Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विश्व परिवेश
  • Home
  • विश्व परिवेश
  • कोप-२८ सम्मेलन सम्पन्न, कोप-२९ अजरबैजान र कोप-३० ब्राजिलमा
कोप-२८ सम्मेलन सम्पन्न, कोप-२९ अजरबैजान र कोप-३० ब्राजिलमा
रासस
रासस बिहीबार, मंसिर २८, २०८०
Api Himal

काठमाडौँ । जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२८) आज सम्पन्न भएको छ।

सम्मेलनमा उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो।

कोप-२८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा दुई साता अघि सुरु भएको थियो। सम्मेलनका दुई सय पक्ष राष्ट्रका वार्ताकारले ‘पहिलो विश्वव्यापी समीक्षा’को निर्णय विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका छन्।

“हामीले दुबईमा जीवाष्म इन्धनको युग पल्टाउन सकेनौँ, यो नतिजा अन्त्यको सुरुआत हो”, संयुक्त राष्ट्रसङ्घ, जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले आफ्नो समापन भाषणमा भने, “अब सबै सरकार र व्यवसायीले ढिलाइ नगरी यी वाचालाई वास्तविकतामा परिणत गर्न आवश्यक छ।”

Nepal Oil Corporation

‘जलवायुको विश्वव्यापी समीक्षा’लाई कोप-२८ को केन्द्रीय नतिजा मानिन्छ। यसमा वार्तामा भएका सबै तत्त्वहरू समावेश छन्। अब सन् २०२५ सम्ममा हुने जलवायु कार्य योजना विकास गर्न देशहरूले यी नतिजा प्रयोग गर्न सक्छन्।

‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ। तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ।

उक्त समीक्षाले पक्ष राष्ट्रहरूलाई विश्वव्यापीस्तरमा नवीकरणीय ऊर्जा क्षमताको तीन गुणा वृद्धि र सन् २०३० सम्ममा ऊर्जा दक्षता सुधारलाई दोब्बर बनाउने कार्यहरू गर्न आह्वान गरेको छ।

समीक्षाको सूचीमा कोइला ऊर्जाको प्रयोग चरणबद्धरुपमा घटाउन प्रयास गर्ने, जीवाष्म इन्धनको अनुदानलाई चरणबद्ध रूपमा हटाउनेलगायत समावेश छन्।

यसैगरी ऊर्जा प्रणालीमा जीवाष्म इन्धनबाट सङ्क्रमणलाई अन्त्य गर्न न्यायसङ्गत, व्यवस्थित र समतामूलक ढङ्गमा विकसित देशहरुले नेतृत्व लिनुपर्नेमा जोड दिइएको छ।

छोटो अवधिमा अर्थतन्त्रव्यापी उत्सर्जन घटाउने लक्ष्यहरु सबै हरितगृह ग्यास, क्षेत्र र वर्गलाई समेट्ने र सन् २०२५ सम्ममा तिनीहरुलाई जलवायु कार्ययोजनाको अर्को चरणमा तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न पक्ष राष्ट्रहरूलाई महत्वाकांक्षी योजनाका साथ अगाडि आउन प्रोत्साहित गरिएको छ।

प्रभावितको उत्थानका लागि सहयोग

दुई हप्ता लामो कोप-२८ सम्मेलन यही डिसेम्बर १ र २ तारिखमा ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को साथ सुरु भएको थियो। जसमा १ सय ५४ राष्ट्ररसरकार प्रमुख सहभागी भएको थियो।

यस सम्मेलनमा जलवायुजन्य हानिनोक्सानी कोषको परिचालन र कोषको व्यवस्था गर्ने सम्बन्धमा पक्ष राष्ट्र ठोस निर्णय गरेर ऐतिहासिक सहमतिमा पुगेका छन्। कोष स्थापनासँगै विभिन्न मुलुकले कोषमा सात सय मिलियन अमेरिकी डलरभन्दा बढीको प्रतिबद्धतासमेत जनाएका थिए।

विपद् जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय र हानिनोक्सानी लागि स्यान्टियागो नेटवर्कको सचिवालयको आयोजना गर्नेछ भन्ने सहमतिसँगै हानिनोक्सानीको एजेन्डामा थप प्रगति भएको छ।

यस मञ्चले विशेष गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जोखिममा रहेका विकासोन्मुख देशहरूलाई प्राविधिक सहयोगलाई उत्प्रेरित गर्नेछ।

पक्ष राष्ट्र ‘अनुकूलनमा विश्वव्यापी लक्ष्य’ (जिजिए) र यसको ढाँचाका लागि लक्ष्यमा सहमत भएका छन्, जसले परिवर्तनशील जलवायुको प्रभावसँग लचिलो हुन र देशहरूको प्रयासको मूल्याङ्कन गर्न विश्वलाई कहाँ पुग्न आवश्यक छ भनेर पहिचान गर्नेछ। 

