Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मधेस प्रदेश नामाकरण हुनुकाे गौरवमय इतिहास
मधेस प्रदेश नामाकरण हुनुकाे गौरवमय इतिहास
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ ४, २०८०
Province-no-2-Nepal

जनकपुरधाम । पहिचानका आधारमा प्रदेशको नाम मधेस र प्रदेश राजधानी जनकपुर तोकिएको दिनको अवसरमा मधेस प्रदेश सरकारले पहिलो पटक ‘मधेस स्वाभिमान दिवस’ मनाइको छ।

प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा विशेष कार्यक्रमसहित ‘मधेस स्वाभिमान दिवस-२०८०’ मनाइएको हो।

त्यसअवसरमा वक्ताले पहिचान र सामथ्र्यका आधारमा प्रदेशको सीमाङ्कन तथा नामाङ्कन गरिने सिद्धान्तअनुरुप सात प्रदेशमध्ये मधेस प्रदेश मात्रै पहिचानका आधारमा स्थापित गर्न सकिएको भन्दै यो मधेसका लागि स्वाभिमानको विषय भएको बताए। 

कार्यक्रमका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले तत्कालीन राजनीतिक दल र उच्चस्तरीय राज्य पुनःसंरचना आयोगको सिफारिसअनुसार पहिचानका आधारमा प्रदेश नामकरण गरिएको र सबैका लागि गौरवको विषय भएको बताए। अध्यक्ष यादवले अब समान अधिकार, समान अवसर र समान न्यायका लागि काम गर्नुपर्नेमा जोड दिए।

“हामीले विगतमा गरेका आन्दोलन र बलिदानीका सबै उद्देश्यहरु पूरा हुन सकेनन् । मधेसमा भएको बलिदानीकै जगमा सङ्घीयता र पहिचानका आधारमा नाम राख्न सफल भएका छौँ”, यादवले भने, “अब प्रदेश सरकारले सुशासन र सामाजिक न्यायका माध्यमबाट स्वाभिमान बचाएर समृद्ध प्रदेश निर्माणमा लाग्नुपर्छ। मधेसका आठ जिल्ला मात्रै होइन, समग्र मधेसवासीको मुक्ति र परिवर्तनका पक्षमा काम गरौँ। यसमा प्रदेश सरकारको विशेष भूमिका छ। त्यसमा प्रदेश सरकार खरो उत्रिनसक्नुपर्छ।”

त्यस अवसरमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस आन्दोलनको जगमा स्थापित सङ्घीयता र पहिचानका आधारमा स्थापित मधेस प्रदेशको भावनाअनुसार सरकारले काम गरिरहेको बताए। उनले सङ्घीयतालाई कमजोर र प्रदेश सरकारलाई अधिकारविहीन बनाउने काम भइरहेको भन्दै मधेसले सबै प्रदेशलाई साथमा लिएर त्यसविरुद्ध आवाज उठाइहरेको बताए।

मधेस प्रदेश सरकारका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको तत्कालीन सरकारले सबै पार्टीलाई साथमा लिएर मधेस प्रदेश नामकरण गर्न सफल भएको भन्दै त्यही एकतालाई कायम गर्दै प्रदेशलाई बलियो बनाउन लाग्नुपर्ने धारणा राखेका थिए।

त्यस्तै नेपाली कांग्रेस मधेस प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपाने, प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादव, गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीम, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवलगायतले मधेस प्रदेशको स्वाभिमानका लागि आफूहरू एकजुट भएर काममा लागिरहेको बताए। उनीहरूले पार्टीभन्दा माथि उठेर सङ्घीयता, मधेस र मधेसी जनताको हितमा काम गर्न तयार रहेकोसमेत बताएका थिए।

विसं २०७८ माघ ३ गते प्रदेशको नामकरण ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ पारित भएको थियो।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०८:२२
##madheshpradesh #madheshprovince
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्