Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनताकाे हितलाई केन्द्रमा राखे मात्र कांग्रेस बलियो हुन्छ : सभापति देउवा
जनताकाे हितलाई केन्द्रमा राखे मात्र कांग्रेस बलियो हुन्छ : सभापति देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, माघ ९, २०८०
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएको छ।

नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको पोखरामा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने बताएको हो।

सभापति देउवाले कांग्रेस नेपाली जनताको काम गर्न स्थापना भएको पार्टी भएको उल्लेख गर्दै देशका जुनसुकै कुनामा रहेका सर्वसाधारणको बीचमा पुगी उनीहरुको सुख दुःखमा साथ दिनुपर्नेमा जोड दिएका छन्।

“कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गर्न पार्टीभित्रको एकता बलियो हुनु आवश्यक छ”, उनले भने, “राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र पार्टीलाई बचाउन कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नैपर्छ।”

नेपाली कांग्रेसलाई ठूलो पार्टीको रुपमा विकास गर्न विभिन्न पार्टीसँग निर्वाचनमा गठबन्धन गर्दै अघि बढेको र देशको राजनीतिक परिस्थितिलाई हेरेर गठबन्धन गर्नुुपरेको उनले बताए।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बेला लोकतन्त्रवादी एक भएर त्यसलाई बचाउन जरुरी भएको उल्लेख गर्दै सभापति देउवाले माओवादीलाई शान्ति सम्झौतामार्फत लोकतान्त्रिक प्रक्रियामा ल्याएको बताए।

“नेपालको संविधानले सबै जातजातिलाई समान सहभागीताको व्यवस्था गरेको छ, राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ”, उनले भने।

हरेक पालिकामा प्रमुख वा उपप्रमुख महिला हुनैपर्ने व्यवस्था नेपालको संविधानले गरेको उल्लेख गर्दै सभापति देउवाले यस्तो व्यवस्था अन्य कुनै पनि राष्ट्रको संविधानमा नभएको दाबी गरे।

पोखरा पर्यटकीय सहर भएकाले यहाँको ताल संरक्षण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितरुपमा सञ्चालन गर्न कांग्रेस सक्रियरुपमा लाग्ने भन्दै सभापति देउवाले यहाँको पर्यटनको विकासमा पार्टीले ध्यान दिने बताए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले हरेक कार्यकर्ताले बिपीको सिद्धान्तलाई अँगालेर अगाडि बढ्न सके देशमा उद्यमशीलताको विकाससँगै समृद्धि हासिल हुने बताए।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा लोकप्रिय नेतालाई मात्र टिकट दिनुपर्नेमा जोड दिए। कांग्रेसभित्रको गुट उपगुटलाई पन्छाउँदै अगाडि बढ्न सके मात्र पार्टी बलियो हुने उनको भनाइ थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्म र भावनाअनुसार सङ्घीयतालाई बलियो बनाउने कुरामा पार्टी नेतृत्व लाग्नुुपर्नेमा जोड दिए भने कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्नसक्ने भएकाले कांग्रेस सुधारिनुको विकल्प नभएको बताएका थिए।

त्यस्तै, कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द भट्टराई, गुरु बराल, शारदा पौडेल, उर्मिला थपलिया, सरस्वती अर्याललगायतले आ–आफ्नो धारणा राखेका थिए।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २२:०६
##congress #sherbahadurdeuba
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्