जिजिए ढाँचाले अनुकूलन लक्ष्यहरू र तिनीहरूलाई प्राप्त गर्नको लागि वित्त, प्रविधि र क्षमता–निर्माण समर्थनको आवश्यकतामा विश्वव्यापी सहमति झल्काउँछ।

जलवायु वित्तमा वृद्धि

सम्मेलनमा जलवायु वित्तमाथिको छलफल केन्द्रमा थियो। तसर्थ हरित जलवायु कोषले आफ्नो दोस्रो पुनःपूर्तिको लागि प्राथमिकता प्राप्त गरेको छ।

यसमा ६ देशले कोप-२८ मा नयाँ कोषको प्रतिबद्धता गरेका छन्। कोषमा कुल ३१ देशबाट १२ दशमलव ८ विलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ।

आठ दाता राष्ट्रले अतिकम विकसित देश कोष र विशेष जलवायु परिवर्तन कोषमा कूल १ सय ७४ मिलियन अमेरिकीभन्दा बढीको नयाँ प्रतिबद्धता घोषणा गरेका छन्। साथै कोप-२८ मा अनुकूलन कोषमा हालसम्म कूल १ सय ८८ मिलियन अमेरिकी डलरको नयाँ प्रतिबद्धता गरिएको छ।

यद्यपि विश्वव्यापी समीक्षामा देखाइएअनुसार यी वित्तीय प्रतिबद्धता स्वच्छ ऊर्जा सङ्क्रमण, उनीहरूको राष्ट्रिय जलवायु योजना र अनुकूलन प्रयास कार्यान्वयन गर्नका लागि विकासशील देशलाई सहयोग गर्न पर्याप्त छैन।

कोप-२८ मा विश्व नेताहरू, नागरिक समाज, व्यवसायी, आदिवासी जनजाति, युवा, परोपकारी, र अन्तर्राष्ट्रिय संस्था सन् २०३० मा अन्तरहरू हटाउने साझा सङ्कल्पका भावनाका साथ सहभागी भएका थिए।

सम्मेलनमा लगभग ८५ हजार सहभागीले भाग लिएर विचार, समाधान र साझेदारी निर्माण गर्न साझेदारी र गठबन्धन गरेका थिए।

सम्मेलनका निर्णयले जलवायु कार्यमा संलग्न हुन सबै सरोकारवालालाई विशेषगरी जलवायु सशक्तीकरणको लागि कार्य र लैङ्गिक कार्ययोजनामार्फत सशक्त बनाउने महत्वलाई पनि जोड दिएको छ।

कोप-२९ अजरबैजान र कोप-३० ब्राजिलमा हुने

औपचारिक वार्ताको समानान्तरमा, कोप-२८ मा ग्लोबल क्लाइमेट एक्सन स्पेसले सरकार, व्यवसाय र नागरिक समाजलाई उनीहरूको वास्तविक-विश्व जलवायु समाधान सहकार्य गर्न र प्रदर्शन गर्न मञ्च प्रदान गरेको थियो।

सम्मेलनले खाद्य र जनस्वास्थ्य प्रणालीको उत्थानशील बढाउन र कृषि र मिथेनसँग सम्बन्धित उत्सर्जन कम गर्ने उल्लेख गरेको छ। कोप-२८ मा ‘परिष्कृत पारदर्शिता ढाँचा’ मा भएको वार्ताले पेरिस सम्झौता कार्यान्वयनको नयाँ युगको लागि आधार तयार गरेको छ। संयुक्त राष्ट्र जलवायु परिवर्तनले पारदर्शिता रिपोर्टिङ र पक्षहरूद्वारा प्रयोगको लागि समीक्षा उपकरणहरू विकास गर्नेछ।

यस सम्मेलनले ११-२२ नोभेम्बर २०२४ सम्म कोप-२९ को आयोजकको रूपमा अजरबैजानलाई र १०-२१ नोभेम्बर २०२५ सम्म कोप-३० को आयोजकको रूपमा ब्राजिललाई स्वीकार गर्ने निर्णय गरेको छ। 

कोप-२९ मा सरकारले जलवायु चुनौतीको मात्रा र जरुरीता झल्काउँदै नयाँ जलवायु वित्त लक्ष्य स्थापना गर्नुपर्नेछ। कोप-३० मा, तिनीहरू नयाँ राष्ट्रियरूपमा निर्धारित योगदानका साथ तयार हुनुपर्नेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०८:५५
##cop28
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विश्व परिवेश
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो शनिबार, जेठ ३२, २०८२
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु शुक्रबार, जेठ २४, २०८२
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा
कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा बिहीबार, जेठ २३, २०८२
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र
इजरायली सेनाकाे गाजामा आक्रमण तीव्र शनिबार, जेठ ४, २०८२
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति सोमबार, वैशाख २९, २०८२
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित सोमबार, वैशाख २९, २०८२
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको घोषणा बुधबार, कात्तिक २१, २०८१
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा
वर्तमान उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा मंगलबार, कात्तिक २०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्