Top Navigation
Main Navigation
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभाका नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु ...
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख २६, २०८१

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएको हो।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान ऐन÷नियमका सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए।

Nepal Oil Corporation

यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएको थियो ।

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु :

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताएको हो ।

दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाए।

“नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन। एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ। बुबा (सुवास नेम्वाङ)ले देखाउनुभएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु”, सांसद नेम्वाङले भने ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:१२
##suhangnembang
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट
प्रधानमन्त्री ओलीसँग विदेश सचिव मिश्रीकाे भेट आइतबार, भदौ १, २०८२
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन
दुईटा एमाले भिसी नीति हुन्छ, दुईटा कांग्रेस नीति हुन्छ, डाक्टर नीति हुदैन शुक्रबार, साउन ३१, २०८२
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक
मन्त्रीपरिषद्का निर्णयहरु सार्बजनिक बिहीबार, साउन ३०, २०८२
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ?
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान समिटमा के के भयो ? बुधबार, साउन २९, २०८२
सभापति खतिवडाकाे राजीनामा
सभापति खतिवडाकाे राजीनामा मंगलबार, साउन २८, २०८२
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे
गौशालामा लात्तैलात्ताले हानेर लजको ट्वाइलेटबाट समातेर पुलिसले मलाई लग्याे मंगलबार, साउन २८, २०८२
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला
थर्काउनसम्म थर्काएपछि कान्छी श्रीमती भित्र्याउन जुर्मुराएका ज्वाईँसाबहरुको हालत पतला आइतबार, साउन २६, २०८२
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यस्ताे छ मंगलबार, साउन २१, २०८२
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ?
कुुलिङ पिरियडबारे प्रचण्डले के भने ? सोमबार, साउन २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
  • नंः ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
विचार
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्