Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले परिषद् बैठकबाट पारित प्रस्ताव यस्ताे छ‍...
एमाले परिषद् बैठकबाट पारित प्रस्ताव यस्ताे छ‍...
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, वैशाख १०, २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ ।

बैठकबाट पारित १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावमा उक्त आह्वान गरिएको हो ।

बैठकले गत फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपा र नेकपा (एस) का बीचमा बनेको नयाँ समीकरणको निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य प्रारम्भ भएकोमा सन्तुष्टि व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

“पाँच दलले जारी गरेको न्यूनतम् नीतिगत प्राथमिकता र साझा सङ्कल्पले आजका मुख्य समस्यालाई संवोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ ।” पारित प्रस्तावमा भनिएको छ, “यस सहकार्यलाई कमजोर गर्ने कुनै पनि काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्यौलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आह्वान गर्दछ।”

पारित प्रस्तावमा केही वर्षयता गहिरिएको आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्यसञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरुको भयावह स्खलनका कारणले समाजमा चौतर्फी निराशा बढेको उल्लेख गर्दै रोजगारीको अभाव र भविष्यप्रतिको अन्यौलले युवाहरुको विदेश गमन बढेकाले यस्तो स्थितिले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षाको मार्गमा थप चुनौती पैदा गरेको निचोड निकालिएको छ ।

बैठकले आर्थिक शिथिलता अन्त्य गर्दै अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नु परेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरुमा यो देश बन्छ र देश हामीले नै बनाउँछौँ भन्ने सकारात्मक उर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई आह्वान गरेको छ ।

यस्तै भ्रष्टाचार, अनियमितता, तस्करी र अवैध स्रोतको सञ्चयन, सार्वजनिक सम्पत्तिको दोहन तथा राज्यकोषको अपचलनले समग्र राज्यलाई नै सङ्क्रमित तुल्याएको छ ।

भ्रष्टहरु दण्डित नहुँदा समाजमै प्रदूषण फैलिएको जनाउँदै बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढङ्गले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न सरकारसँग माग गरेको छ।

बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियानमा पार्टी विना मोलाहिजा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

सहकारी र लघुवित्तका ऋणी समस्यामा परेका र मिटरब्याज पीडितका समस्या पूर्ण रुपले समाधान नभएकाले बैठकले केही सहकारीमा पैदा भएका यस प्रकारका गंभीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरिएको छ ।

पारित प्रस्तावमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेकाले  दैनिक ज्यालादारी गरेर खानु पर्ने र न्यून आय भएका सर्वसाधारणको जीवन यसबाट  प्रभावित भएको छ जनाउँदै नियोजित ढङ्गले बढाइएको महङ्गी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, कतिपय वस्तु र सेवामा रहेको एकाधिकार अन्त्य गर्न र सुलभ पसल लगायतका माध्यमबाट सर्वसाधारण नागरिकलाई सहुलियत दरले दैनिक उपभोग्य वस्तु उपलव्ध गराउने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।

यही वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार भएकालाई जिताउन आग्रह पनि गरिएको छ । बैठकले हालै वनडढेलो र आगलागीले गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, डोल्पा, पाल्पा, स्याङ्जा कैलाली लगायत मुलुकका धेरै भूभागमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दैै विपद् व्यवस्थापनको प्रभावकारी प्रतिकार्यका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकबाट रुस–युक्रेन युद्ध निरन्तर लम्बिइरहेको यसले मानवीय सङ्कट बढाइरहेको, खाद्यान्न तथा इन्धनको आपूर्ति शृङ्खलामा असर पारेको, विश्व अर्थतन्त्रमै प्रतिकूल प्रभाव बढेको तथा क्षेत्रीय द्वन्द्वको जोखिम समेत बढाएकोमा चासो व्यक्त गर्दै तत्काल युद्धविराम गर्दै युद्धको अन्त्य गर्न्, दुवै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रुपमा रहने कुराको सुनिश्चितता गर्न र त्यस भूभागलाई शक्ति राष्ट्रहरुको बल प्रदर्शनको थलो र क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनाउन माग गरिएको छ ।

यस्तै सो युद्धमा विभिन्न कारणले नेपाली युवा समेत फस्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । रुसी सेनामा गैरकानुनी रुपा भर्ती भई युद्ध मैदानमा पुगेका युवालाई कुटनीतिक माध्यमबाट फिर्ता गराउन र युक्रेनी सेनाको बन्धक बनेकालाई तत्काल रिहा गराउन आवश्यक पहलका लागि सरकारसँग माग गरिएको छ ।

हमास लडाकू र इजरायलबीचको आक्रमण र प्रत्याक्रमणमा संयुक्त राष्ट्र सङ्घका सहायताकर्मीको हत्या, अस्पतालमाथि बमबारी एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने अमानवीय कामहरु भएकाले तथा गाजा क्षेत्र भोकमरी, अभाव र मानवीय सङ्कटमा डुबेकाले क्षेत्रीय युद्धको आशङ्का बढेकामा एमालेले चिन्ता व्यक्त गरेको छ ।

“हामी जुनसुकै स्वरुप, आवरण र नाममा गरिने आतङ्कवादी क्रियाकलापको दृढ विरोध गर्दछौं । प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति दृढ समर्थन गर्दछौं। स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनु पर्छ भन्ने संयुक्त राष्ट्र सङ्घको ‘दुई राज्य समाधान’ को प्रस्तावलाई समर्थन गर्छौं ।”, एमालेको प्रस्तावमा भनिएको छ, “त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशीसहित सबै बन्धक रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्न माग गर्दछौं ।”

बैठकले म्यानमारका जनताले लोकतन्त्रको प्राप्तिका लागि गरेको बलिदानीपूर्ण संघर्षप्रति एकबद्धता प्रकट गर्दै म्यान्मारमा लोकतन्त्रको तत्काल पुनःस्थापना हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिवेदनहरु सर्वसम्मत पारित

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदन सर्वसम्मत रूपमो पारित भएको छ । त्यसैगरी, केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनहरू पारित भएका छन् ।

बैठकको पहिलो दिन प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए भने दोस्रो दिन छ वटा समूहमा प्रतिवेदनहरू र पार्टीको सङ्गठन सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरी सुझाव सङ्कलन गरिएको थियो ।

बैठकमा पार्टीले सम्पन्न गरेको झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिका लागि सङ्कल्प यात्रा विशेषका रूपमा प्रकाशित ‘नवयुग’ विशेष अङ्क र सोही यात्राका महत्वपूर्ण तस्वीरहरूको सङ्गालो ‘मुहार फेर्ने यात्रा’ विमोचन गरिएको थियो ।

बैठकको दोस्रो दिनको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको समापन गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न पार्टीलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताए।

उनले परिषद् बैठकका निर्णय, निष्कर्ष र पारित प्रस्तावका आधारमा पार्टी अगाडि बढ्ने उद्घोष गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०७:३९
##election #uml #cpnuml #kpoli #kpsharmaoli
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ? आइतबार, पुस २७, २०८२
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने शुक्रबार, पुस २५, २०८२
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै
आजदेखि समानुपातिकतर्फको मतपत्र छपाइ हुँदै शुक्रबार, पुस २५, २०८२
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर मंगलबार, पुस २२, २०८२
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल
राष्ट्रिय एकता र आत्मनिर्भर अर्थतन्त्रका लागि बाम एकता अपरिहार्यः डा. भीम रावल सोमबार, पुस २१, २०८२
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्