Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सैनिक मञ्च टुँडिखेलमा २९ औँ महानगर दिवस (भिडियाे सहित)
सैनिक मञ्च टुँडिखेलमा २९ औँ महानगर दिवस (भिडियाे सहित)
श्याम स्मृत
श्याम स्मृत शुक्रबार, मंसिर २९, २०८०
Api Himal

काठमाडौँ । नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले स्थापनाको ‘२९ औँ महानगर दिवस’ मनाएको छ। काठमाडौं सैनिक मञ्च टुँडिखेलमा ‘२९ औँ महानगर दिवस’ मनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले, औपचारिक कार्यक्रम मात्र आयोजना हुने टुँडिखेलमा जनप्रतिनिधि र जनसाधारणलाई  उल्लेख भेला गरेर स्थापना दिवस मनाउने महानगरपालिकाको कामलाई सराहना गरे। 

महानगर स्थापनाको अवसर सम्झना गर्दै उनले भने, ‘२०५२ सालमा आजको दिनलाई म महानगरपालिका घोषणा दिवसका रुपमा मात्र स्मरण गर्न चाहन्न।

यस दिनले देशमा साँचो अर्थमा स्थानीय शासनको प्रारम्भ गरेको मानकका रुपमा आफ्नो पहिचान स्थापित गरेको छ भन्ने महसुस गरेको छु।’ महानगरपालिकाले सञ्चालन गरेका प्रगतिशील कामले संघीय सरकारलाई पनि उत्प्रेरणा भइरहेको छ।

Nepal Oil Corporation

प्रधानमन्त्रीले ‘सार्वजनिक शौचालय, सम्पदाको संरक्षण, छात्रवृत्ति, रोजगारी वृद्धि, सरसफाइ कार्यक्रम, हरियालीयुक्त सहर निर्माण र विकासका कामलाई मैले नजिकबाट नियालिरहेको छु।

काठमाडौँको विशिष्ट सांस्कृतिक पहिचानलाई पर्यटन व्यवस्थापनसँग जोडेर नागरिक जीवनको सम्पन्नताका लागि महानगरपालिकाले पु¥याएको योगदान प्रशंसनीय छ’ भनेका छन्। 

सम्पन्न सफल र राम्रा कामलाई निरन्तरता दिइने बताउँदै कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, फोहोर व्यवस्थापनको दिगो समाधान, तीनकुनेको जग्गा मुआव्जा सम्बन्धी समस्या र नदी सभ्यताको संरक्षणका लागि संघ, प्रदेश र महानगरपालिकाले संयुक्त रुपमा काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गरे।

दिवसका विषयमा चर्चा गर्दै उनले, प्रदर्शित सांस्कृतिक झाँकी नागरिक सहभागिताको प्रतीक रहेको जिकिर गरे। यो हाम्रो जनस्तरबाट गरिने कार्यक्रमको उदाहरण हो, उनको भनाइ थियो । 

कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, संरचनागत, नीतिगत, कानुनी, प्रशासनिक र व्यवस्थापकीय क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताइन्।

विगतदेखि लोकप्रिय रहेका कार्यक्रमलाई निरन्तरता दिएको, नविन, सिर्जनात्मक र सहरी सुशासन प्रवर्धन गर्ने कार्यलाई प्राथमिकता दिएको, उत्तरदायी, पारदर्शी शासन सञ्चालनका लागि निर्देशित रहेको उनको भनाइ थियो।   

कार्यक्रममा विधागत सम्मान तथा पुरस्कार वितरण, सांस्कृतिक झाँकी प्रदर्शन, महानगरपालिकाको सेवा तथा कामसँग सम्बन्धित साधन तथा उपकरणहरुको प्रदर्शन, सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए। 

महानगरपालिकाका सबै वडाले सांस्कृतिक झाँकी प्रदर्शन ल्याएका थिए। धिमे, बाँसुरी, धुन्या, पञ्चेबाजा, खायखिँ, लाखे, तामाङ्, किराँत, राई, लामाहरुका झाँकी, खैँजडी भजनसहितका झाँकीहरु प्रदर्शन गरिएका थिए। यस क्रममा संघसंस्था, टोल सुधार समिति, महिला समूहको सहभागिता थियो। 

गूँला बाजा व्यवस्थापन संघ, नेपाल खड्गी सेवा समिति, ज्यापू महागुथी नेपाः, काठमाडौँ महानगर समिति र नेपाल खड्गी समाजले आवद्ध खल पुचः को संयोजन गरेर समुदायमा आधारित तथा गुथि खलसँग सम्बन्धित झाँकी प्रदर्शन गरेका थिए।

