Top Navigation
  • Contact
Main Navigation
आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने : शिक्षामन्त्री श्रेष्ठ
विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने : शिक्षामन्त्री श्रेष्ठ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन २४, २०८०
sumana shrestha

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाउने बताएको छ।

सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरुपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको प्रारम्भिक काम गर्न निर्देशन दिएको हो।

सो अवसरमा मन्त्री श्रेष्ठले युवाहरु उच्च शिक्षाका लागि किन विदेश जान्छन् भन्ने विषयमा सर्वेक्षण गरी नीतिगत निर्णय लिने, शिक्षामा सुधार गर्न तथा अन्य सवालमा मन्त्रालयका अधिकारीसँग छलफल गरी  प्राथमिकताका विषय तय गर्ने जानकारी दिए।

मन्त्री श्रेष्ठले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० लाई प्रदेशमा छलफलमा लैजाने समितिको निर्णयलाई सहजीकरण गर्ने उल्लेख गर्दै शिक्षाजस्तो पवित्रस्थलमा काम गर्ने अवसरका लागि भाग्यशाली रहेको बताए। उनलाई मन्त्रालयका सचिवद्वय सुरेश अधिकारी र प्रमिलादेवी बज्राचार्यले स्वागत गरेको थियो।

मन्त्री श्रेष्ठको परिचय

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिकतर्फका सांसद श्रेष्ठसँग व्यवस्थापन परामर्शदाता, उद्यमी र अभिन्यताको अनुभव छ। उनले काष्ठमण्डप पुनःनिर्माण र रानीपोखरी संरक्षण अभियानमा सम्पदाको संरक्षणका लागि स्थानीय तहमा समुदायलाई परिचालन गरी आन्दोलनको नेतृत्व गरेको थियो।

गणितका साथै स्थान विज्ञान (टोपोलोजी) र ज्यामितिका विशेषज्ञ मन्त्री श्रेष्ठ संयुक्त राज्य अमेरिकाको ‘एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्ट क्याम्ब्रिज, म्यासाचुसेटस्बाट ‘मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन’ (एमबिए) उपाधिप्राप्त हुन्।

विसं २०७२ अघि मन्त्री श्रेष्ठ अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुप (बिसिजी) मा परामर्शदाताका रूपमा कार्यरत थिए। त्यसअघि सोही ग्रुपमा ट्रेड एनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा समेत उनले काम गरेको थियो। विसं २०७२ मा गएको विनाशकारी भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रमसँग काम गर्न ग्रुपले उनलाई नेपाल पठाएको थियो।

प्रविधि र अर्थशास्त्रका पनि विज्ञ मन्त्री श्रेष्ठ रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), नेपालको विकासको मुद्दामा प्रवासी नेपालीलाई संलग्न गराउने र राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने लक्ष्यका साथ राजनीतिमा होमिएको हो।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०८:०१
##sumanashrestha
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
के अब ग्यास सहजै पाइन्छ ?
के अब ग्यास सहजै पाइन्छ ? शनिबार, मंसिर १२, २०८३
वालेनकाे भारत भ्रमण: सम्बन्धमा नयाँ गति, परिणाममा भराेसा  कति ?
वालेनकाे भारत भ्रमण: सम्बन्धमा नयाँ गति, परिणाममा भराेसा  कति ? सोमबार, मंसिर ७, २०८३
धक्का खाएपछि एमालेको पुनर्जागरण संकल्प
धक्का खाएपछि एमालेको पुनर्जागरण संकल्प शुक्रबार, मंसिर ४, २०८३
पुनरागमनको खोजीमा एमाले
पुनरागमनको खोजीमा एमाले बुधबार, मंसिर २, २०८३
बिदा बाँड्न उदार, सेवा दिन कन्जुस सरकार
बिदा बाँड्न उदार, सेवा दिन कन्जुस सरकार मंगलबार, मंसिर १, २०८३
तीन राजदूतले खाए सपथ
तीन राजदूतले खाए सपथ सोमबार, कात्तिक ३०, २०८३
खुला राजनीतिक दलकाे नेतालाई सेनाको सुरक्षा किन ?
खुला राजनीतिक दलकाे नेतालाई सेनाको सुरक्षा किन ? सोमबार, कात्तिक ३०, २०८३
लोकतन्त्रमा बहुमतको सरकार, जवाफदेहिताको प्रश्न
लोकतन्त्रमा बहुमतको सरकार, जवाफदेहिताको प्रश्न आइतबार, कात्तिक २९, २०८३
फागुनभित्रै स्थानीय चुनावको तयारी
फागुनभित्रै स्थानीय चुनावको तयारी आइतबार, कात्तिक २२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ईर्ष्या र अहंकारले विश्व ध्वस्त
  • नंः २ ग्रामीण सामुदायिक विद्यालयका बालबालिकामा : सम्भावना र चुनौती
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ थकित शरीरलाई उर्जाशील बनाउँने मसाज
  • नंः ५ किन चक्रपथ विस्तारकाे काम अलपत्र
विचार
ईर्ष्या र अहंकारले विश्व ध्वस्त
ईर्ष्या र अहंकारले विश्व ध्वस्त प्रज्ज्वल घिमिरे
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्