न के कस्ता काम गर्न सकिन्छ भन्ने विषयमा थप अन्तरक्रिया गर्दे अभियानलाई निरन्तरता दिने प्रअ डा झाको भनाइ छ।

“विद्यालयको शैक्षिकस्तर माथि उठाउन विद्यार्थीको पृष्ठभूमि बुझ्न जरुरी लागेर शिक्षकलाई घर-घर पठाइएका हौँ”, प्रअ डा झाले भने, “हाम्रा लागि यो अभियान नयाँ प्रयोग हो, यो अभियानले विद्यालयसँग विद्यार्थीका परिवारलाई जोड्ने काम गरेका छौँ, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेका र्छौ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीेले यस्तो अभियानलाई निरन्तरता दिइने बताए।

सबैको रोजाइमा पब्लिक

पब्लिक उच्च मावि पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३ हजार ४ सय विद्यार्थी अध्ययनरत छन्।

नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ इलेक्ट्रिकल इञ्जिनियरिङको पढाइ हुँदैआएको छ।

यस वर्षदेखि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ब्यूटिसियन र हेयर ड्रेसिङ जस्ता विषयमासमेत पढाइ सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।

प्रत्येक कक्षामा स्मार्ट बोर्ड राखिएको छ। व्यवस्थित पुस्तकालय र साइन्स ल्यावसमेत छ। विसं २००३ मा स्थापना भएको यो विद्यालय पूर्वकै पुरानो मध्ये एक हो।

धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गणेशप्रसाद खतिवडाले यस विद्यालयबाट बाँकी विद्यालयले धेरै सिक्न सक्ने बताए।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २२:३९
##student #teacher #school #dharan
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
बालबालिकाको भविष्य अनिश्चितताको बन्दी शनिबार, असोज १०, २०८३
महिनावारी सुकेपछि हुने चर्को गर्मी
महिनावारी सुकेपछि हुने चर्को गर्मी सोमबार, असोज ५, २०८३
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
१६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न शनिबार, असोज ३, २०८३
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ उदयपुरगढी पर्यटनको रोजाइको केन्द्र बन्दै 
  • नंः ३ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्