यसरी गरिएका झाँकी प्रदर्शनबाट वडा नं. ५ ले पहिलो स्थान हासिल गरेको छ। यसमा पैंता धिमे बाजा खलःले धिमे प्याखं र लाखे प्रस्तुत गरेको थियो। नेपाल खड्गी सेवा समितिले दोस्रो स्थान प्राप्त गरेको छ। यसमा नायःखिँ बाजा र लाखे प्रस्तुत गरिएको थियो।

वडा नं. ८ र १२ ले तेस्रो स्थान प्राप्त गरेको सम्पदा तथा पर्यटन विभागले जानकारी दिएको छ। यी वडाहरुले क्रमशः लाखे झ्यालिचा, बाँसुरी, धिमे र दाफा तगोा धिमे बाँसुरी र घँलेको धिमे प्रस्तुत गरेका थिए। 

निर्णायकहरुले प्रदान गरेको अङ्कका आधारमा स्थान निर्धारण गरिएको हो। निर्णायक मण्डलमा बाद्यसम्राट न्हुच्छेकाजी डंगोल, वरिष्ट नृत्य कलाकार नारायणदेवी प्रधान र वरिष्ठ संस्कृतिविद गणेशराम लाछी थिए झाँकी प्रदर्शनमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगदसहित पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।

यस अवसरमा महानगर प्रहरी बलले परेड प्रस्तुत गरेको थियो। यसपछि जुद्ध बारुण यन्त्र कार्यालयले अग्नि नियन्त्रणका लागि प्रयोगमा रहेका दमकल, ल्याडरसहित साधन र उपकरणको प्रदर्शन गरेको थियो ।

वातावरण व्यवस्थापन विभागले फोहोर संकलन, ढुवानी तथा सडक सरसफाइका लागि प्रयोग हुने ब्रुमर, गाडी, जेटलगायत साधन उपकरण प्रदर्शन गरेको थियो। कार्यक्रममा एम्बुलेन्सहरुको समेत प्रदर्शन गरिएको थियो। 

स्वास्थ्य, खेल, पूर्वाधार, कला तथा साहित्यक्षेत्रका व्यक्तित्व सम्मान

यस बर्ष स्वास्थ्य, खेलकुद, पूर्वाधार, कला र साहित्य क्षेत्रका व्यक्तित्वहरुलाई १ लाख ५० हजार रुपैयाँ नगदसहित ११ जनालाई सम्मान गरिएको छ।

यसरी सम्मानित हुनु हुनेमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक एवं कार्यकारी निर्देशक, वरिष्ठ नेत्र रोग विशेषज्ञ प्रा. डा. सन्दुक रुइत, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक मीरा चौधरी, अभिनेत्री मनिषा कोइराला, जनकवि दूर्गालाल श्रेष्ठ, स्ट्रक्चर इञ्जिनियर मनोहरलाल राजभण्डारी छन्।

यस्तै खेल क्षेत्रबाट ओलम्पियन बैकुण्ठ मानन्धर, नेपाल राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान एवं प्रशिक्षक बालगोपाल महर्जन, नेपाल क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का, नेपाल महिला बास्केट बल टीमकी क्याप्टेन सदिना श्रेष्ठ, फुल कन्ट््याक्ट कराँतेका खेलाडी एवं प्रशिक्षक केदारेश्वरमान स्थापित र कराँते कुमुतेका राष्ट्रिय खेलाडी एरिका गुरुङ् छन्।    

जनप्रतिनिधि सम्मान

स्थानीय सेवा गौरव पुरस्कारबाट वडा नं. ३ का अध्यक्ष प्रेम थापा, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी, वडा नं. २९ कुश ढकाल, वडा नं. ३१ का अध्यक्ष सरोज ढकाल र वडा नं. १७ का सदस्य जितेन्द्र खड्गी पुरस्कृत भएका छन्। 

साधना प्रधान अग्रणी महिला पुरस्कारबाट कार्यपालिका सदस्यहरु मीना सुनार (वडा नं. १) र मैयाँलक्ष्मी महर्जन (वडा नं. १५), वडा नं. १२ की सदस्य नानीहेरा डंगोल र वडा नं. २३ की सदस्य चन्द्रदेवी मानन्धर पुरस्कृत भएका छन्। जनकमान श्रेष्ठ सुशासन पुरस्कारबाट जनप्रतिनिधितर्फ वडा नं. १ का सदस्य रसला तण्डुकार र वडा नं. ३० का सदस्य मनोजकुमार डंगोल पुरस्कृत भए ।

कर्मचारी पुरस्कार

महानगर सेवा गौरव पुरस्कारबाट निर्देशक सुरज शाक्य, उपनिर्देशक पदमकेशर अधिकारी, वरिष्ठ जनस्वास्थ्य अधिकृत नली बज्राचार्य, नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई, कुचीकार सानुछोरी पोडे पुरस्कृत बने। उनीहरुलाई नगद १ लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो। 

