Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभाका नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद नेम्वाङद्वारा शपथ बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु ...
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, वैशाख २६, २०८१

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएको छ ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएको हो।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरे । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान ऐन÷नियमका सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए।

यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएको थियो ।

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु :

प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताएको हो ।

दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाए।

“नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन। एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ। बुबा (सुवास नेम्वाङ)ले देखाउनुभएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु”, सांसद नेम्वाङले भने ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १३:१२
##suhangnembang
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ?
सरकारका १५ उपलब्धिको सूची: परिणाम खोइ ? शनिबार, असोज १७, २०८३
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन बिहीबार, असोज १५, २०८३
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार
मन्त्रालय घटाउने, स्वकीय बढाउने कुशासनको मार्गमा सरकार बुधबार, असोज १४, २०८३
कांग्रेसमा युवा लहर
कांग्रेसमा युवा लहर आइतबार, असोज ११, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए शनिबार, असोज १०, २०८३
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी
विश्वमञ्चबाट नेपालको जलवायु चेतावनी शनिबार, असोज १०, २०८३
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता
राष्ट्रपति बनेर फर्किइन्, अब ओलीपछि एमालेको नेता शुक्रबार, असोज ९, २०८३
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ?
 प्रधानमन्त्रीको अमेरिका यात्राः सलामी हट्यो अनि थिति  पनि ? बुधबार, असोज ७, २०८३
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार
नेतृत्व हस्तान्तरणमा ओलीद्वारा अस्वीकार मंगलबार, असोज ६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः ३ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ रूम नं १९४
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्