Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बुधबार, साउन ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • बन्ने भयाे श्रमिकको कथामा चलचित्र ‘लेबर’
बन्ने भयाे श्रमिकको कथामा चलचित्र ‘लेबर’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख १९, २०८१

काठमाडौँ । एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने घोषणा गरिएको छ ।

राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा आयोजित सम्मेलनमा घोषणा गरिएको चलचित्र मैथिली भाषामा तयार गरेर नेपाली र भोजपुरी भाषामा स्वराङ्कन गरिने निर्देशक पुर्णेन्दु के झाले जानकारी दिएको हो ।

उनले चलचित्रमा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथा रहेकाले श्रमिक दिवसकै अवसर पारेर निर्माण घोषणा गरिएको बताएका हुन्।

उनले भने, “हाम्रो देशबाट श्रमिकको रुपमा बाहिरिनेको सङ्ख्या निरन्तर बढ्दो छ । यस विषयमा अध्ययन र अनुसन्धान गरेपछि कथालाई चलचित्रमार्फत देखाउनुपर्छ भन्ने लागेर यसको निर्माण गर्दैछौँ । यो मधेसको पृष्ठभूमिमा तयार गरिने आम मानिस र सरकारबीचको कथा हो।”

यस अगाडि नेपाली भाषामा ‘संरक्षण’ र ‘चौका दाउ’ जस्ता चलचित्र निर्देशन गरिसक्नुभएका झाले मैथिली भाषामा बन्ने चलचित्रको स्तरीयता र नयाँ पन महसुुस हुने गरी ‘लेबर’ लाई निर्देशन गरेर तयार गरिने बताए।

“हामी नेपाली चलचित्रको बजार विदेशमा खोजिरहेका छौँ । तर, हामीले स्वदेशमै भएको बजारलाई बलियो बनाउने र विस्तार गर्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ । यो नेपालभर प्रदर्शन हुने चलचित्र बन्नेछ”, निर्देशक झाले भने ।

कार्यक्रममा उपस्थित पूर्वराजदूत डा सूर्यनाथ मिश्रले यो विषय गम्भीर भएको र प्रवासमा रोजगारीको लागि पुग्नेको प्रत्यक्ष सरोकारको विषयमा चलचित्र बन्न लागेको बताए ।

“दुई करोडभन्दा बढी जनसङ्ख्याको सरोकारको विषय भएकाले यो सान्दर्भिकसँगै संवेदनशील पनि छ । यो विषयलाई चलचित्रमा ल्याएर प्रस्तुत गर्नु आफैँमा तारिफ योग्य काम हो । श्रमिकसँग भइरहेको बेथितिलाई यसले प्रस्तुत गरेर सम्बन्धित निकायलाई झक्झकाउनेमा विश्वस्त छु”, उनले भने।

कार्यक्रममा निर्माण समूहलाई शुभकामना दिँदै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मैथिली चलचित्रको क्षेत्रमा आधुनिक यात्रा प्रारम्भको विन्दु यो चलचित्र हुन सक्ने सम्भावना रहेको बताए ।

“यसको सार्वजनिक गरिएको श्रव्यदृश्य हेर्दा मैथिली चलचित्रमा नयाँ पुस्ताले आधुनिकता भित्र्याएका छन् भन्न सकिन्छ । चलचित्र तयार हुने तीनै भाषाका व्यक्ति श्रमिकको समस्यासँग जोडिएका छन् । त्यसकारण पनि यो चलचित्र ती व्यक्तिका लागि आवाज बन्ने छ र त्यो समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा विश्वस्त छु”, अध्यक्ष झाले भने, “लेबरको बेथितिविरुद्धको विद्रोहको रुपमा चलचित्र आवाज उठाउने सार्वजनिक श्रव्यदृश्यमार्फत सङ्केत गरेको छ । यो विद्रोह कायम रहेको खण्डमा चलचित्रले सार्थकता पाउने छ।” 

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्रालिको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धीरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माताको रुपमा छन्। 

निर्देशक झासँगै नरेश मिश्राले लेखेको चलचित्रमा उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकारले अभिनय गर्दैछन् ।

चलचित्रमा प्रवेश मल्लिकले सङ्गीत तथा पाश्र्वसङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन, आलोक शुक्लले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, मल्लाज अडियो वर्कसले ध्वनि मिश्रण तथा मुद्रण, अक्की थेक्पाले कला निर्देशन गर्दैछन्।

चलचित्र ‘लेबर’ यसै वर्ष पुससम्ममा प्रदर्शन गरिने कार्यक्रममा जानकारी गराइएको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २२:०८
##film #labour #shramik
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज आइतबार, साउन ३, २०८३
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान 
समसामयिक गायिका लक्ष्मी पुरी प्रधान  आइतबार, साउन ३, २०८३
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान  
सरिता महर्जनलाई लायन्स उच्च सामाजिक सम्मान   शनिबार, असार २०, २०८३
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास 
अदृश्य शक्ति, आध्यात्मिक उपचार र परम्परागत ज्ञानमा बढ्दो विश्वास  शनिबार, असार १३, २०८३
 २८ बर्षपछिको त्यो भेट...
 २८ बर्षपछिको त्यो भेट... सोमबार, असार ८, २०८३
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता
अनुभव, अनुशासन र निरन्तरताका प्रतीक: स्वभाविक अभिनयमा सुशील श्रेष्ठको सबलता शनिबार, असार ६, २०८३
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान 
च्याङ्वा लामाको अद्वितीय यात्राः फ्रेमभित्र स्मृति, सिर्जनाभित्र पहिचान  सोमबार, असार १, २०८३
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म
हटी–नटी अनुपम श्रेष्ठ: संघर्षदेखि पहिचानसम्म आइतबार, जेठ ३१, २०८३
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि 
मेदान्ता मेमोरिज: ओटी ढोकावारि, ओटी ढोकापारि  शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ४ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्