उत्कृष्ट महानगर सेवा पुरस्कारबाट निर्देशक नमराज ढकाल, उपनिर्देशक विकास चित्रकार, उपनिर्देशक सरस्वती पोखरेल, वरिष्ठ कानुन अधिकृत देवीकुमार तिमिल्सिना, वरिष्ठ जनस्वास्थ्य अधिकृत सजिना महर्जन, वडा नं. १५ का सचिव सुशिल सुवेदी, वडा नं. १७ का सचिव राजेश श्रेष्ठ, इञ्जियिनर सुजित अमात्य, नगर प्रहरी सहायक निरीक्षक पदम तामाङ् र भारी सवारी चालक रमेश पौडेल पुरस्कृत हुनुभएको हो। उनीहरुलाई नगद ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो।

निर्देशक यादव घिमिरे, वरिष्ठ शाखा अधिकृत रामप्रसाद सापकोटा, वरिष्ठ इञ्जिनियर उमेश पटेल, वरिष्ठ अधिकृत भगवती विडारी, वरिष्ठ कर अधिकृत सोना शर्मा, अधिकृत छैटौँ भवानी कपाली, नगर प्रहरी हवल्दार सागरविक्रम कार्की, नगर प्रहरी हवल्दार पूजा चौधरी, हलुका सवारी चालक मिलन देउला र कुचीकार कान्छा पोडे महानगर सेवा पुरस्कारबाट पुरस्कृत भए। उनीहरुलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

समारोहमा भ्याली भ्यू स्कूल, बानेश्वरका शिक्षक योगराज पौडेलले कविता बाचन गर्नुभएको थियो। यो कविता दिवसका अवसरमा आयोजना गरिएको विद्यालय शिक्षक स्तरीय कविता वाचन प्रतियोगितामा सर्वोत्कृष्ट भएको थियो।

कार्यक्रममा कुटुम्ब व्याण्डले यात्रा, उत्सव र हिट्स, ज्यापू महागुथि नेपाः काठमाडौँ महानगर समिति किलाघः त्वाले धुन्या र न्हेमु न्हेत्वाः ले धिमे र बाँसुरीको धुन प्रस्तुत गरेका थिए।

नेपाः डान्स एकेडमीले ७ वटै प्रदेशको रहनसहन देखिने नृत्य प्रस्तुत गरेको थियो । यस्तै निभा डंगोलले सचिका चिना बोलको गीत, निशा देशार र रोजमान महर्जनले ऐला लुवया बोलको गीत गायन प्रस्तुत गरेका थिए।  

दिवस मनाउन उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो। समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र कार्यपालिका सदस्य थिए।

दिवसका अवसरमा सञ्चालन गर्नु पर्ने कामलाई व्यबस्थित बनाउन ४ वटा उपसमिति गठन गरिएको थियो। यी समितिहरुमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीको संयोजकत्वमा कार्यक्रम सञ्चालन, प्रवक्ता नविन मानन्धरको संयोजकत्वमा सम्मान तथा पुरस्कार उपसमिति गठन गरिएका थिए।

विधायन समितिका संयोजक मचाराजा महर्जनको संयोजकत्वमा प्रतियोगिता सञ्चालन र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति गठन गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २३:१९
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप राजनीति
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड
माओवादी पार्टीलाई बदनाम गराउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड शनिबार, जेठ ३२, २०८२
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके
बाेल्दा बाेल्दै गृहमन्त्रीको घोक्रै सुके शुक्रबार, जेठ ३१, २०८२
आजको संसद बैठकमा यस्तोसम्म भयो
आजको संसद बैठकमा यस्तोसम्म भयो बिहीबार, जेठ ३०, २०८२
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा
एमालेमा विद्या भण्डारी सक्रिय हुँदा ओली चिन्तामा बिहीबार, जेठ ३०, २०८२
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो
सभामुख हेरेको हेर्यै, संसदमा यस्तोसम्म भयो बुधबार, जेठ २९, २०८२
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु
यस्ताे छ मन्त्रीपरिषदका निर्णयहरु बुधबार, जेठ २२, २०८२
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन
वाईसीएल नेतृत्वकाे लागि सहमति नजुटेपछि भोलि निर्वाचन बुधबार, जेठ २२, २०८२
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित
भाेलिसम्मकाे लागि प्रतिनिधिसभा बैठक स्थगित बुधबार, जेठ २२, २०८२
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत्
गृहमन्त्री रमेश लेखककाे बारेमा उच्चस्तरीय छानबिन समिति बनाउने माग प्रतिपक्ष दलकाे यथावत् मंगलबार, जेठ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्